CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » लुटेरा अस्पताल भाग – २ : यसरी लुट्छ मेघा अस्पताल

लुटेरा अस्पताल भाग – २ : यसरी लुट्छ मेघा अस्पताल

megha
megha
Add caption
माघ १९ गते ललितपुरस्थित मेघा हस्पिटलको आइसियूभित्र एक महिला अन्डा, बिस्कुट र दूध लिएर गइन् । उनी आइसियूभित्र छिर्नै लाग्दा सोधियो, ‘कसलाई हो यो खाजा ?’ उनले जवाफ फर्काइन्, ‘बिरामीलाई ।’ त्यसपछि स्वास्थ्य खबरपत्रिकाकर्मीलाई आइसियूभित्र अन्डा खाने बिरामी भेट्ने उत्सुकता भयो । ड्युटीमा रहेका नर्सलाई बिरामीको आफन्त बताएर आइसियूमा गइयो । बिरामी थिइन्, ३० वर्षीया विष्णु पुन । आइसियूमा राखे पनि
उनलाई न अक्सिजन लगाइएको थियो, न त भेन्टिलेटरमै राखिएको थियो ।
बुटवलमा दुर्घटनामा परेर मेघा अस्पताल पु¥याइएकी थिइन् उनी । अशक्त भए पनि उनको अवस्था आइसियूमा राख्नुपर्ने खालको जटिल या गम्भीर थिएन । आइसियूमै उनीसँग केही समय कुरा ग¥यौँ । बाहिर निस्केर उनको उपचारको नेतृत्व गरेका वीर अस्पतालका न्युरो सर्जन डा. पवन सुल्तानियालाई फोन सम्पर्क गरेर सोध्यौँ, ‘बिरामीको अवस्था आइसियूमा राख्नुपर्ने हो र ?’ उनले मेडिकल इथिक्स अनुसार आइसियूमा राख्नुपर्ने अवस्था नभएको स्विकार्दै भोलिपल्टै वार्डमा सार्न लगाउने बताए । शिक्षण अस्पताल महराजगञ्जका आइसियू विशेषज्ञ डा. सुवास आचार्य आइसियूका विभिन्न लेभल हुने बताउँदै लेभल नं १ मात्रै भए पनि मोनिटर हुनुपर्ने बताउँछन् । तर, त्यहाँ त्यो पनि थिएन (तस्बिर हेर्नुहोस् )।

आइसियूमा डाक्टरबिनै उपचार !

photo
photo
विष्णु पुन
त्यसको २५ दिनपछि फेरि फागुन १५ मा हामी सोही अस्पताल पुग्दा विष्णु आइसियूमै थिइन् । उनी आइसियूमा बसेको ५६ दिन भइसकेको थियो । फेरि आइसियूमै गएर उनीसँग कुराकानी ग¥यौँ । त्यसपछि हामीले अस्पताल प्रशासनसँग बिरामीको स्वास्थ्य अवस्था उल्लेख भएको फाइल माग्यौँ । प्रशासनका कर्मचारीले दिएनन् । बरु कागजमै ५६ दिनको सम्पूर्ण उपचार खर्च लेखिदिए ।
डा. सुल्तानियालाई यसबारे फेरि जिज्ञासा राखियो । उनले आफू एक महिनादेखि उक्त अस्पतालै नगएको बताए । उनले भने, ‘मैले पहिल्यै आइसियूमा राख्नुपर्ने अवस्था छैन भनिसकेको छु । अस्पतालले के गर्छ, मलाई थाहा छैन ।’  वीर अस्पतालमा कार्यरत उनी त्यहाँका लागि अन–कल डाक्टर (अस्पतालले बोलाउँदा आउने) मात्रै रहेछन् ।
दुर्घटनाका कारण मेरुदण्डमा चोट लागेकी विष्णुको मेजर अपरेसनको नेतृत्व गरेका डाक्टर नै एक महिनादेखि अस्पताल गएका छैनन् भन्ने कुराले नै उनको उपचार कसरी भइरहेको छ भन्ने जान्न सकिन्छ । गाडी दुर्घटनामा परेका कारण उपचार खर्च तेस्रो पक्षले तिर्नुपर्ने भएकाले बिरामीका आफन्तले अस्पतालको लुटमाथि औँला उठाएका छैनन् । आफन्तलाई आइसियू भनेको ‘राम्रो उपचार हुने ठाउँ हो’ भन्ने पारिएको छ । त्यसैले अस्पतालको मेडिकल इथिक्सविपरीतको यो कार्यमा आफन्तको सहमति देखिन्छ । अस्पतालको यस्तो प्रवृत्तिविरुद्ध नबोल्न आफन्तलाई राम्रै काउन्सिलिङ पनि गरिएको छ ।
स्वास्थ्योपचारको गुणस्तर छुट्ट्याउन नसक्ने धेरै नेपालीभित्रै पर्छन्, विष्णु र उनका आफन्त पनि । तर, बिरामी विष्णुलाई भने आफ्नो उपचारमा कमी भएको महसुस हामीसँग पहिलोपल्ट भेट्दा नै भइसकेको थियो ।  उनले हामीसँग डाक्टर नियमित नआएको गुनासोसमेत गरिन् । नियमित डाक्टरको निगरानी नहुने आइसियू रहेछ त्यो ! ‘कहाँबाट यस्तो अस्पतालमा ल्याएछन् ? कहिले डाक्टर आउँछन्, कहिले आउँदैनन्,’ उनले भनिन् । मेरुदण्डको समस्या भएका कारण हिँडडुल गर्न नसक्ने विष्णुलाई पनि ‘वार्डमा सरेपछि नर्स र डाक्टर हुँदैनन्’ भनेर तर्साइएको छ । विष्णुले भनिन्, ‘वार्डमा कोही हुँदैनन् रे । म हिँड्न सक्दिनँ ।’ आइसियूमा राखिए पनि राख्नुपर्ने अवस्था थिएन भन्ने उनको भनाइले समेत प्रस्ट्याउँछ ।
त्यति लामो समय आइसियूमा राख्नुको कारण बारे मेघाका सञ्चालक किशोर राणाले बिरामीका आफन्त खुसी रहेको  जवाफ दिए । ‘हामीले सार्न खोजे पनि आफन्तले मानेनन्,’ उनले भने ।

शिक्षण अस्पतालमा सामान्य, मेघामा आइसियू


Untitled-5
Untitled-5
यो अस्पतालमा विश्वव्यापी उपचार पद्धतिअनुसार आइसियूमा नराखे पनि हुने बिरामी राखिएको यो पहिलोपल्ट होइन । त्यसअघि पनि उक्त अस्पतालले बिरामीको अवस्था ठीकै भए पनि कागजमा ‘सिकिस्त’ देखाएर बढी रकम असुल्ने गरेको देखिन्छ । आइसियूको प्रतिदिन बेड शुल्क पाँच हजार तोकिएको छ । त्यहाँ राखेपछि डाक्टरको धेरैपल्टको राउन्ड, नर्सिङ केयर र अन्य शुल्क पनि बढी लिन मिल्ने भएकाले यस्तो गरिएको देखिन्छ । डाक्टर राउन्डमा होइन, दिनको एकपल्ट पनि आउन मुस्किल छ भन्ने विष्णुको भनाइबाटै प्रस्टिन्छ ।
कलेज अफ मेडिकल साइन्सेजको शिक्षण अस्पतालका वार्डमा उपचाररत बिरामी पनि मेघामा पु¥याएर आइसियूमा राखिएका छन्  । हेटौँडामा दुर्घटनामा परेका बिरामीलाई त्यहाँबाट कलेज अफ मेडिकल साइन्सेजमा रिफर गरियो । विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पतालबाट बिरामीहरू फोस्र्ड रिफर भएर जम्मा सय बेड क्षमताको मेघा हस्पिटलमा पुगेका छन् । दुर्घटनाग्रस्त सवारीका धनी रोशन लामा भन्छन्, ‘मेडिकल कलेजमा पुगेका वा सरकारी अस्पतालबाट बिरामी मेघामा ल्याउने उनीहरूको च्यानल हुने रहेछ । बिरामी र उसका आफन्तलाई फकाएर ल्याइने रहेछ ।’
मेडिकल कलेजका अस्पतालबाट यस्ता अस्पतालमा बिरामी आइपुग्नु जति शंकास्पद छ, त्यति नै उनीहरू एकैपल्ट आइसियूमा भर्ना हुनुमा छ । तर, मेघामै गरिएको प्रारम्भिक जाँचअनुसार पनि आइसियूमा राखिएका कति बिरामीको अवस्था त्यस्तो गम्भीर देखिँदैन ।

भएजति सबै टेस्ट

हरेक बिरामी आफ्नो उपचार राम्रोसँग होस् भन्ने चाहन्छ । मेडिकल भाषा धेरैले बुझ्दैनन् । बिरामीको यही कमजोरीलाई मेघा अस्पतालले पैसा असुल्ने तरिका बनाएको छ । अस्पतालको ल्याबमा उपलब्ध प्रायः सबै टेस्ट गराइन्छन् । जसमध्ये कतिपय गराउन जरुरी देखिँदैन । मेडिकल कलेजका वार्डमा उपचार गराइरहेका बिरामीलाई मेघाले आफ्नो आइसियूमा राखेर बाथरोग, लिपिड प्रोफाइलजस्ताको ल्याब टेस्ट गर्न लगाइएका छन् । जुन जरुरी नभएको डाक्टरहरूले अनौपचारिक रूपमा बताएका छन् । तर, उक्त अस्पतालले प्रायः केसमा यी टेस्ट गराएको भेटिएको छ ।

भाषामा गडबडी, मूल्य दुईथरी

Untitled-1
धेरै सेवाग्राहीले उपचारका क्रममा मेडिकल भाषा बुझ्दैनन् । उनीहरू अस्पताल र डाक्टरलाई विश्वास गरेर आफूलाई सुम्पन्छन् । जसको फाइदा उठाउने नियतमा अस्पताल देखिन्छ । मेघाकै ल्याब टेक्निसियन बलराम उरावका अनुसार ‘सेरोलोजी’अन्तर्गत एचआईभी, एचबिएसजी, एन्टी एचसिभी, भिडिआरएललगायत जाँच पर्छन् । तर, अस्पतालले भने सेरोलोजी शीर्षकमा छुट्टै र यसअन्तर्गत पर्ने जाँचहरूको पनि फरक–फरक शीर्षकमा  पैसा असुल्ने गरेको देखिएको छ । उक्त अस्पतालमा उपचार गराएका बिरामीको ‘क्यास बिल’मा यस्तो देखिएको हो ।
यति मात्रै होइन, एउटै बिरामीमा गरिएको एउटै परीक्षणको शुल्कसमेत दुईथरी लिइएको छ । ‘आरए फ्याक्टर’ परीक्षणमा यस्तो देखिएको हो । बिलमा एकचोटि टेस्ट गर्दा ३ सय ५० रुपियाँ र अर्काेचोटि गर्दा ४ सय ५० रुपियाँ लिइएको देखिन्छ ।


-डिबी खड्का







यो पनि पढ्नुहोस् :  http://nayanaulo69.blogspot.com/2016/04/blog-post.html


साभार : स्वास्थ खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis