CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » फेसबुकले लियो चलचित्रकै ज्यान

फेसबुकले लियो चलचित्रकै ज्यान

काठमाडौं। आफूले निर्माण गरेको चलचित्रले राम्रो व्यापार गर्न नसकेपछि एक निर्माताले चलचित्र बनाउने कार्यलाई अपराधकर्म भएको टिप्पणी गरेका छन्। चलचित्र बनाउनु अपराधकर्म भएको टिप्पणी गर्ने निर्माता हुन्, सुनिलकुमार थापा। विशेषगरी आफ्नी श्रीमती झरना थापालाई नायिका बनाएर चलचित्र निर्माण गर्ने सुनिलले फेसबुक नचलेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। गत भदौ २२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फेसबुकले अपेक्षित व्यापार मात्र होइन, प्रतिक्रिया र समीक्षा पनि राम्रो पाएन। फेसबुकलाई महत्वाकांक्षी चलचित्र भनी घोषणा गरेका सुनिलले दर्शकले आफ्नो चलचित्र नहेरिदिएपछि आइन्दा नेपाली चलचित्र नबनाउने घोषणा गरेका छन्। 
धर्मसंकट, गोर्खाली, तक्दिरलगायतका चलचित्र निर्माण गरेका सुनिलले फेसबुकको निर्देशनको जिम्मा सुरज सुब्बालाई दिएका थिए। सोही कारण उनले नेपालमा मात्र नपुगेर सिंगापुर गएर चलचित्रको सुटिङ गरे। पैसा पानी बगाए जसरी बगाइदिए, तर
चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन। सुनिलले आफ्नो चलचित्र फेसबुक नचल्नुमा नेपाली चलचित्र क्षेत्रमा हुने गरेको राजनीतिलाई दोष दिएका छन्। एउटा निर्मातालाई अर्कोले खुट्टा तान्ने प्रवृत्ति भएकाले आफ्नो चलचित्रले असफलता पाएको उनले दाबी गरेका छन्। तर यथार्थ त्यस्तो नभएको बताइन्छ। किनभने फेसबुकले राजधानीमा पर्याप्त हल नै पाउन सकेन। सुनिलले कम्ती दुई दर्जन हलमा फेसबुक चलाउने लक्ष्य राखेका थिए। तर हलवालहरू तयार भएनन्। मुस्किलले फेसबुकले आधा दर्जन हल पायो। फेसबुकभन्दा धेरै र राम्रा हल पुरानो चलचित्र सिन्दूरले पायो। सोही कारण सुनिलले नेपाली चलचित्र क्षेत्रमा अर्कालाई सिध्याउने मानिसको हाबी भएको भन्दै सुनिलले चलचित्र बनाउनु महापाप भएको टिप्पणी गरेका हुन्। चलचित्र बनाउन छाडेर उनी अब चाइनिज सामान व्यापारमै क्रियाशील हुने उनी निकट स्रोतले जनाएको छ। फेसबुकबाट सुनिललाई कम्तीमा पनि ४० लाख रुपैयाँ घाटा लाग्ने बताइन्छ। चलचित्र बनाउन छाडे पनि उनकी श्रीमती झरना थापाले भने अरुका चलचित्रमा अभिनय गर्न छाड्ने छैनन्। 

-- तरुण 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis