CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बलात्कारी राजा

बलात्कारी राजा

नेपालको इतिहासमा काठमाडौंका राजा प्रताप मल्लको ठूलो नाम छ । लगभग सबैजसो इतिहासकारले उनलाई कुशल शासक, महान् सुधारक तथा असल व्यक्तित्वका रूपमा लिएका छन् । यद्यपि प्रताप मल्लको जीवनको एउटा पाटो यस्तो छ कि त्यसको जानकारी पाउने जोकसैले उनलाई घृणा गर्न सक्छन् । दुईवटी विवाहित रानी र ३ सयभन्दा बढी रखौटी भएका राजा प्रताप मल्ल युवा अवस्थामा निकै कामुक थिए । काठमाडौंमा प्रचलित आख्यानअनुसार उनी हरदम स्त्रीहरूकै संगतमा हुन्थे । आफ्नो यस्तै कामुकताका कारण राजा प्रताप मल्ल कुनै बेला
मानिसबाट पशुमा समेत रूपान्तरित भएका थिए । राजा प्रताप मल्ललाई पशुमा रूपान्तरित गर्ने उक्त घटना वि.सं. १७१२ को हो । त्यतिबेला राजा प्रताप मल्लको नजर एउटी बालिकामाथि पर्‍यो । कथा भन्छ, रजस्वलासमेत नभएकी ती बालिकासमक्ष राजा प्रताप मल्लले समागमको प्रस्ताव राख्दा त्यसको अर्थसमेत थाहा नपाएकी ती बालिका अलमलमा परेपछि राजाले जोर-जबर्जस्ती गरे, जसलाई आजभोलिको भाषामा बलात्कार भनिन्छ । 

राजा प्रताप मल्लको जोर-जबर्जस्तीमा परेपछि त्यसको पीडा सहन नसकी ती बालिकाको तत्कालै मृत्यु भयो । बालिकाको मृत्युपछि महापातकको डरले राजा प्रताप मल्ल थरथर काँप्न थाले । राजाको त्यस्तो अवस्था देखेपछि उनलाई तत्काल पशुपतिनाथको शरणमा लगियो । 

पशुपतिनाथमा राजा प्रताप मल्ल प्रायश्चित गर्दै लगभग तीन महिना बसे । सोही बसाइका क्रममा राजा प्रताप मल्लले पशुपतिनाथमा कोटीहोम गर्नुका साथै कोटी लिंगको समेत स्थापना गरे । अहिले हामीले पशुपतिनाथको छानामा देख्दै आएको सुनको गजुर पनि राजा प्रताप मल्लले आफ्नो त्यही पापमोचनका लागि चढाएका हुन् । त्यतिमात्र होइन आफ्नो पापमोचनका लागि राजा प्रताप मल्लले त्यतिबेलाको राजपरिवारमा रहेका सम्पूर्ण पुरुष सदस्यको तुलादान (शरीरको तौल बराबरको रजत मुद्रा) समेत गराए । त्यसपछि दरबारका तान्त्रिक लम्बकर्ण भट्टले पापमोचन भएको जानकारी गराएपछि राजा प्रताप मल्ल हनुमानढोका दरबार फर्किएर राजपाटमा संलग्न भए । त्यही खुसीयालीमा रचना गरिएको नाटक 'गीति दिगम्बर' लाई अहिले पनि मल्लकालीन साहित्यको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ ।
साभार : साप्ताहीक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis