CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अनलाइन डेटिङ

अनलाइन डेटिङ


onlineकाठमाडौ, चैत्र १६ - डेटिङ । युवायुवतीलाई एकअर्कासँग नजिक्याउने माध्यम । पार्क वा यस्तै एकान्तमा घुम्दै एकअर्कालाई बुझ्ने अवसर दिन्छ यसले । डेटिङमा जान कुनै मन मिल्ने साथीको खोजीमा कोही छ कि ? प्रविधि हाजिर छ, सहयोगका लागि । पछिल्लो समय डेटिङमा प्रविधिले सघाउन थालेको छ । कम्प्युटर, मोबाइललगायतका डिभाइसका साथै डेटिङ र सोसल नेटवर्किङ साइटले अनलाइन डेटिङलाई सजिलो
बनाइदिएका छन् ।
इन्टरनेटको सुरुआतदेखि कतिपय साइटले युवायुवतीलाई यस्तो अवसर उपलब्ध गराउँथे । फेसबुक, गुगलप्लस, टि्वटरलगायतका सोसल साइटले युवालाई साथी खोज्न निकै सजिलो बनाइदिए । युवायुवतीले यी साइटलाई साथीसँग सम्पर्कमा रहन मात्र नभएर डेटिङ जान केटा/केटी साथी खोज्न प्रयोग गर्न थालेका छन् । यी साइटले युवायुवतीलाई जिल्ला, अञ्चल, देशको सीमालाई भत्काएर विश्वभरका व्यक्तिसँग सम्पर्क स्थापित गर्न सजिलो बनाएको छ ।
अहिले आएर स्मार्टफोनले त्यसलाई अझ सहज बनाइदिएको छ । जहाँसुकै, जतिखेर पनि अनलाइनमा हेर्न सकिने भएकाले युवायुवतीलाई अनलाइन डेटिङमा तिनले साथ दिन्छन् । सोसल नेटवर्किङ साइट बडु डटकमले बेलायतीबीच गरेको एक अध्ययनमा हरेक ३ मा १ जनाले कामको व्यस्तताबीच अनलाइन डेटिङ गर्छन् । हरेक ५ मा ३ जनाले इन्टरनेटमा भेटेपछि मात्र एकअर्कासँग प्रत्यक्ष भेट्छन् ।
नेपालमा पनि पछिल्लो समय यो क्रम निकै बढेको छ । फेसबुकमा भेटिएर कुराकानी गर्दागर्दै जोडी बाँधिएका उदाहरण धेरै छन् । एरेन्ज म्यारिज गर्ने तय भएकाहरूले समेत सोसल नेटवर्किङ साइटमा केटा/केटीको प्रोफाइल, तस्बिर हेरेर, उनीहरूका गतिविधि त्यसमा नियालेर मात्र इन्गेजमेन्ट गर्ने चलन बढ्दै गएको छ । काठमाडौंको रातोपुलका रमेश कार्कीको आगामी वैशाखमा विवाह गर्ने उनका अभिभावक बसेर तय गरेका छन् । त्यसअघि कुरा आएपछि उनले हुनेवाला जीवनसाथीबारे फेसबुक एकाउन्टबाट जानकारी लिएका थिए ।
अभिभावकलाई समेत उनले त्यही एकाउन्टबाट उनको परिचय गराएका थिए । 'विवाहको टुंगो भएपछि हाम्रो अनलाइनमा डेटिङ सुरु भएको छ,' कार्कीले भने, 'कामको व्यस्तताले नियमित भेट्न पाइँदैन । टेक्स्ट/भिडियो च्याट, इमेल, एसएमएसको माध्यमबाट दिनमा कम्तीमा एकपल्ट भेट्छौं ।' प्रविधिले निकै सजिलो बनाएको छ । बदलिँदो जीवनशैलीले प्रत्यक्ष रूपमा भेट्ने समय हुँदैन । त्यसैले मानिसले नेटमै डेटिङ गरेर सन्तुष्टि लिन थालेको छ ।
डेटिङमा प्रविधिको प्रयोग सोह्रौं शताब्दीदेखि नै हुन थालेको हो । बीबीसीले तयार पारेको डेटिङको बदलिँदो समय क्रमका अनुसार सन् १६६५ को जुलाई १९ मा जीवनसाथी खोजी गरिएको पहिलो विज्ञापन प्रकाशित भएको थियो । त्यसमा एक 'भद्र पुरुष' ले आफूसँग मेल खाने 'असल, भद्र युवती' को खोजी गरेका थिए । सन् १९९५ मा वेबसाइट म्याच डटकम खुलेपछि नेटिजनहरूले त्यसमा आफ्नो प्रोफाइल बनाउन पाए ।
त्यही प्रोफाइललाई म्याच गर्दै जोडी बनाउन सजिलो भयो । त्यसपछि धेरै साइटहरूले डेटिङ जान चाहनेहरूलाई अनलाइनमा आफ्नो विज्ञापन गर्ने अवसर दिए । सन् २०१३ सम्म आइपुग्दा अनलाइन डेटिङमा सघाउने १ हजारभन्दा बढी वेबसाइट खुलेका छन् । भारतमा सादी डटकम, मध्यपूर्व र अपि|mकामा इन्साल्लाह डटकम, बेलायतमा प्लेन्टीअफफिस डटकम, ल्याटिन अमेरिकामा ओसिस डेटिङ नेटवर्क धेरै चलेका छन् ।
तीबाहेक फ्रेन्डफाइन्डर डटकम, एस्ले म्याडिसन डटकम, पर्फेक्ट म्याच डटकम, इहार्मोनी डटकम, लभअलाइफ डटकम, म्याचमेकर डटकमलगायत चल्तीका अनलाइन डेटिङ साइट हुन् । विश्वभर इन्टरनेट प्रयोगकर्तामध्ये १० प्रतिशत अनलाइनमा डेटिङ जाने गरेका छन् । सोसल नेटवर्किङ/डेटिङसाइड विशुद्ध डेटिङका लागि मात्र उपयोग भएका छैनन् । अनलाइनमा भेटिने साथी सबै इमानदारमात्र हुन्छन् भन्ने हुन्न । त्यसैले हरेकले अनलाइन डेटिङ सुरु गर्नुअघि सोच्नुपर्ने हुन्छ ।
अनलाइनमा भेटिएका साथीहरूको तस्बिर दुरुपयोग गरेर ललितपुरका एक आइटी टिचरले फेसबुकमार्फत जोडिएकी एक स्कुले छात्राको तस्बिर दुरुपयोग गरेर हुर्मत लिएको धेरै भएको छैन । सोसिएल नेटवर्किङ/डेटिङ साइटमा प्रोफाइल बनाउनेहरू सबै वास्तविक हुन्छन् भन्ने हुन्न । चर्चित सामाजिक सञ्जाल फेसबुकले करिब १ अर्ब सक्रिय एकाउन्टमध्ये ८ करोड ४० लाख जति फेक (नक्कली) रहेको स्विकारेको छ । नेपालजस्ता विकासशील मुलुकमा त्यस्तो गर्नेहरूको संख्या बढी छ ।
नेपालमा साइबर कानुन कडा नभएकाले अनलाइनको दुरुपयोग गर्ने बढी छन् । अनलाइन डेटिङ गर्नु नराम्रो होइन । सजग हुनुपर्छ, कसैको जालमा फस्नुु पर्दैन । त्यसैले अनलाइनलाई डेटिङमा उपयोग गर्नुअघि युवायुवतीले केही कुरामा ध्यान दिनुपर्ने आटी विज्ञहरूले सुझाएका छन् । उनीहरूको सुझावअनुसार अनलाइन डेटिङ गर्न चाहनेले आफ्नो फोन नम्बर, घरको ठेगानालगायत सम्पूर्ण विवरण प्रोफाइलमा राख्नु राम्रो होइन ।
अनलाइनमा भएका कुराकानीलाई असली दुनियाँ ठानेर सिरियस रूपमा लिनु हुन्न । कुरा गर्दा आफूलाई स्मार्ट रूपमा प्रस्तुत गर्नुपर्छ । अनलाइन पन्डसँग प्रत्यक्ष भेट्न एकान्तमा हैन, सार्वजनिक स्थलमा भेट्नुपर्छ ।
युवतीहरूले आफूलाई हट देखाउने फोटो प्रोफाइलमा राख्नु राम्रो हैन ।
त्यसको दुरुपयोग हुन सक्छ । डेटिङलाई टुंग्याउन अनलाइन पन्डलाई डिलिट गरेर आफ्नो इमेल फेर्नुपर्छ । त्यसले गर्दा उस/उनले आफूलाई खोज्दा नभेटोस् ।

प्रकाशित मिति: २०६९ चैत्र १६ ०५:२८ 
ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis