CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » यातायात व्यवस्था कार्यालयमा दलालले यसरी नचाउँछन् हाकिम

यातायात व्यवस्था कार्यालयमा दलालले यसरी नचाउँछन् हाकिम

Image result for yatayat karyalaya ekantakunaकाठमाडौं । स्याङ्जाका अच्युत हमाल मोटरसाइकल चालक अनुमतिपत्र लिन २०७२ चैत २४ गते बुधबार यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर गए । ६ बजेदेखि नै चालक अनुमतिपत्र, सवारी दर्ता, नवीकरण लगायतका सेवाका लागि भीडमभीड हुने यातायात व्यवस्था कार्यालयमा १० बजेतिर उनी पुग्दा यातायात व्यवस्था कार्यालयले वितरण गर्ने टोकन बाँडिसकिसकेको थियो । यातायात व्यवस्था कार्यालयले हरेक दिन ३०० मात्र टोकन बाँड्ने गरेको छ ।
जतिसक्दो छिटो चालक अनुमतिपत्र बनाउने दबाबमा रहेका हमालले विकल्पबारे सोचिनसक्दै उनी उभिइरहेकै ठाउँमा आएर एक अपरिचितले
सोधे– ‘तपाईंको केही थियो कि ?’ उनीसंग यसरी नजिकिएर सोध्ने व्यक्ति त्यहीभित्रका दलाल भएको थाहा नपाउँदै उनले आफ्नो समस्या सुनाए । ती दलालले पनि उनको समस्या समाधानको सूत्र सुझाए– १००० रुपैयाँ दिए काम अहिल्यै हुन्छ । हमाललाई दलालको सुझाव भोकाएको मानिसलाई खाना भेटाए जस्तै थियो । उनले दलालले सुझाए जस्तै एक हजार रुपैयाँ बुझाए र मोटरसाइकल चालक अनुमतिपत्रका लागि उसै दिन आवेदन फर्म भरे, चोर बाटो हँुदै ।
एक विज्ञापन एजेन्सीमा काम गर्ने धादिङका मधु रेग्मीलाई कार्यालय प्रयोजनका लागि मोटरसाइकल अत्यावश्यक थियो । त्यसैले उनलाई कार्यालयले मोटरसाइकल दिएको थियो । कार्यालयले मोटरसाइकल त उपलब्ध गराएको थियो, तर उनीसंग चालक अनुमतिपत्र थिएन । चालक अनुमतिपत्र नभएपछि उनले पटक–पटक त्यसका लागि प्रयास पनि गरेका थिए । तर, उनी यातायात व्यवस्था कार्यालयले लिने प्रयोगात्मक परीक्षामै दुई पटकसम्म अनुत्तीर्ण भए । चालक अनुमतिपत्र लिने सपना पूरा हुन नसकेपछि ट्राफिकसंग छेलिएर हिंड्दा–हिंड्दै हैरान भएका उनलाई कसैले सुझायो– दलाललाई एक हातले पैसा बुझाउने र अर्को हातले लाइसेन्स लिने । उनले साथीको सल्लाह माने र दलाललाई १० हजार बुझाएर चोर बाटो हँुदै लाइसेन्स निकाले ।
काभ्रेका सोम तामाङले आफूले किनेको गाडी बिक्री गरेपछि त्यसको नामसारी गर्नुपर्ने भयो । त्यसको नामसारी गर्नका लागि उनी यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी बागमतीको कार्यालय, एकान्तकुना गए । उनीसंग सम्पूर्ण कागजपत्र भएकाले यो काम त्यति कठीन थिएन पनि । तर, उनलाई अनेक बाहना बनाएर यातायातका कर्मचारीले झुलाए । केही नलागेपछि सजिलै हुने कामका लागि पनि यातायातकै कार्यालयका कर्मचारीलाई उनले केही दक्षिणा बुझाएर काम फत्ते गरे । ‘मेरो सबै कागजात थियो, तैपनि अनेक बाहना बनाएर झुलाइयो,’ २०७२ चैत २५ गते बिहीबार यातायात व्यवस्था कार्यालयमा भेटिएका उनले दु:खेसो गरे, ‘सजिलै हुने काममा पनि अनावश्यक रुपमा पैसा खुवाउनु पर्‍यो ।’
माथिका तीन उदाहरण त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय मातहत सञ्चालित यातायात व्यवस्था कार्यालयको प्रतिनिधि उदाहरण मात्रै हो । यातायात व्यवस्था कार्यालय व्यवस्थित रुपमा सञ्चालन नहुादा यो अड्डा सेवाग्राहीका लागि सास्ती खेप्ने र दलाल र यातायातका कर्मचारीका लागि लुटधन्दा चलाउने गतिलो थलो बन्दै आइरहेको छ ।
दलालको बिगबिगी
सरकारी कार्यालयको काम सरकारी कर्मचारीबाट हुनुपर्ने हो । सरकारको तलब खाएपछि सरकारी कर्मचारीको दायित्वमा पनि यो पर्न आउँछ । तर, यातायात व्यवस्था कार्यालयमा भने कहीँ नभएको दृश्य देख्ने गरिएको छ । यहाँ कार्यालयका कर्मचारी भन्दा पनि बाहिरी दलालहरू बढी सक्रिय हुने गरेका छन् । यस्ता दलालहरू यातायात व्यवस्था कार्यालय वरपरका दोकानदेखि लिएर कार्यालयको गेट र कार्यालयका हरेक चोटा कोठामा भेटिन्छन् । कार्यालयका हाकिम र अन्य कर्मचारीभन्दा बढी सक्रिय भएर काम गरिरहेका हुन्छन् ।
यातायात व्यवस्था कार्यालयको स्थलगत रिपोर्टिङका लागि चैत २०७२ चैत २६ बिहीबार यो प्रतिनिधि पुग्दा गेटमा एक महिला दलाल उभ्भिरहेकी थिइन् । चालक अनुमतिपत्रका लागि एक सेवाग्राही गेटमै आएपछि ती दलाल महिलाले पहिले सोधी खोजिन गरिन्, के कामका लागि आएको भनेर । ती सेवाग्राहीले चालक अनुमतिपत्रका लागि फर्म भर्न आएको बताएपछि उनले बिहीबारका लागि फर्म बन्द भएकाले बढी पैसा तिरे मात्र काम हुने बताइन् । ती महिला भन्दै थिइन, ‘आज फर्म बन्द भइसक्यो । बिहान ६ बजे नै आएको भए हुन्थ्यो । अब बढी पैसा लाग्छ , गर्ने हो १ हजार रुपैयाँ लाग्छ, ?’
यातयात व्यवस्था कार्यालय पुग्ने जो कोहीका लागि यस्ता संवाद सामान्य हुन् । यो कार्यालयको गेट नपुग्दैदेखि सुरु हुने दलालको खेतीपाती कार्यालयभित्रैका चोटाकोठा बिनारोकटोक फैलिएका छन् । अवैध रुपमा दलालहरूले काम गरिरहे पनि उनीहरूलाई कसैले रोक्न सकेका छैनन् । सेवाग्राहीसंग अवैध रुपमा रकम असुलेर दलालहरूले सरकारी अड्डाभित्रै कमाउधन्दा चलाइरहेका छन् ।
हाकिमसम्म दलालको सेटिङ
यसरी यातायात व्यवस्था कार्यालयमा हुने दलालहरूको धन्दालाई कार्यालयका पियनदेखि हाकिम तिलकप्रसाद पौडेलसम्मले मलजल गर्ने गरेका छन् । दलालहरूले हाकिम पौडेलसंग सेटिङ मिलाएर सेवाग्राही पठाइदिने र हाकिमले उनीहरूको काम चोर बाटो हुँदै गरिदिने गरेका छन् । ‘मैले त्यो लाइसेन्सको काम मिलाउनका लागि त्यो हाकिमलाई भनेको छु,’ एक दलाल महिला यातायात व्यवस्था कार्यालयको गेटमा एक सेवाग्राहीलाई सुझाउँदै थिइन्, ‘तपाईं हाकिमलाई गएर भेट्नु, तत्काल काम हुन्छ ।’ स्रोतका अनुसार, दलालहरूसंग हाकिमहरूले सेटिङ मिलाएर मिलेर अवैध रुपमा सेवाग्राहीबाट खुलेआम रकम असुल्ने गरेका छन् । ‘हामीले मात्रै यो पैसा लिने होइन, हाकिमसम्मको चित्त बुझाउनु पर्छ,’ एक दलाल यातायात व्यवस्था कार्यालयमा एक सेवाग्राहीले रकम घटाउन गरेको आग्रह इन्कार गर्दै भन्दै थिए, ‘सबैको चित्त बुझाउनु परेकाले यसबाट मिलाउन सकिंदैन ।’
कार्यालय नै चलाउँछन् दलालले
यातायात व्यवस्था कार्यालयको चारैतिर दलाल र विचौलियाबाट सावधान हुन भन्दै सूचना टाँस गरिएको छ । यसो हेर्दा दलाल निषेधित क्षेत्र जस्तो अनुभूति पहिलो पटक पुग्नेलाई हुन्छ । तर यहाँको भित्रि वास्तविक पाटो भने बिल्कुलै फरक छ ।
अधिकांश सरकारी कार्यालय कर्मचारीले नै चलाउने गरेका छन् । तर, यातायात व्यवस्था कार्यालयको चलन भने अलि भिन्न र नयाँ छ । दलाल र बिचौलियालाई प्रवेश निषेध र मुक्त क्षेत्र भनेर सूचना टाँस गरिएको भएपनि यो कार्यालय हाकिम र कर्मचारीले कम र दलालहरूले बढी चलाउँछन् । कर्मचारीभन्दा दलाल बढी सक्रिय हुन्छन् ।
आश्चर्य लाग्ने कुरा के छ भने यातायात व्यवस्था कार्यालयका अधिकांश फाँटको काम दलाल नै बसेर गरिरहेका हुन्छन् । विशेष गरेर सवारी दर्ता, नवीकरण, नामसारी गर्ने कार्यालयमा दलालहरू निस्फिक्री कर्मचारी जस्तै गरी काम गरिरहेका भेटिन्छन् ।
‘हाकिमहरूसंग कुरा मिलाएर दलालहरूले आफ्नो स्वार्थ अनुसार आफैं सक्रिय भएर काम गर्छन,’ यातायात व्यवस्था कार्यालयका एक तल्लो तहका कर्मचारीले भने, ‘उनीहरूले कर्मचारीजस्तै गरी काम गरे पनि कसैले केही भन्ने गरेका छैनन ।’ ती कर्मचारीका अनुसार, यसरी फाँटमा काम गर्नेमा गाडी कम्पनीका कर्मचारीहरू बढिरहेका छन् । ‘यो कार्यालय त दलालको पन्जामा पो रहेछ,’ नुवाकोटका पारु सुनार भन्दै थिइन, ‘सरकारी कार्यालयमा यसरी खुलेआम रुपमा दलालको बिगबिगी भएको अन्यत्र कतै देखेको थिइनँ ।’
घुस खान बाहना नै बाहना
यातायात व्यवस्था कार्यालयमा अनियमित तरिकाले उत्तिकै आर्थिक चलखेल समेत हुने गरेको गुनासो सेवाग्राहीबाट सुन्ने गरिएको छ । कतिसम्म भने पैसा खान कार्यालयका कर्मचारीले अनेक बाहना बनाउने गरेका छन् । हुने र सम्भव हुने काममा पनि हलो अड्काएर अनेक झमेला निकाल्ने र पैसा झार्ने गरेको गुनासो सेवाग्राहीको छ । ‘वैधानिक तरिकाले हुने काममा पनि यो भएन र उभएन भन्दै अल्झाइने गरिँदो रहेछ,’ एक सेवाग्राही भन्दै थिए, ‘छिटो र झन्झटबाट मुक्त हुनका लागि पनि केही पैसा दिनुपर्‍यो । स्रोतका अनुसार, यातायात व्यवस्था कार्यालयको साना/ ठूला सवारी बागमतीमा यसरी खुलेआम रुपमा सेवाग्राहीबाट अनुचित तरिकाले रकम असुल्ने गरिएको छ ।
नियमसंगत सेवाग्राही मर्कामा
दलाललाई रकम दिएर काम लिने सेवाग्राहीका कारण नियमसंगत ढंगले सेवा लिन चाहने सेवाग्राही भने मारमा पर्दै आइरहेका छन् । नियमसंगत ढंगले काम लिन चाहने सेवाग्राहीले सास्ती भोग्दै आए पनि उनीहरूको गुनासो कसैले सुन्ने गरेका छैनन् ।
उता, कार्यालयका कामहरू नियमसंगत ढंगले कम र पैसाको बलले बढी हुने हँुदा कार्यालय निकै अव्यवस्थथित हुने गरेको छ । कतिसम्मभने अधिकांश कार्यालयका फाँटहरूका जात्रा जस्तो मानिसहरूको भीड लाग्ने गरेको छ । भीडका कारण सेवाग्राहीले समयमा सेवा लिन नसक्ने भए पनि कार्यालयले यसतर्फ ध्यान नदिएको सेवाग्राहीको गुनासो छ ।
अझै पनि सेटिङमा लाइसेन्स
सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयले विभिन्न खाले परीक्षा लिने गरेको भएतापनि अझै पनि अवैध तरिकाले अनुत्तीर्ण भएकाहरूलाई पनि लाइसेन्स दिने गरिएको छ । स्रोतका अनुसार, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूको मिलेमतोमा लाइसेन्स दिने गरिएको हो । अवैध रुपमा लाइसेन्स दिन दलालहरूले खुलेआम रुपमा यातायात व्यवस्था कार्यालयमा पुगेका सेवाग्राहीहरूसंग बार्गेनिङ गर्नुले पनि यो कुराको पुष्टि हुन्छ । दलालहरूले मोटरसाइकलको लाइसेन्स लिन ८ हजारदेखि २० हजार र ठूला साना गाडीको चालक अनुमति पत्र लिन १० हजारदेखि २५ हजारसम्म उठाउने गरेका छन् ।

साभार : साँघु 
Share this article :

1 comment:

  1. नमस्ते
    यो सामान्य जनताको जानकारी हो कि रोमन क्याथोलिक ईसाई संगठनले आर्थिक सहायताको रूपमा मानिसहरूलाई सहयोग पुर्याउने सहायताको लागि आर्थिक अवसर खोल्यो। त्यसैले यदि तपाईं आर्थिक कठिनाइहरू हुँदै हुनुहुन्छ भने तपाईं कुनै पनि वित्तीय समस्यामा हुनुहुन्छ, र तपाईंलाई पैसा चाहिन्छ आफ्नो आफ्नै व्यवसाय सुरु गर्न, वा तपाईं कम ब्याज दर संग आफ्नो छनौट को लामो र छोटो अवधि संग, आफ्नो बिल तिर्न को लागी छ। व्यक्ति र कम्पनीहरूको लागि 2% प्रति वार्षिक। हामीलाई ई-मेल ठेगानाबाट सम्पर्क गर्नुहोस्। (रोम 11:10) बाइबल भन्छ (लूका 11:10) सबैजनाको लागि जुन प्राप्त हुन्छ सोध्छ; जो खोज्छ; र जो दस्तक पार्छ, ढोका खोलिनेछ। त्यसैले यस अवसरलाई सम्झनुहोस् किनभने येशू नै कल र आजको लागि हो। कृपया यो गम्भीर दिमागको लागी हो र परमेश्वरले मान्छेलाई डराउनुदेखि रोमन क्याथोलिक क्रिश्चियन संगठनबाट हाम्रो ईमानदार अभिवाद प्राप्त गर्नुहोला, आज हामीलाई यस इमेल मार्फत सम्पर्क गर्नुहोस्: (रोमन्याङ्ककोल 1 9 .gmail.com)

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis