
– सपनामा काग देख्नुलाई अशुभ मानिन्छ । यसलाई मृत्यु नजिकै रहेको संकेतको रूपमा समेत लिइन्छ ।
– आफू यात्रामा हिडिरहेको देख्नुलाई पनि राम्रो सपना मानिदैन । जुन रात यस्तो सपना देखिन्छ त्यसपछी आउने दिनमा यदी कतै यात्रामा जानु छ भने त्यसलाई रद्द गर्नाले दोष काटिने विश्वास गरिन्छ ।
– सपनामा ढोल तथा अन्य बाजा बजिरहेको देख्नु पनि राम्रो मानिँदैन । यस्तै, आफ्नो टाउको मुण्डन गरिरहेको देखेमा परिवारका कसैको मृत्यु हुन सक्ने मानिन्छ ।
– सपनामा कुनै स्त्री आएर मानिसलाई सुकेको फूलको माला लगाइदिन्छिन् भने यसलाई पनि अशुभ मानिन्छ ।
– सपनामा तेल लगाउनु र गधामा बसेर हिड्नुलाई मृत्यु सूचक मानिन्छ ।
– यदी कुनै स्त्री सपनामा आफूलाई सेतो कपडामा फूका कपालमा देख्नाले यसलाई वियोगको संकेत मानिन्छ ।
– निर्वस्त्र स्त्रीको अंगालोमा बाधिएको देख्नुलाई मृत्यु नजिक रहेको मानिन्छ ।
– देवी देउताको चर्किएको या फुटेको मुर्ति सपनामा देख्नुलाई अशुभ मानिन्छ ।
– रूख आफै ढलेको वा आफू माथिबाट खसेको देख्नुलाई पनि राम्रो संकेत मानिँदैन ।
– पटक-पटक मृत्यु या घाटमा रहेको सपना देख्नुलाई पनि मृत्यु नजिकिएको संकेत मानिन्छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !