CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » जब ऋषि धमला पत्‍नीसहित टिभीमा देखिए ........

जब ऋषि धमला पत्‍नीसहित टिभीमा देखिए ........


rishiदुर्गाप्रसाद धमलालाई खासै कसैले चिन्दैनन्। तर उनैको अर्को नाम ऋषि धमलालाई भने नचिन्ने को होला र ! कतिलाई त उनको अनुहार टिभीमा देखिँदा रिसै उठ्ने भयो भन्छन्। उनै धमला भर्खरै
बिहे गरेपछि पत्‍नीसहित टिभीमा देखा पर्न थालेका छन्। हिमालय टिभीमा अस्ति भर्खरै श्रीमान् श्रीमतीको अन्तर्वार्ता लिने कार्यक्रम जीवन साथीमा धमला जोडीको अन्तर्वार्ता प्रसारण भएको थियो। आजभोलि यता लोडसेडिङ हुने कारणले कतिले त्यो हेर्न पाउनु भएन होला। खासै तुक नभए पनि हसाँउने गरी रमाइलो भएकोले तपाईँहरुलाई पनि यो अन्तर्वार्ता सेयर गर्न मन लाग्यो। मंसिरमा बिहे गर्ने भनेका धमलाले वैशाखमा बल्ल बिहे गर्न पाए। किन भन्ने प्रश्नमा उनले लम्बेचौडे व्याख्यान लगाए। तर उनकी पत्‍नी एलिजा गौतमले भने सजिलै धमलाको काका बितेकोले ढिला भएको भन्ने जवाफ दिइन्। 
rishi2
rishi1विवाह तीन महिनामात्रै ढिला भएको र त्यस अवधिमा पनि आफूहरुबीच सहमति र ‘सहकार्य’ जारी रहेको भन्ने धमलाको जवाफ सुनेर पेट मिचीमिची हाँस्न बाध्य भएँ म।
जोडीको पारा पनि गज्जबको थियो। पत्‍नी सारी लगाएर खुट्टा हल्लाउँदै अन्तर्वार्ता दिइरहेकी थिइन् भने पति धमला चट्ट टाइसहितको सुटमा ठाँट्टिएर जवाफ दिइरहेका थिए। दुई जनाले आफूहरुबीच १७ वर्ष उमेर फरक भएको पनि सुनाए। नेपालको कानुन अनुसार दुलाहा र दुलहीबीच यति धेरै वर्ष अन्तर हुनु भनेको अनमेल विवाह हो। तर मियाँ बिबी राजी भएपछि कोही पाजीहरुलाई के मतलब!
धमलाको विषयमा धेरैले नकारात्मक कुरामा जोड दिन्छन्। तर कामप्रति उनको लगन र मेहनतको भने कदर गर्नैपर्छ। उनले विवाहको दिनसमेत नेपालका विभिन्न रेडियो स्टेशनमा प्रसारण हुने वाणी बहसका लागि लाइभ इन्टरभ्यु लिएका रहेछन्।
लौ अन्तर्वार्ता हेर्नुस् र थप रमाइलो कुरा देख्नुभए बाँड्नुहोस्-

साभार :रुपक खतिवडा-
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis