CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » कलेज जीवनमा कसरी एडजस्ट हुने ?

कलेज जीवनमा कसरी एडजस्ट हुने ?



Image result for college lifeएसएलसी उत्तीर्ण विद्यार्थीहरूले आफ्नो योग्यता, क्षमता एवं रुचिअनुसार उपयुक्त कलेज र विषय छनोट गरिसकेका छन् सँगै सम्पूर्ण विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन् । स्कुले जीवन बिदा भै कलेज जीवनको आगमनले  विद्यार्थीहरूलाई एकातिर हषिर्त तुल्याएको छ भने अर्कातर्फ केही समस्या पनि थपेको छ । स्कुल र कलेजको पढाइमा केही भिन्नता पाइन्छ । त्यसैले कलेज अध्ययनमा केही समस्या आउनु स्वाभाविक हो । १० वर्षसम्म पढेको स्कुल, शिक्षक  तथा साथीभाइलाई छाडेर नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ शिक्षक, नयाँ साथीले सबैलाई केही नौलो अनुभूति
दिन्छन् । 


सहरी क्षेत्रका अंग्रेजी माध्यमबाट पठनपाठन गरी आएका विद्यार्थीलाई नयाँ कलेजमा घुलमिल हुन केही सहज हुन्छ भने ग्रामीण वातावरणमा हुर्किएका, नेपाली माध्यममा अध्ययन गरेका विद्यार्थीलाई कलेज जीवनमा एडजस्ट हुन केही अप्ठ ्यारो हुन्छ । नयाँ कलेजमा प्रवेश गर्दा आइपरेका समस्यालाई विस्तारै समाधानतर्फ लानुपर्छ । कलेज अध्ययनमा परेका समस्यालाई आफू अनुकूल बनाउँदै जानुपर्छ । आफ्नो भविष्यलाई उज्वल बनाइ सफलताको मार्गमा अघि बढ्नेहरूका  निम्ति यतिबेलाको समय अत्यन्तै महत्त्वपूर्ण छ । कलेजको सुरुवातसँगै विभिन्न उतारचढाव आउँछन् । 

किशोर अवस्थाको प्रमुख अवस्था भएकाले मनमा केही नकारात्मक विचार आउनु स्वाभाविक हो । ती नकारात्मक सोचलाई विस्तारै सकारात्मक दिशातर्फ लानुपर्छ । यतिबेला विद्यार्थीहरू लागूपदार्थ दुव्र्यसन तथा खराब कामतर्फ प्रेरित  हुन्छन् । यस्ता क्रियाकलापबाट आफूलाई टाढा राख्नुपर्छ । राम्रो भविष्य निर्माणका निम्ति बेलैमा विचार पुर्‍याउनु आवश्यक पर्छ । 

उपयुक्त साथीको छनौट 

कलेज अध्ययनमा अधिकतम अंक ल्याउन उपयुक्त साथीको छनौट गर्नुपर्छ । असल, बुद्धिमान कर्तव्यनिष्ठ, अध्ययनमा रुचि राख्ने तथा सामाजिक भावना भएको साथी छनौट गर्नुपर्छ । खराब साथीको संगतले खराब आचरणको विकास  हुनुका साथै बिकृतितर्फ उन्मुख भइन्छ फलस्वरूप सफलता हात पार्न सकिँदैन । साथी बनाउँदा मनको भावना बुझ्ने, अध्ययनमा सहयोग गर्ने तथा आफू सहरको साथी बनाउनुपर्छ । असल साथीको छनौटसँगै अध्ययनमा आएका समस्या  छलफल गर्दै अध्ययनलाई निरन्तरता दिनुपर्छ ।

नियमित उपस्थिति तथा गृहकार्य 

कलेज अध्ययनमा कक्षा छोड्नु अहिले प्रमुख समस्या बनेको छ । जसको मारमा विद्यार्थी आफैं परेका छन् । कलेजमा नियमित उपस्थिती नहुनाले अध्ययनमा नकारात्मक प्रभाव पर्छ । सुरुदेखि नै नियमिति रूपमा कक्षामा उपस्थित हुनुपर्छ  साथै दैनिक गृहकार्य गन्र्नुपर्छ । एकदिन क्लास मिस गर्नाले धेरै दिनसम्म पढाइमा हेम्पर हुन्छ । जसको प्रत्यक्ष प्रभाव परीक्षा देखिन्छ । दैनिक गरेको गृहकार्य नोट बनाइ संकलन गर्दै जानुपर्छ ।

स्वअध्ययन 

कलेज जीवनको प्रारम्भसँगै दैनिक स्वअध्ययन गर्नुपर्छ । स्वअध्ययन उच्च अंकको आधारभूत तत्व हो । दैनिक समय विभाजन गरेर सबै विषय अध्ययन गर्नुपर्छ । शिक्षकले पढाएको कुरा घरमा आएर अध्ययन गर्नुपर्छ । पढाइ हुने च्याप्टर  शिक्षकले पढाउनुपूर्व नै अध्ययन गर्नुपर्छ । एकपटक अध्ययन गरेको कुरालाई पटक-पटक स्मरण गर्नुपर्छ । 

प्राक्टिकलमा उपस्थिति 

प्राक्टिकलमा नियमित सहभागी हुनुपर्छ । प्राक्टिकल थ्यौरी जत्तिकै महत्त्वपूर्ण हुन्छ । प्राक्टिकल गर्नाले व्यावहारिक ज्ञान प्राप्त हुन्छ साथै विषय लामो समयसम्म स्मरणमा रहन्छ । प्राक्टिक्लमा थ्यौरीमा नबुझेको कुरा स्पष्ट हुन्छ ।  प्राक्टिकलका निम्ति आवश्यक सामग्रीको पूर्व तयारी गर्नुपर्छ । प्राक्टिकलमा नियमित उपस्थित भए उच्चतम अंक ल्याउन मद्दत पुग्छ । 

अतिरिक्त क्रियाकलाप 

अध्ययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्छ । विद्यार्थीको चौतर्फी विकासका निम्ति अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुन्छ । 

कलेज अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा आफ्नो रुचिअनुसार विभिन्न गेम खेल्नुपर्छ । जसले शारीरिक एवं मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ । यसबाहेक विभिन्न कार्यक्रममा सहभागी हुन सकिन्छ । क्वीज, कविता  वाचन, निबन्ध लेखन, नृत्य प्रतियोगिता आदि कार्यक्रममा सहभागी हुनुपर्छ । यस्ता कार्यक्रमहरू आफैंले पनि आयोजना गर्न सकिन्छ । साथीहरू मिली विभिन्न ठाउँहरू घुम्ने, रमाइलो गर्ने, पिकनिङ जाने आदि काम गर्नुपर्छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis