CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एक्लो छैन माइसंसार, साथ दिन उठे ७७ हात

एक्लो छैन माइसंसार, साथ दिन उठे ७७ हात

अपडेट (अक्टोबर १२): ‘जतिबेला पत्रकारिता अखबारका रुपमा सुरु भयो, त्यतिबेलादेखि नै यो स्थापित शक्तिहरुको शत्रु, वैरी बन्यो’, आरआर कलेजमा पत्रकारिता पढ्दा हाम्रो एउटा रातो किताब हुने गर्थ्यो- डेनिस मक्वेलको मास कम्युनिकेसन थ्यौरी। मक्वेलले यसमा ज्यादै सरल भाषामा पत्रकारिताका सिद्धान्त र व्यवहारलाई बुझाउँदै लेखेका छन्, ‘त्यसैले पत्रकारिताको इतिहास छापाखाना सञ्चालक, सम्पादक र पत्रकारहरुविरुद्ध हिंसाबाट सुरु हुन्छ। पछि हिंसाको स्थान कसिलो कानुनले
लियो। अहिलेको बजार प्रणालीमा भने आधुनिक पत्रकारिताले यसका पूर्वजभन्दा बढी दबाब र हस्तक्षेपको सामना गर्नुपर्छ।’ निश्चय पनि आर्थिक रुपमा सक्षम हुन मिडियालाई विज्ञापन चाहिन्छ, त्यही विज्ञापनलाई हतियार बनाएर मिडियालाई आफू अनुकूल बनाउन शक्तिमा रहेकाहरु र ठूला व्यापारीहरु लागिपर्छन्। जतिसुकै नराम्रा काम गरे पनि मिडियाले त्यसलाई लेख्न सक्दैन, किनभने उनीहरु ‘खबरदार, विज्ञापन नपाउलाऊ’ भन्दै तर्साइरहेका हुन्छन्।
ठूला मिडियाले ठूला हाउसको विपक्षमा केही पनि लेख्न नसक्ने कारण यही हो। तर उनीहरुले कति हदसम्म आफू अनुकूलका समाचार राख्न दबाब दिन्छन्, पत्रकारहरुले सुनाएका यी उदाहरणबाट प्रष्ट हुन्छ-
-पोखराको हिमाललाई छेकिने गरी होर्डिङ बोर्ड राखेको एउटा फोटो राखेको थिएँ। एकैछिनमा कर्पोरेटबाट फोन आयो- अस्ति भर्खर विज्ञापन डिल भएको छ त्यो कम्पनीसँग। फोन गर्दै थियो फोटो हेरेर। हटाइदिनु पर्‍यो। मलाई त झोँक चलेर क्याप्सन परिवर्तन गरेर ‘उसै त राम्रो पोखरा, यी होर्डिङ बोर्डले झनै सुन्दर देखिएको छ’ लेखिदिन मन लागेको थियो।
-मनी ट्रान्सफर लुटिएको विशुद्ध अपराधको समाचारसमेत नहालिदिनु, हाम्रा ग्राहकलाई असर पर्छ भनेर फोन आयो।
-बैँकको शाखा खोल्नु, एटिएम उद्‌घाटन गर्नु, एउटा कम्प्युटर कुनै स्कूललाई दिनु र २ हजार रुपियाँ छात्रवृत्ति दिनु पनि कुनै समाचार हो? बैँकको कामै शाखा खोल्नु हो। एटिएम उसको सेवा हो। विज्ञापन नदिनेले ठूलै रकमको छात्रवृत्ति दिँदा सानो समाचार पनि नआउने अनि विज्ञापन दिने ठूला हाउसको ठूलो समाचार र फोटो छापिनुको कारण यही हो।
-एनसेलको गलत काम र ठूला हाउसका गैर कानुनी काम अनि बहुचर्चित भ्याट कान्डबारे पत्रिकाले केही लेख्न नसक्नुको कारण यही हो।
ठूला मिडियाको खर्च पनि ठूलै हुन्छ र यसलाई धान्न उनीहरुको विज्ञापन नभई हुन्न पनि। त्यसैले सानो लगानीका वैकल्पिक पत्रकारिता प्रभावकारी हुनसक्छन् भन्ने अवधारणा आएको छ। तर ठूला हाउसहरु यसको पनि मुख थुन्न लागिपर्ने नै भए। माइसंसारको कमजोर मोर्चा आर्थिक पक्षलाई धराशायी पार्ने काम यही नियतबाट भएको प्रष्ट छ। यसविरुद्ध पाठकहरुलाई सहयोगका लागि आह्वान गरेको चार दिनमा ७७ पाठकले हात उठाएका छन्। (पछिल्लो पटक ४५ जनाको हात उठेका थिए, यो अपडेट गर्दासम्म ७७ हात उठिसकेका छन्) यसले ठूला हाउस र विज्ञापनको आश र त्रासबाट आफ्नो गलत कामको खबर सार्वजनिक हुनबाट सेन्सर गराउन खोज्ने प्रवृत्ति हतोत्साही हुने निश्चित छ। अहिलेलाई प्राविधिक खर्चमात्र यसबाट धान्ने माइसंसारको लक्ष्य हो। भविष्यमा कुनै विशेष रिपोर्टिङका लागि लाग्ने खर्च पनि यसरी नै आह्वान गरेर धान्न सकिने हो कि हैन, प्रयास गरी हेरिनेछ खर्च। अथवा यसरी धान्न सक्ने हो भने वैकल्पिक मिडियाको रुपमा टिमैसहित व्यवसायिक रुपमा माइसंसारलाई वैकल्पिक पत्रकारितामा होम्याउने संभावना हुन्छ कि। अहिलेलाई भने त्यतातिर नगई त्यसलाई संभावना र सोचमा मात्र सीमित राखी कम्तिमा १० महिनासम्म सर्भर खर्च धान्ने गरी स्रोत जुटेको छ। खबर सेन्सर गर्ने शर्तबिना विज्ञापन दिनेहरुबाट पनि स्रोत खोज्ने क्रम जारी राखिनेछ। तर जीविकोपार्जनका लागि जागिर खाने, अध्ययन गर्ने र एक्लो प्रयासमा ब्लग पनि लेख्ने काम गर्नुपर्ने हुनाले मार्केटिङको यो पक्ष सँधै कमजोर रहिआएको छ। बिना शर्त विज्ञापन दिने स्रोतको खोजीमा पनि कसैले सहयोग गर्न सक्नुहुनेछ। आफू वरपरका घटनाको, अरु पाठकलाई रुचि हुने, कसैको गलत काम आदि विषयमा लेखेर वा टिप्स दिएर पनि तपाईँ माइसंसारलाई सहयोग गर्न सक्नुहुन्छ।
साभार : माई संसार 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
    तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis