अपराधविरुद्ध अभियान हो अथवा प्रहरीको निजी महत्त्वाकांक्षा ?
२९ असार : राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीलाई सोध्यो– घैँटेविरुद्ध मुद्दा के छ ?
१२ साउन : नेपाल प्रहरीले जवाफ दियो– घैँटेलाई पक्राउ गर्न कसैलाई खटाइएको छैन ।
३ भदौ : प्रहरीकै टोलीले घैँटेलाई घरमै गोली हान्यो, अपराधी भनेर प्रस्टीकरण दियो ।

२७ असार : कुमार घौटेद्वारा मानवअधिकार आयोगमा उजुरी
असार २५ गते साँझ ५:३० बजे काठमाडौं कपुरधारा तरकारी बजार क्षेत्रमा सादा पोसाकमा आएका, तर प्रहरी हुँ भन्ने ५–६ जनाले पक्राउ गर्न खोजेको
तरकारी बजारका व्यवसायी र स्थानीय व्यक्तिहरूले किन र के कारणले पक्राउ गर्न खोजेको भनेपछि प्रहरीहरूले अपशब्द बोली लागुऔषध, हतियारको केसमा तँलाई फसाउँछु भनी धम्की दिएको
प्रहरी भन्नेले आज बाँचिस्, तर पछि छोड्दिनँ भनी स्थानीय बासिन्दा, तरकारी व्यवसायीका अगाडि तथानाम बोल्दै हिँडेको हुनाले मेरो ज्यानधनको सुरक्षा पाउँ भनी मानवअधिकार आयोगसमक्ष यो निवेदन पेस गरेको छु ।

२९ असार: मानवअधिकार आयोगले प्रहरीलाई पत्र काट्यो
सादा पोसाकमा आएका व्यक्तिहरूले कुमार श्रेष्ठ (घैँटे)लाई पक्राउ गर्न खोजेको र ‘विभिन्न मुद्दामा फसाउँछु’ भनी धम्की दिएकाले ‘मेरो शान्ति सुरक्षा गरिपाऊँ’ भन्ने व्यहोराको उजुरी यस आयोगमा प्राप्त हुन आएको छ । अत: सो सम्बन्धमा के–कसो भएको हो ? सोको सम्पूर्ण जानकारी यथाशीघ्र उपलव्ध गराउन अनुरोध छ ।

१२ साउन: प्रहरीद्वारा मानवअधिकार आयोगलाई जवाफ
सादा पोसाकका ती व्यक्ति प्रहरी नै हुन् भन्ने यकिन गर्न नसकिएको, स्थानीय कार्यालयमा गएर गोप्य रूपबाट बुझ्दासमेत हुलिया मिल्ने व्यक्ति कुनै पनि स्थानीय प्रहरी कार्यालयको नभएको, निजलाई पक्राउ गर्न कुनै पनि प्रहरी कर्मचारी खटाएको नदेखिएको व्यहोरा सादर अनुरोध छ ।
यो खतराको संकेत हो : आयोग
मोहना अन्सारी प्रवक्ता, राष्ट्रिय मानवअधिकार आयोग

- जिउधनको संरक्षण गरिपाऊँ भन्दै कुमार श्रेष्ठले उजुरी दिएका थिए । त्यो विषयमा हाम्रो अनुसन्धान पनि भइरहेको थियो । यहीबीचमा घटना भएको छ ।
- प्रहरीले हामीलाई सूचना दिँदा उनका बारेमा कुनै समस्या नरहेको भनेको थियो । तर, पछि इन्काउन्टरमा मारिए । यो खतराको संकेत हो ।
- कुमारको पोस्टमार्टम भएको छैन । त्यसपछि थप सूचना आउलान् । र, हाम्रो अनुसन्धान भइरहेको छ ।
सुध्रिन्छु भन्दा पनि पाएन कुमारले
सरस्वती श्रेष्ठ, कुमारकी फुपू
सरस्वती श्रेष्ठ, कुमारकी फुपू
- म भानुभक्त स्कुलमा काम गर्छु । एक्कासि चितवनबाट बहिनीले फोन गरेर कुमारको इन्काउन्टर भएछ भनिन् । इनकाउन्टर भनेको खुट्टामा गोली हानेको होला, अरू त केही भएको छैन होला भन्ने लागेको थियो ।
- मान्छे सुध्रिन्छु भन्दा त पाउँछ होला नि । तर, राज्यले पनि सुध्रिन दिएन । प्रहरीका हाकिमले पुरानो रिसइबी साँध्न ज्यान लिएको हो । घरछेउकाले भनेअनुसार अन्तिममा आत्मसमर्पण गर्न हात उठाएको रहेछ, तर पनि मारे ।
- अब यो नौ वर्षकी छोरीलाई के भनेर सम्झाउने ? कसरी हुर्काउने । उसकी आमा पनि छैन । बाबुलाई मारिहाले । अहिलेसम्म छोरीलाई केही भनेको छैन । तिम्रा बाबुलाई प्रहरीले मार्यो भनेर कसरी भन्ने ? मेरो भदाले न्याय पाउओस् जसरी पनि ।
महत्त्वाकांक्षा होइन, अपराधविरुद्ध अभियान हो
तपाईं र कुमार घैँटेको व्यक्तिगत रिसइबी थियो, त्यसको मूल्यमा उनले ज्यान गुमाउनुपर्यो भन्ने परिवारकै आरोप छ, तपाईंको प्रतिक्रिया के छ ?
घैँटेसँग मेरो व्यक्तिगत दुस्मनी थिएन, तर म कर्तव्यपालनको सिलसिलामा खटिएको वेला उनले ममाथि आक्रमण गरेका हुन् । त्यतिवेला डिएसपीका रूपमा म गस्तीमा थिएँ, उनले हाम्रो समूहमाथि बियरका बोतल हानेका थिए । बियरका बोतल यति धेरै प्रहार भएका थिए कि त्यसको बयान नै गर्न सकिन्न । तर, सर्वेन्द्र खनाल भन्ने व्यक्तिलाई निसानामा राखेर उनले आक्रमण गरेका हुन् भन्ने मलाई लाग्दैन । तर, ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण गरेका हुन् । त्यसमा मेरो व्यक्तिगत रिसइबी हुने कुरै भएन । अनि व्यक्तिगत रिसइबीले प्रहरी संगठनले केही गर्दैन, कानुनअनुसार गर्छ ।
तपाईं अब डिआइजी हुने लाइनमा हुनुहुन्छ, रमेश खरेल एक नम्बरका एसएसपी हुन्, उनलाई उछिनेर एक नम्बरको डिआइजी हुने महत्त्वाकांक्षाले तपाईंले यो घटना गराउनुभयो भन्ने पनि आरोप छ नि ?
म डिआइजी कसरी हुने, कति नम्बरको हुने भन्ने संगठनको विषय हो, मेरो व्यक्तिगत चाहना र महत्त्वाकांक्षाले हुन सक्दैन । तर, मैले देश र संगठनका लागि गरेको यो पहिलो काम होइन । पहिले पनि काठमाडौंमा बस्दा अपराधविरुद्ध अभियान चलाएको थिएँ । जनकपुरवासीलाई तपाईं सोध्न सक्नुहुन्छ, त्यहाँ पनि मैले अपराधीलाई शिर उठाउन दिएको थिइनँ । जनआन्दोलनका वेला पनि मेरो भूमिका सकारात्मक मानिएको थियो । म संगठनले लगाएको काम इमानपूर्वक गर्छु, कुमार घैँटेमाथिको कारबाही पनि कानुनअनुसार भएको हो ।
कुमार घैँटेलाई पक्राउ गर्नेसमेत मनसाय छैन भनेर मानवअधिकार आयोगलाई जवाफ दिएको एक महिनाभित्रै उनीविरुद्ध मुद्दासमेत नचलाई इन्काउन्टरका नाममा किन मारियो ? यस विषयमा प्रहरीले जवाफ दिनु पर्दैन ?
मेरो कार्यालयमा मानवअधिकार आयोगको त्यस्तो प्रश्न आएको थाहा छैन । पत्रबारे मलाई कुनै जानकारी छैन । प्रहरी र मानवअधिकार आयोगबीच कुन–कुन वेला के–के विषयमा पत्राचार भयो भन्ने विषयमा जान्ने निकायमा म छैन, कुनै पनि घटना परिस्थिति विशेष हुने हो, पत्र आदानप्रदान भइरहेको बेला किन भयो भन्न मिल्दैन ।

योगेश ढकाल/नयाँ पत्रिका
काठमाडौं ९ भदौ
गुन्डागर्दीका नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ मारिएको घटना रहस्यमय बन्दै गएको छ । राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीबीच भएका पत्राचारले घटनालाई रहस्यमय बनाएको हो ।
कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैँटे मारिएका थिए । प्रहरीले मुठभेडमा घैँटे मारिएको जनाएको छ ।
घैँटेले त्यसअघि नै जीवन रक्षा गरिपाउँm भनेर आयोगमा २७ असारमा निवेदन दिएका थिए । त्यसयता प्रहरी र आयोगबीच पटक–पटक पत्र आदानप्रदान भएको छ ।
घैँटेले निवेदनमा २५ असारमा कपुरधारा तरकारी बजारमा सादा प्रहरीले पक्राउ गर्न खोजेको, तर ‘अहिलेलाई बाँचिस् अर्कोपटक छाडिँदैन’ भन्दै हिँडेको उल्लेख गरेका छन् । उनको निवेदनपछि आयोगले २९ असारमा प्रहरीलाई पत्राचार गरी जानकारी मागेको थियो । आयोगको पत्रमा भनिएको छ, ‘कुमार श्रेष्ठको सम्बन्धमा के–कसो भएको हो ? सोको सम्पूर्ण जानकारी यथाशीघ्र उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनुहुन अनुरोध छ ।’
महानगरीय प्रहरी कार्यालयको मानवअधिकार शाखाले १२ साउनमा आयोगलाई लेखेको पत्रमा घैँटेलाई कुनै समस्या नरहेको उल्लेख छ । महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुशीलकुमार भण्डारीको हस्ताक्षरमा आयोगमा पठाइएको प्रतिउत्तरमा भनिएको छ, ‘स्थानीय र कुमार श्रेष्ठसमेतलाई बुझ्दा सादा पोसाकका प्रहरी नै हुन् भन्ने यकिन गर्न नसकिएको, स्थानीय व्यक्तिहरू एवं पीडितले दिएको हुलियाअनुसार स्थानीय कार्यालयबाट गएर गोप्य रूपबाट बुझ्दासमेत दिएको हुलिया मिल्ने व्यक्ति कुनै पनि स्थानीय प्रहरी कार्यालयको नभएको, निजलाई पक्राउ गर्न कुनै पनि प्रहरी कर्मचारी खटाएको नदेखिएको भनी प्रतिवेदन पेस गरेको हुँदा सोअनुसार खुलाई पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’ घैँटेले निवेदनमा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक र घुमुवा प्रहरी कुमार लामा, कुमार गुरुङ, देव दासलगायतको नाम उल्लेख गरेका छन् ।
घैँटेको परिवारले व्यक्तिगत रिसइबीले हत्या गरिएको आरोप लगाएका छन् । ‘व्यक्तिगत रिसइबीमा हत्या भएको छ,’ घैँटेकी फुपू सरस्वतीले नयाँ पत्रिकासँग भनिन् ।
काठमाडौं प्रहरी प्रमुख सर्वेन्द्र खनाल र घैँटेबीच १२ वर्षअघि भएको झगडाको रिस अहिले फेरिएको परिवारको आरोप छ । खनाल डिएसपी हुँदा उनलाई घैँटेको समूहले बियरका बोतलले आक्रमण गरेको थियो ।
एसएसपी खनाल र रमेश खरेल को एक नम्बरको डिआइजी हुने भन्ने दौडले पनि घैँटे मारिएको आरोप पनि लाग्ने गरेको छ । कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले खनालले एक नम्बरको डिआइजी हुने महत्त्वकांक्षाले चर्चा कमाउन घैँटेको हत्या गरिएको आरोप लगाए ।

घैँटेका सहयोगी पक्राउ
प्रहरी मुठभेडमा गत बिहीबार मारिएका गुन्डानाइके कुमार घैँटेको व्यावसायिक पार्टनर पक्राउ परेका छन् । घैँटेको सम्पत्ति अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो ।
ट्राभल एजेन्सीका नाममा कार्कीले १०–१२ करोडको अस्वाभाविक कारोबार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घैँटेसँग मिलेर उनले विभिन्न व्यवसाय गर्दै आएका थिए ।
लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक रहेका कार्कीले नै घैँटेको आर्थिक कारोबार मिलाउने गरेको सूचनाका आधारमा महाशाखाले पक्राउ गरेको हो । उनकै फ्राइडे रेस्टुरेन्टमा घैँटेले ठेकदारहरूलाई बोलाएर धम्क्याउने गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।
करिब १० वर्षअघि सामान्य जागिरे रहेका कार्कीको हाल करोडौँको सम्पत्ति भेटिएको छ । महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान अघि बढाएको छ ।
घैँटेले चलाउँदै आएको गजुरमुखी कन्स्ट्रक्सनमा भने कार्कीको आफ्नै नाममा सेयर भेटिएको छैन । कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीकी श्रीमतीलगायत सातजनाको नाममा सो कम्पनीमा सेयर रहेको खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भए पनि आफ्नै नाममा भने थोरै मात्र भेटिएको छ । सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको आशंकामा महाशाखाले छानबिन थालेको छ ।

६ दिनसम्म पनि पोस्टमार्टम भएन
मारिएको ६ दिन बित्दा पनि घैँटेको शवको पोस्टमार्टम भएको छैन । उनका आफन्त तथा सहयोगीले छानबिनको माग गर्दै पोस्टमार्टमका लागि अनुमति दिएका छैनन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनको शव राखिएको छ ।
कपुरधारास्थित आफ्नै घरअगाडि गत बिहीबार बिहान प्रहरीको गोलीबाट घैँटे मारिएका थिए । प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङमा उनी मारिएको प्रहरीको दाबी छ । तर, उनका आफन्तले योजनाबद्ध रूपमा प्रहरीले गोली हानी हत्या गरेको बताउँदै छानबिनको माग गरेका छन् । केही सभासद्ले समेत घटनाको छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

घैँटे मारिएपछि कोही विदेशमा, कोही आत्मसमर्पणमा
राजधानीका चर्चित डन कुमार घैँटे मारिएपछि गुन्डागर्दीमा संलग्नहरू तर्सिएका छन् । राजधानीका केही गुन्डाले देश छाडेका छन् भने घैँटेकै समूहमा रहेका एकजनाले आत्मसमर्पण गरेका छन् ।
नेपालगन्जमा गत महिना चेतन मानन्धरको हत्या आरोपमा फरार रहेका घैँटेनिकट रिगल ढकालले सोमबार जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेका हुन् । अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । आफूलाई काठमाडौं प्रहरीले खोजी गरेको थाहा पाएपछि ढकालले आत्मसमर्पण गरेका हुन् ।
राजधानीमा नाम चलेका अरू डनहरूसमेत अर्धभूमिगत भएका छन् । घैँटेको समूहमा रहेका धेरैले राजधानी छाडिसकेको स्रोत बताउँछ । प्रहरीले उनको समूहमाथि नै छानबिन अघि बढाएपछि सहयोगीहरू भागेका हुन् ।
डन गणेश लामाले भने नेपाली नागरिकले बाँच्ने अधिकार पाउनुपर्ने बताएका छन् । लामाले गत शुक्रबार फेसबुकमा लेखेका छन्, ‘नेपाल हामी सबैको हो, आफ्नो देशमा सबैले बाँच्ने अधिकार हुन्छ ।’
घैँटे मारिएपछि अन्य गुन्डाका नाइकेविरुद्ध समेत उजुरी आउन थालेको महानगरीय अपराध महाशाखा स्रोत बताउँछ । महाशाखाका एक अधिकारी भने घैँटे इन्काउन्टरको एउटा उद्देश्य गुन्डागर्दीमा संलग्नलाई सन्देश पनि भएको बताउँछन् ।
साभार : नयाँ पत्रिका

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !