CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » क्यालेन्डर नफर्कंदा खेलाडीको करिअरमा धक्का

क्यालेन्डर नफर्कंदा खेलाडीको करिअरमा धक्का

 काठमाडौं, चैत १७ - नेपाली तेक्वान्दो स्टार संगीना वैद्यको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदकको 'ह्याट्रिक' गर्ने लक्ष्य प्रतियोगिता अनियमितताका कारण पूरा हुन सकेन। 
काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं साफमा स्वर्ण जितेकी उनले अर्को प्रतियोगिता खेल्न ५ वर्ष कुर्नुपर्योस। सन् २००४ मा पाकिस्तानको इस्लामवादमा पनि संगीनाले आफूलाई दक्षिण एसियाकी शिखर महिला
खेलाडी प्रमाणित गरिन्। त्यहाँ नेपालले जितेका तीन स्वर्णमध्ये एक उनको थियो। प्रत्येक दुई वर्षमा सार्क देशबीच गरिने भनेर सन् १९८४ मा काठमाडौंबाट थालिएको प्रतियोगिताले आठौं संस्करणपछि निरन्तरता पाउन सकेन।
'एउटा खेलाडीको 'प्राइम टाइम' ५-७ वर्ष हुने गर्छ। माथि चढेपछि तल ओर्लनै पर्छ। प्रतियोगिता निरन्तर नहुँदा हामी धेरै हकलाग्दा अवसरबाट चुक्ने गरेका छौं,' संगीना चुक्चुकाउँछिन्, '२-२ वर्षमा साग भएको भए मैले कम्तीमा चार स्वर्ण पदक जित्थें। क्यालेन्डरअनुसार भए खेलाडीले ढुक्क भएर तयारी गर्न पनि पाउँछन्।' 
यस्तै गुनासो करातेका दीपक श्रेष्ठको छ। मार्सल आर्टसको फरक विधामा सँगै उदाएका दुवैले आठौं र नवौं साफमा स्वर्ण पदक जितेका थिए। श्रीलंकामा २००६ मा सम्पन्न १०औं सागमा सहभागी भए पनि ढल्कँदो उमेरले दुवैलाई कास्य पदकमा सीमित गरायो।
दक्षिण एसियाको अन्तरदेशीय द्वन्द्वमा विभिन्न देशका सरकार र ओलम्पिक कमिटीबीचको दीर्घकालीन विवादले साग आयोजनामा अवरोध पार्दै आएको छ। सन् २००१ मा पाकिस्तानले नवौं साफको सम्पूर्ण तयारी पूरा गरिसक्दा आफ्नो टि्वन टावरमा भएको आतंककारी हमलाको प्रतिक्रियास्वरुप अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेपछि प्रतियोगिता सर्योत। त्यसपछि प्रत्येक वर्ष नयाँ तिथि तोकिए पनि भारत-पाक बिवादका कारण क्षेत्रीय भाइचारा बढाउने र खेल स्तर उकास्ने उद्देश्य राखिएको सागले नवौं संस्करणका लागि सन् २००४ सम्म कुर्नुपर्योे। आन्तरिक द्वन्द्वबाट मुक्ति पाएको श्रीलंकाले दुई वर्षमै १०औं साग आयोजना गर्योम। त्यसपछि पालो पाएको बंगलादेशले आन्तरिक राजनीति तथा भारत र पाकिस्तानबीचको समस्याका कारण २००८मा गर्नु पर्ने साग तीन वर्षपछि मात्र आयोजना गर्न सक्यो। बंगलादेश र नेपालजस्ता विपन्न देशको पालो पर्दा बजेट र पूर्वाधार निर्माणको समय पनि साग नहुनुका कारण बन्ने गरेका छन्। तर अहिले एसियाड र कमनवेल्थ खेलकुदको सफल आयोजना गरिसकेको भारतले पनि समयमा प्रतियोगिता गर्न सकेको छैन। 
सन् २०१२ भित्र १२औं साग गरिसक्नुपर्ने भारतले गत वर्षको जुनलाई तिथि प्रस्ताव गरेको थियो। तर त्यहाँको ओलम्पिक विवादले २०१३ फेब्रुअरीमा सरेको प्रतियोगिता पछिल्लो तिथिमा पनि भएन। सरकारले राष्ट्रिय ओलम्पिक संघमाथि हस्तक्षेप गरेका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भारतलाई प्रतिबन्ध लगाएपछि दक्षिण एसियालीकै सबभन्दा ठूलो देश साग आयोजनाबाट चुक्यो। 
भारतले गर्न नपाउने भएपछि १३औं संस्करणको पालो परेको नेपाललाई प्रस्ताव आयो। तर आन्तरिक विवाद तत्काल आयोजनाको बाधक बनिरहेको छ। सर्वोच्च अदालतको निर्णय तथा सरकार र नेपाल ओलम्पिक कमिटीबीचको झगडाका कारण तत्काल नेपालमा साग हुने सम्भावना छैन। सर्वोच्च अदालतले तीन वर्षअघि अन्तर्राष्ट्रिय मान्यताप्राप्त ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैध ठहर गर्दै रुक्मशम्शेर राणा नेतृत्वको पुरानै कमिटीलाई ब्यँुताएको थियो। 
अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा सहभागिताका लागि आइओसीको मान्यता जरुरी हुन्छ। अदालतको आदेशका बाबजुद सरकारी सहयोगका कारण विगतमा प्रधान पक्षबाटै नेपाली खेलकुदका अन्तर्राष्ट्रिय गतिविधि हुने गरेका थिए। तर पछिल्लो समय सरकार र प्रधान कमिटीबीचको सम्बन्ध चिसिएपछि नेपालमा साग आयोजनाको अवसर खेर जाने अवस्थामा पुगेको हो। 
सागमा स्वर्णको ह्याटि्रक गर्ने सपनाबाट चुकेका कराते स्टार दीपक राजनीतिक बहानाले प्रतियोगिता रोकिए पनि खेलाडीको उमेर नरोकिने हुँदा नेपाली खेलकुदले गौरव गर्ने मौका गुमाएको बताउँछन्। 'विभिन्न देशको आन्तरिक वा अन्तरदेशीय राजनीतिले प्रतियोगिता हुँदैनन्। फर्ममा रहँदा खेल्न नपाएपछि खेलाडीको पूरै करिअर उपलब्धिहीन हुन्छ,' राष्ट्रिय टोलीका प्रशिक्षक उनी भन्छन्, 'सागले नेपाली खेलाडीलाई हौसला दिने र खेलकुदमा लाग्ने प्रेरणा दिने काम गरिरहेको हुन्छ। तर 'पिक फर्म' मा रहँदा खेलेर जित्ने मौका नपाएपछि खेलाडीमा धैर्य रहँदैन।'
सागमा लगातार चार स्वर्ण जितेर कीर्तिमान बनाएका तेक्वान्दो स्टार दीपक विष्ट सागको अवधारणा सुरु गरेको नेपालले नै यसका अप्ठेरा फुकाउनुपर्ने विचार राख्छन्। 'दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेला नेपालकै सोचको परिणाम हो। त्यसैले यसलाई नियमित र थप प्रतिष्ठित पार्न पनि नेपालले नै पहल थाल्नुपर्छ,' नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष उनी भन्छन्, 'नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्पर्धामा स्वर्ण जित्ने सम्भावना बोकेको खेलमेला साग नै हो। यो हाम्रा लागि मिनी ओलम्पिक नै हो। त्यसैले अन्य देशको तुलनामा हाम्रा लागि यसको महŒव बढी छ।'
साग नियमित भए एसियाड र ओलम्पिकजस्ता ठूला प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शनमा सुधार आउने धारणा राख्छन् विष्ट। '४-४ वर्षमा आउने एसियाली र ओलम्पिकमा जान नेपाली खेलाडीका लागि साग प्लेट फर्म हो। नियमित तयारीले ठूला खेलकुदमा हुने प्रदर्शनमा धेरै सुधार ल्याउन सकिन्छ।'
अजय फुयाल,नागरिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis