वासिङटन, फागुन २५ (एजेन्सी) - ओसामा बिन लादेनका ज्वाइँसमेत रहेका अल कायदाका प्रवक्ता विदेशको कुनै देशमा पक्राउ परेका छन्। उनलाई अमेरिकीहरु मार्ने षड्यन्त्र रचेको अभियोग अमेरिकामा लगाइने भएको छ।
सेलइमान अबु घाइथलाई शुक्रबार बिहान न्युयोर्कको संघीय अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ।
सन् २००१ मा अबु घाइथले प्यान अरब स्याटेलाइट टेलिभिजनमा बोल्दै अमेरिकीहरुमाथि जहाँकहीँ पनि आक्रमण गर्न मुस्लिमहरुलाई आह्वान गरेका थिए। उनले सेप्टेम्बर ११ को जस्तो आक्रमण थप गर्ने चेतावनी दिएका थिए।
कुवेतमा शिक्षक र धर्म प्रचारक रहेका उनको कुवेती नागरिकता ९/११ पछि खोसिएको थियो।