CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पहिलोपटक प्रपोज गर्नेहरू

पहिलोपटक प्रपोज गर्नेहरू


इन्जिनियरिङ पढ्दै गरेका कुपन्डोलका विनय शर्माले कक्षा ११ मा पढ्दा भ्यालेन्टाइन्स डेकै दिन क्लासकी एक युवतीलाई प्रपोज हानेका थिए। तर, उनको प्रस्ताव ठाडै अस्वीकृत भयो। ‘साथीहरूको लहैलहैमा लागेर प्रपोज हानियो,' विनय सम्झन्छन्, 'तर, उनले अर्कै केटासँग टु साइड छ भन्दै मलाई बाल दिइनन्। तर, त्यसको एक महिनापछि उनी नै मलाई प्रपोज गर्न आइपुगिन्। मैले पनि साउँको ब्याज गर्ने मौका यही हो ठानेर
'म त प्याक भैसकेँ' भन्दिएँ।'
यसरी भ्यालेन्टाइन्स डेको दिन प्रपोज हानाहानको लहर गजबले चल्ने गर्छ युवायवतीमाझ। अरू दिनमा प्रपोज गर्दा उत्तरको भर नहुने तर यस दिन गरेमा प्रायः पोजिटिभ उत्तर आउने भएकाले पनि भ्यालेन्टाइन्स डे कुर्नेहरू धेरै हुन्छन्। केही समयअघिसम्म प्रेम प्रस्ताव राख्ने मामिलामा केटा नै अगाडि हुन्थे। तर, आजभोलि युवतीहरूले पनि मनको कुरा पोख्न धक मान्न छाडेका छन्। उनीहरूले प्रायः फोन, एसएमएस र च्याटिङमार्फत प्रेम प्रस्ताव राख्ने गर्छन्। 'फेस टू फेस भन्न त लाजै हुन्छ नि,' प्रिया थापाले भनिन्, 'मैले त पोहोर साल फेसबुकमा अनलाइन च्याट गरेर भनेकी थिएँ।'
धादिङका ईश्वर बूढाले यसपालि पहिलोपटक प्रपोज हान्न लागेको बताए। भ्यालेन्टाइन्स डेको दिन अफिसमा छुट्टी मिलाएका छन् उनले। ‘अहिलेसम्म कसैलाई प्रपोज हानेको छैन्,' उनले भने, 'साह्रै डर पो लागेको छ त। तर, जसरी भए नि उनलाई यसपालि मनको कुरा भनेरै छाड्छु।' फेसबुकमा र्‍यान्डम एड गरेर फेला परेकी युवतीसँग उनको दुई वर्षयता गोइङ अराउन्ड रिलेसन छ। ‘पोहोर ज्यान गए मुख खोल्न सकिएन,' उनले थपे, 'यसपालिको भ्यालेन्टाइन्स डे चाहिँ मेरा लागि शुभ होस्!'



-- नागरिक
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis