४८० महिलाको सुरक्षित गर्भपतन गरेको बताए ।
शाखाले एक वर्षका अवधिमा ७७ हजार कन्डम निःशुल्क वितरण गरेको अर्यालले जानकारी दिए । 'कन्डम प्रयोग गरी यौनसम्पर्क गर्न पुरुषभन्दा महिला बढी आकर्षित देखिए' उनले भने, 'किनभने यौन तथा प्रजननका विषयमा पुरुषभन्दा अहिले महिला बढी सचेत भएका छन्।'
शाखाले गरेको अनुसन्धानका अनुसार 'अधिकाँश पुरुष यौनसम्पर्क गर्दा तत्कालै बढी आनन्द लिन खोज्छन् र कन्डम लगाउन चाहँदैनन तर महिला भविष्यप्रति चिन्ता गर्ने भएकाले कन्डम लगाउन जोड गर्छन्।'
शाखाले ५४ हजार असहाय, गरिब, जनजाति, दलितलगायतलाई नरप्लान्ट, आइयुडीलगायत परिवार नियोजनको अस्थायी सेवा दिएको छ। शाखाद्वारा यस अवधिमा १७ हजार १६ गर्भवती परीक्षण, ३० हजार ८६९ जनाको साधारण स्वास्थ्य परीक्षण, १३ हजार ३१३ लाई खोप तथा प्रयोगशाला सुविधा र एक लाख पाँच हजार २९८ जनालाई परिवार नियोजन, प्रजनन स्वास्थ्यलगायत विषयमा परामर्श दिइएको बताइएको छ। रासस

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !