CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » जोक अफ द डे : बैसाख २०७३

जोक अफ द डे : बैसाख २०७३

Image result for laughing faceएक जना केटालाई सय जना केटीमध्ये एउटी छान्न लगाइयो, हो म मान्छु त्यो केटाले सबैभन्दा राम्री एउटी छान्ला, तर त्यो केटालाई अरू ९९ जना केटीलाई गुमाउनुपर्दा ज्यादै दु:ख लागेको हुन्छ ! 

(कसले भन्छ केटाहरूमा फिलिङ्स नै हँुदैन भनेर ?)
अदालतमा शेरे र श्रीमतीको कुरा,
शेरे : म आफ्नी श्रीमतीसँग खुसी छैन, मलाई डिभोर्स दिलाइदिनुपर्‍यो
न्यायाधीश : के यो कुरा साँचो हो ?
श्रीमती : खोइ ? टोलका सबै केटाहरू त मसँग खुसी नै छन् । उहाँलाई मात्र के समस्या छ कुन्नि ?
शेरे चोकमा बसेर केटी जिस्क्याइरहेको थियो ।
झलक दिखलाजा.... झलक दिखलाजा...
केटी पनि झन् के कम, स्यान्डल उचालेर शेरेलाई ताक्दै,
केटी : एकबार आजा... आजा...आजा... आजा...आजा...आजा
(भन्दै शेरेलाई एक झापड दिइहाली)
शेरे : (रिसाउँदै) किन झापड हानेको, खासमा मैले गाना गाएको हो, तिमीलाई जिस्क्याएको होइन ।
केटी : तिमीले जिस्क्यायौ भनेर कहाँ झापड हानेको हो त ? तिम्रो टिसर्टमा हिट मि लेखेको रै’छ र पो हानेको त ...
शेरेको पालो पनि च्याप्प पक्रिएर केटीलाई किस गरेछ ।
केटी : (रिसले थर्काउँदै) गधा, मर्न नसकेको स्याल, किन किस गरिस् मलाई ?
शेरे : (हाँस्दै) नरिसाऊ न, तिम्रो टिसर्टमा पनि किस मी लेखेको छ र पो गरेको त ।
केटी : (रिसले) तँ गइहाल, यहाँबाट खुरुक्क, राइट नाउ गो....
शेरे : ओके ओके, तर प्लिज तपाईंको फोन नम्बर दिनु न कति हो ?
केटी : छैन फोनसोन ।
शेरे : (एकछिन सोच्दै बस्छ र फेरि भन्छ) तपाईंको फोन नम्बर कति हो प्लिज ?
केटी : फोन छैन भनेको सुनिनस्, फेरि सोधिस् भने हम्बरले तेरो टाउको–साउको फुटाइदिन्छु नि ...
शेरे : तपाईंसँग हम्बर छ ?
केटी : छैन ।
शेरे : ए, त्यसो भए तपाईंको फोन नम्बर कति हो ? प्लिज, भन्नु न ।
सेनामा काम गर्ने ज्वाइँलाई सासूले चिठी लेखिछन् :
ज्वाइँ सा’ब, नमस्कार †
कुरा के हो भने, तपाईं यो सालचाहिँ जसरी पनि छुट्टी मिलाएर आउनुपर्‍यो, यहाँ मेरी छोरी दिनरात तपाईंको पर्खाइमा बसेकी छे, तपार्इं पो त्यहाँ रमाइलो गर्दै बस्नुभएको होला, यहाँ त मेरी छोरी एक्लै तड्पिएर बसेकी छे । अबचाहिँ कुनै पनि बहाना नगरी तुरुन्त छुट्टी मिलाएर आउनुपर्‍यो ।
ज्वाइँले सासूको चिठीको उत्तर पठाएछ :
आदरणीय सासू, तपाईलाई पनि मेरो नमस्कार ।
छोरीलाई सम्झाउन सकिन्छ भने सम्झाउनुहोला, सम्झाउन सक्नुहुन्न भने मैले यो चिठी ल्याउने डाकलाई एउटा बम नामक सामान पठाइदिएको छु, कुनै एकान्त स्थलमा गएर स्विच थिच्नुहोला, त्यसपछि मलाई स्वभाविक रूपमै ३ दिनको छुट्टी मिल्नेछ ।
उही ज्वाइँ....
एउटा बूढो मान्छेसँग शेरेले बुबा कति बज्यो भनेर सोधेछ ?
बूढो मान्छे : हेर बाबु, म तिमीलाई समय त बताइदिने थिए तर समस्या छ, समय बताउन ।
शेरे : कस्तो समस्या ?
बुढो मान्छे : आज मैले तिमीलाई समय बताए भने दैवसन्जोग फेरि हाम्रो भेट होला कहीं–कतै, अनि तिमीले ओह † हो, त्यो त मलाई समय बताइदिने मान्छे हो भनेर नजिक आएर बोलौला, अनि परिचय पनि होला हाम्रो । फेरि कुनै दिन तिमी मेरो घरको बाटो कतै हिँडौला, अनि मेरो याद आउला, ओहो त्यो मान्छेको घर त, यही टोलमा हो भनेर घरसम्म पनि आउला, अब घर आएको मान्छेलाई चिया–पानी पनि सोध्नु नै पर्‍यो, मेरी
छोरीले चिया पानी लिएर आउली, तिमीहरू बीचमा पनि परिचय होला, तिमी पनि तन्नेरी, मेरी छोरी पनि तरुनी, आपसमा सम्बन्ध बढ्दै जाला, दिनदिनै फोनमा कुरा पनि होला, माया प्रेम होला र तिमीले मेरी छोरीको हात माग्न मेरो घर पनि आउला तर ???
शेरे : तर के ?
बूढो मान्छे : तर यो जमानामा एउटा हातमा घडी पनि नहुने तिमी जस्तो कंगाललाई म आफ्नी छोरी दिन्नँ, त्यसैले म अहिले समय पनि बताउन सक्दिनँ ।

ढुंगालाई भगवान् मानेर पुज्नु आस्था र विश्वास हो तर मन्दिरभित्र राखिएको त्यही ढुंगालाई भगवान् सम्झिएर दूध, लड्डु र फलफूल चढाएर मन्दिर बाहिर बसेका भोका पेटहरूलाई वेवास्ता गर्नुचाहिँ अलिकति हजम नहुने कुरा नै हो । द्याट्स इट ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis