CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » डी. आई. कि डन

डी. आई. कि डन


गत साता काठमाडौँको कोटेश्वरनजिक एक व्यक्ति दुई स्कुले विद्यार्थीलाई सडकमै सजाय दिइरहेका भेटिए। बुझ्दा थाहा भयो, ११ कक्षाको वाषिर्क परीक्षा दिएर फर्किरहेका ती विद्यार्थीलाई कान समातेर उठबस गर्ने आदेश दिने व्यक्ति पुरानो बानेश्वरको गोल्डनगेट कलेजका डीआई -डिसिप्लिन इन्चार्ज) रहेछन्। डीआई नै सामुन्ने भएपछि बिचरा विद्यार्थीको के चलोस्!  


डीआईको हाउभाउ र लवज विद्यालयका शिक्षकको भन्दा पनि ’डन’कै जस्तो देखिन्थ्यो। त्यस्ता भयानक पात्रको आदेश विद्यार्थीले सडकमै भए पनि शिरोपर गर्नैपर्‍यो। सडक छेउछाउका पसले साहूजी र ग्राहकहरू मूकदर्शक बनिरहेका थिए। कसैले पनि त्यस्तो किन गरेको भनेर सोध्ने जाँगर देखाएनन्। हातमा प्रवेशपत्र लिएर उठबस गररिहेका ती विद्यार्थीको मुहारमा हीनताबोध मडारिएको थियो। यस पंक्तिकारले किन उठबस गराउनुभएको भन्ने प्रश्न तेस्र्याउँदा डीआईले बडो गर्वका साथ जवाफ फर्काए, जति भन्दा पनि चुरोट खान छाडेनन्, यिनीहरूलाई यस्तो नगरी सुधि्रँदैनन्।’’

विद्यार्थीलाई अनुशासित बनाउने नाममा सार्वजनिक स्थलमै यस्तो सजाय दिने अधिकार ती डीआईलाई कसरी प्राप्त भयो कुन्नि ? कलेजले नै त्यस्तो अधिकार दिएर हो भने डीआईहरूमार्फत सञ्चालकहरूले कस्तो किसिमको शैक्षिक वातावरण निर्माण गर्न खोजेका हुन् ? बीच सडकमै उठबस गर्न बाध्य ती दुई विद्यार्थीमा कुनै मानसिक प्रभाव वा अन्य कुनै प्रतिकूल समस्या देखा परेको खण्डमा ती डीआई र सम्बन्धित कलेजले जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? यस्ता घटनाले पूर्वाधारमा सम्पन्न भएको दाबी गर्ने राजधानीका प्लस टूहरूको बौद्धिक दरदि्रता छर्लंग हुन्छ। साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis