
कतारको तथ्याङ्क विभागले दिएको मे २०१२ को तथ्याङ्कलाई आधार मानेर यो खबर थिङ्क म्यागेजिनले छापेको हो। म्यागेजिनमा योबारे लेख लेखेकी हुन् त्यहाँको
नर्थवेस्टर्न युनिभर्सिटीको पत्रकारिता विभागमा अध्यापन गर्ने क्रिस्टिना मारिया पास्चिनले। उनको लेख यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।
तथ्याङ्क अनुसार कतारमा कतारी नागरिकहरुको संख्या ३ लाख मात्रै छ। कतारीहरुभन्दा बढी भारतीयहरु छन्। उनीहरुको संख्या २४ प्रतिशत छ। त्यसपछिको ठूलो संख्या नेपालीहरुको छ। नेपाली १६ प्रतिशत छन्। अरबीहरु अर्थात् गैर कतारीहरुको संख्या १३ प्रतिशत छ। फिलिपिनोहरु ११ प्रतिशत छन् भने बाँकी संख्या दक्षिण एसियाका अरु देशहरुको छ। ५ प्रतिशतको संख्यामा श्रीलंकाली र बंगालीहरु छन् भने ४ प्रतिशत पाकिस्तानी छन्। अन्य नागरिकहरुको संख्या ७ प्रतिशत छ।
नेपालीहरुको संख्या यति धेरै भएकैले कतारबाट नेपालका दुई राष्ट्रिय दैनिक कान्तिपुर र राजधानीले कतार संस्करण साप्ताहिक रुपमा प्रकाशन गर्ने गर्छन्। विदेशबाट माइसंसार हेर्नेहरुको संख्यामा पनि कतार शीर्ष चार देशभित्र पर्छ। अमेरिका, अस्ट्रेलिया र बेलायतपछि माइसंसारका सबैभन्दा बढी पाठक कतारमै छन्। कतारका पाठकहरुको संख्याले क्यानाडा, जापान, कोरिया, जर्मनी, हङकङ, मलेसिया, भारत जस्ता देशलाई पनि उछिनेको छ।
साभार : माई संसार
By Salokya, on September 16th, 2012
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !