CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कसले छाप्यो सुगा भेट्टाउनेलाई २ लाख पुरस्कार दिने विज्ञापन?

कसले छाप्यो सुगा भेट्टाउनेलाई २ लाख पुरस्कार दिने विज्ञापन?


231542343कान्तिपुर दैनिकमा आज एउटा गजबको विज्ञापन छापिएको छ। एउटा सुगाको फोटोसहित बालुवाटार क्षेत्रबाट हराएको त्यो सुगा भेट्टाएर फिर्ता गर्नेलाई दुई लाख रुपियाँ पुरस्कार दिने भनिएको छ।
पशुपंक्षी हराउँदा यति धेरै रकम पुरस्कार दिने घोषणा गरिएको विज्ञापन यसअघि मैले देखेको थिइनँ।
कहिलेकाहीँ कुकुर हराएकोमा ५० हजारसम्मको विज्ञापन देखिएको थियो। तर २ लाख पुरस्कार ?
को होला त यो २० हजार रुपियाँ+ भ्याट पर्ने विज्ञापन दिने मान्छे ?
विज्ञापनमा एउटा सम्पर्क नम्बर पनि दिइएको थियो। त्यसमा फोन गर्दा एक जना पुरुषले फोन उठाए।
फोनमा कुरा गर्ने बित्तिकै उनले इङ्ग्लिस प्लिज भने।
उनी रसियन रहेछन्। ‘मसँग धेरै सुगा थिए। यो चाहिँ मलाई एकदमै मन पर्थ्यो। त्यही हराएकोले मैले विज्ञापन छापेको हुँ’, उनले भने।
कहिले हराएको त ?
शुक्रबार
अनि तपाईँले पत्रिकामा छाप्नुभएको सुगाको फोटो तपाईँकै सुगाको हो कि गुगलमा सर्च गरेर अर्कै सुगाको हाल्नुभएको ?
हैन, मेरै सुगा हो। तपाईँले चासो राखिदिनुभएकोमा धन्यवाद !
उनले यसो त भने तर गुगलमा सर्च गर्दा भने ठ्याक्कै त्यही सुगाको फोटो पोर्चुगलको एउटा साइटमा भेटियो।
हेर्नुस्-
suga
पोर्चुगलको साइट हेर्न यहाँ क्लिक गर्नुस्।
त्यो साइटमा मात्र हैन, अरु थुप्रै साइटमा पनि यही सुगाको फोटो देखिन्छ। यहाँ क्लिक गरी हेर्नुस्।
यसबाट प्रमाणित हुन्छ यो उसको सुगाको फोटो हैन, गुगल सर्चबाटै लिइएको फोटो हो।
कस्तो सुगा रैछ त यो ?
यो चिडियाघरको साइटमा लेखिए अनुसार मेक्सिको, दक्षिण अमेरिकाको मध्य र उत्तरी भागतिर पाइने Blue and Gold Macaw सुगा हो यो। ३ फिटसम्म उचाइ हुने रहेछ उनी। ८० वर्षसम्म बाँच्ने रैछ।
BlueGoldMacaw
BlueGoldMacaw2
शंकास्पद कुरा
मैले फोन गर्दा उनले शुक्रबार हराएको र नभेटिएको भनेका थिए। अर्को पत्रकारले गर्दा चाहिँ चार घण्टा अघि नै भेटिसकेको भनेछन्
उनैले पहिले फोन गर्दा सुगा चार घण्टा अघि नै भेटिसकेको भनेका थिए। इमेल ठेगाना माग्दा र भेटौँ भन्दा पनि उनी तयार भएनछन्। आखिर किन ?
विदेशमा पनि महँगो पर्ने यो चरा सस्तोमा किनेर लैजान उनले यस्तो विज्ञापन त छापेका हैनन् ?
कि यो मान्छे चरा तस्कर भएर आफूले किनेको चरा लैजान हराएको भनेर यसरी नेपाली पत्रिकामा विज्ञापन छापेका त हैनन् ?
कुरा शंकास्पद छ। तपाईँ पनि माथि उल्लेखित फोनमा सम्पर्क गरी बुझ्न सक्नुहुन्छ कतै फरक कुरा त गर्दैनन् ?
साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis