CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , , , » अहंकारीहरुले फेसबुकमा धेरै सेल्फी राख्छन : अध्ययन

अहंकारीहरुले फेसबुकमा धेरै सेल्फी राख्छन : अध्ययन

फेसबुक लगायतका सोसल साइटमा आफ्ना सेल्फी कत्तिको अपलोड गर्नुहुन्छ ? तपाइँलाई थाहा छैन होला, फेसबुकमा सेल्फी अपलोड गर्ने कुरा मानिसको स्वभावसँग जोडिएको हुन्छ ।
पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार अहंकारी मानिसहरुले फेसबुक जस्ता सोसल मिडियामा बढि नै सेल्फी अपलोड गर्ने गरेका हुन्छन् । यस्ता मानिसलाई नार्सिसिस्ट भनिन्छ ।
दक्षिण कोरियास्थित कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार मानिसको अहंकारी चरित्र उसको सेल्फी पोष्ट गर्ने कुरासँग सम्बन्धित हुन्छ । साथै यस्ता मानिसहरु आफुले सोसल साइटमा अपलोड गरेका आफ्ना सेल्फी तस्वीरमा आउने कमेन्ट्स हेर्न निकै उत्सुक तथा लालायित हुन्छन् ।
त्यस्ता अहंकारी मानिसहरु सोसल साइटमा अरु मानिसले अपलोड गर्ने सेल्फीप्रति पनि निकै चासो राख्दछन् तर उनीहरुले अरुले अपलोड गर्ने सेल्फीमा कमेन्ट चाहीँ गरिहाल्दैनन् । किनकी त्यस्ता मानिसहरु अरुको प्रसंसा गर्न चाहँदैनन् र आफुलाई अरुले गरेको प्रसंसा मात्र सुन्न चाहन्छन्

शोधकर्ता ब्रेन्डा के वेडरहोल्डका अनुसार अहंकारी मानिसहरु आफ्नो बढाइचढाइ गर्ने रणनीति मुताविक सबै खाले सोसल मिडियामा निकै व्यस्त बन्दछन् र यसबाट आफ्नो प्रसंसाको बाढि आओस् भन्ने चाहन्छन् ।
यस सम्बन्धी शोध साइबरसाइकोलोजी, बिहेवियर एण्ड सोसल नेटवर्किंग नामक जर्नलमा छापिएको छ ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis