CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » कारवाही नगरिएका भिआईपी अभियुक्तहरु ... किन भएन सरकार ?

कारवाही नगरिएका भिआईपी अभियुक्तहरु ... किन भएन सरकार ?

800सर्वसाधनरणदेखि ठुला नेताहरुलाई समेत ठगी गरेका सुधीर बस्नेतलाई अदालतले पक्राउ गर्न आदेश दिएको एक वर्ष नाघिसकेको छ । तर, प्रहरीले कुनै चासो दिएको छैन । उनी काठमाडौंमै एक भिआईपीको घरमा लुकेर बस्दै आएको स्रोत बताउछ ।
सहकारी र हाउजीङका नाममा ९ अर्बभन्दा धेरै रकम उठाएर उनले ठगी गरेका थिए । सुरुमा धरौटीमा छुटेका उनलाई पछि सर्वोच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । जीवनभर पसिना बगाएर कमाएको सम्पती
स्वाहा भएपछि सयौं सर्वसाधारणहरुको बिचल्ली भएको छ । तर, बस्नेत भने चैनको जीवनको बाँचिरहेका छन् । उनी प्रहरीकै संरक्षणमा काठमाडौंमा रहेको स्रोत बताउँछ ।
उनी जस्तै अरु धेरै भिआईपी अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न चाहेको छैन । तत्कालिन किष्ट बैंकका सिईओ कमल ज्ञवालीले आफुलाई मात्र बिगारेनन्, बैंकलाई समेत धरासायी बनाए । उनको गल्तीका कारण बैंकका अन्य कर्मचारी थुनामा परे । तर ज्ञवाली कहिल्यै थुनामा बस्नु परेन । पक्राउ गर्ने सूचना पहिले नै प्रहरीबाट पाएपछि उनी भारतमा आराम साथ बस्दै आएका छन् ।
बैंकमा भ्रष्टाचार गरेको रकम खर्च गरी पुनरावेदन अदालतमा मुद्दा मिलाउने दौडधुपमा उनी लागेको स्रोत बताउँछ । कहिले भारत त कहिले नेपालमा बस्दै आएका ज्ञवालीलाई पनि पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । नेपाल प्रहरीले बैंकिङ कसुरका धेरै अभियुक्तहरुलाई भारतबाट पक्राउ गरेर ल्याएको छ । प्रहरीले पक्राउ गर्ने इच्छा नदेखाएकै कारण ज्ञवालीलाई मुद्दा मिलाउन सहज भएको छ ।
त्यस्तै संकटको समयमा जनतालाई ठग्ने केएल दुगड ग्रुपका दुई कर्मचारी यतिबेला जेल चलान भएका छन् । तर मालिकहरु भने भारतमा मस्तीसाथ बसेका छन् ।
किसनलाल दुगड र उनका तीन छोरा तथा उच्च कर्मचारीलाई समेत काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिंह थापाले मुद्दा दायर गरेका थिए । भारतको नाकाबन्दीपछि खानेतेलमा उनीहरुले तेब्बर मूल्य लिएर जनता ठगेका थिए । उक्त मुद्दा पनि ठूला वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मिलाउने चलखेल भइरहेको छ । अदालतमा उपस्थित हुँदा जेल पठाउने सम्भावना रहेकाले दुगडहरु यतिबेला आफ्नो पक्षमा छिटो फैसला गराउने खेलमा लागेका छन् । प्रहरीले पनि दुगडका मालिकलाई पक्राउ गर्न टोली परिचालन गरेको छैन । यसैबाट बुझिन्छ, प्रहरी र अभियुक्तबीचको साँठगाँठ ।
कानुनलाई सबैलाई समान छैन भन्ने कुरा यी घटनाले पुष्टि गर्दछ । सोर्सफोर्स नभएका व्यक्तिहरु गल्ती नै नगरेपनि प्रहरीमा फस्ने गरेका छन् । तर, हाइप्रोफाइल अपराधीहरु भने सधैं उम्कने गरेका छन् । पैसावालमात्र होइन राजनीतिक पार्टीमा आबद्धहरु पनि सधैं उम्कने गरेका छन् । माओवादीका बालकृष्ण ढुङगेल, कालि बहादुर खाम फौजदारी मुद्दामा दोषि ठहर भएका नेता हुन् । उनीहरुलाई पक्राउ नगर्न प्रहरी नेतृत्वले मातहतलाई निर्देशन दिइसकेको छ ।
आर्थिक अपराधमै पनि एनबी गु्रपका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठ विभिन्न प्रकरणमा अनुसन्धानमा तानिएपनि उनीहरुलाई प्रहरीलेअहिलेसम्म पक्राउ गरेको छैन ।

साभार  दृष्टि साप्ताहिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis