काठमाडौं। आन्दोलनमा उत्रिएका कर्मचारीहरूलाई २ महिनाको तलब दिएर आन्दोलन अन्त्य गर्न सफल भएसँगै न्यूज २४ टेलिभिजनको व्यवस्थापनले पत्रकार, कर्मचारीहरूका विरुद्धमा आन्दोलन घोषणा गरेको छ। पछिल्लो समय
न्यूज २४ को व्यवस्थापनले कर्मचारीहरूलाई तिमीहरूको आन्दोलन सकियो, अब हाम्रो आन्दोलन सुरु भयो? भन्ने गरेको त्यहाँ कार्यरत एक पत्रकारले बताए। जेठ १ गते आइतवार न्यूज २४ का अध्य212 अनिल जोशीले कर्मचारीहरूलाई डाकेर, एक बर्षसम्म तल दिन नसक्ने भएकाले जागिर खाने वा छाड्ने निर्णय लिन दबाब दिएका थिए। तर जागिर छाडेर जाने वा तलब माग्नेलाई जे पनि गर्न सक्ने धम्कीसमेत दिएको एक पत्रकारले बताए। उनले जागिर छाड्नेहरूलाई बक्यौता रकम उपलब्ध गराउने पनि बताएका छन्। निरन्तरको आन्दोलन आफूले थेग्न नसक्ने र तलब पनि खुवाउन नसक्ने जोशीको भनाइका कारण त्यहाँ कार्यरत कर्मचारीहरू अझ रनभुल्लमा परेका छन्।
धमाधम जागिर छाड्दै पत्रकार
जेठ १ गते बुधबार समाचार विभागमा कार्यरत प्रमोद न्यौपाने, प्रभात देवकोटा र अनुप आचार्यले जागिर छाडेका थिए। स्पोर्ट्स बिट हेर्ने समाचारवाचक अनुज थापाले पनि राजीनामा बुझाएका छन्। त्यस्तै प्रकृति कार्यक्रम चलाउने, पत्रकार महासंघका प्रतिष्ठान शाखा उपाध्यक्ष नारायण भण्डारीले पनि राजीनामा दिएका छन्। शुक्रबार मात्रै पनि क्यामेरापर्सनहरू प्रसन्न मलिक, सुमन श्रेष्ठ र रोशन श्रेष्ठले राजीनामा दिएका छन्। साहुले नै १ बर्ष तलब दिन्न भनिसकेपछि केका लागि काम गर्नु, आन्दोलन पनि सफल भएन, त्यसैले जागिर छोड्यौं ‘ जागिर छाड्नेमध्येका एकले भने।
रिपोर्टरहरू पेण्डुलम
आन्दोलन सकिएपछि कर्मचारीहरूप्रति आक्रोशित न्यूज २४ व्यवस्थापनले आन्दोलनमा सक्रिय रिपोर्टरहरूलाई पेण्डुलम बनाएको छ। उनीहरू नियमित कार्यालय त गएका छन् तर जिम्मेवारी दिइएको छैन। आन्दोलन सकिएपछि रिपोर्टिङ गएका केशवराज विष्टलाई समाचार प्रमुख चिरञ्जीवी देवकोटाले कसले भनेर रिपोटिर्ङ गरेको भन्दै हप्काएका थिए। त्यसपश्चात अन्य संवाददाताहरू पनि रिपोर्टिङमा जान पाएका छैनन्। उनीहरूलाई जिम्मेवारी नै नदिएर हैरान बनाई जागिर छोड्न बाध्य बनाउने नीति न्यूज २४ का सञ्चालकले लिएका छन्। न्यूज २४ का मालिकले तलब माग्नेलाई जे पनि गर्ने र छाडेर गए पनि नछाड्ने धम्की दिएकाले आफूहरूको ज्यान असुरक्षित भएको भन्दै पत्रकारहरूले नेपाल पत्रकार महासंघ र सूचना बिभागमा उजुरी दिएका छन्। उता पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना बिभाग र प्रेस काउन्सिलको टोलीले न्यूज २४ टेलिभिजनको कार्यालयमा पुगेर घटनाको बास्तविकता बुझेको छ। राजीनामा दिन बाध्य पारिएका पत्रकारहरूलाई पुनः काम गर्ने अवस्था सिर्जना गर्न र नियमित र न्यूनतम पारिश्रमिक उपलव्ध गराउन टोलीले आग्रह गरेको छ। महासंघले यो आग्रह स्वीकार नगरिए कडा कदम चाल्ने चेतावनी दिएको खबर साँघु साप्ताहिकले छापेको छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !