प्रेम गर्न एउटा निश्चित उमेर पार गर्नुपर्छ। बेला नभई कसैले गरेको प्रेम सफल हुन्छ जस्तो मलाई लाग्दैन। तर, उमेर नपुग्दै प्रेम गरे जस्तो गर्नेहरू धेरै हुन्छन्। मलाई स्कुल पढ्दा थुप्रै प्रेमपत्र आउँथ्यो। तर, म त्यस्ता पत्रप्रति कहिल्यै सिरियस भइनँ र आफूलाई प्रेम प्रस्ताव
राख्नेप्रति त्यति धेरै नेगेटिभ पनि भइनँ। संसार प्रेममै अडेको छ भने मलाई मन पराउन खोज्नेहरूसँग म किन रिसाउने? त्यसरी प्रस्ताव राख्नेमध्ये कोही राम्रै खालको साथी छ भने म उसलाई भन्थेँ, 'हाम्रो प्रेम गर्ने बेला भएको छैन। हामी असल साथी बनौँ। त्यसरी बनेका साथीहरू थुप्रै छन् पनि।'
मैले बेला-बेलामा सुनेको छु, कतिपय साथीले भनेका पनि छन्, प्रेमपत्र दिनेलाई प्रिन्सिपलको रूपमा लगेर कारबाही गरे अरे। कतिले त आफ्ना केटा साथी वा नातेदारलाई भनेर कुटाएको कुरा पनि सुनेको छु। तर, मलाई त्यस्तो पटक्कै मन पर्दैन। लेटर लेखेकै कारण कसैलाई प्रिन्सिपलको रूममा लगेर झपारिनँ। मलाई के थाहा छ भने कसैलाई कसैको अगाडि लगेर अत्याउनु नै समस्याको समाधान होइन्। उसको नियत नै खराब छ भने पनि अगाडि बसेर राम्ररी सम्झाएपछि ऊ पूरै साइजमा आउँछ। 'मैले प्रेमपत्र लेख्नेलाई यस्तो कारबाही गराएँ' भनेर गर्व गर्नेहरू देख्दा मलाई दिक्क लाग्छ।
अहिले त धेरैले मन पराएको कुरा ब्यक्त गर्न एसएमएस गर्छन्, तर हामी स्कुल पढ्दा त्यस्तो सुविधा थिएन। चिठी दिने चलन थियो। म आठ कक्षामा पढ्थेँ। हामीभन्दा सिनियर कक्षामा पढ्ने एकजनाले मलाई पहिल्यैदेखि मन पराउँदो रहेछ। मलाई थाहा थिएन। म सधैँझैँ क्लासमा गएँ। मेरो डेस्कमा चकलेट र लेटर रहेछ। चकलेट खाएँ। लेटर पढेँ। मलाई मन पराएको कुरा लेखेको रहेछ।
भोलिपल्ट भेटेर राम्ररी कुरा गरेँ। ऊ अहिले मेरो राम्रो साथी बनेको छ। स्कुल र कलेज पढ्दा यस्ता घटना थुप्रै भए। मन पराउनेहरू थुप्रै आए पनि। स्कुल, कलेज वा कहीँ कसैले प्रेमका कुरा गर्ने बित्तिकै घरमा आएर ममीसँग सेयर गरिहाल्थेँ। 'ममी, मलाई आज यस्तो खालको केटाले यस्तो कुरा गर्यो' भन्थेँ। ममीले पनि रायसल्लाह दिनुहुन्थ्यो।
मैले चाहिँ अहिलेसम्म कसैलाई प्रस्ताव राख्न पाएको छैन। मलाई लाग्छ- हाम्रो समाजमा प्रेम प्रस्ताव केटाले नै राख्नुपर्छ। म पनि त्यही चाहन्छु। मलाई कसैले प्रस्ताव राखोस्।
--शुक्रबार