CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बेलायती युवराज्ञीको 'टपलेस' तस्बिर फ्रेन्च पत्रिकाले छाप्यो

बेलायती युवराज्ञीको 'टपलेस' तस्बिर फ्रेन्च पत्रिकाले छाप्यो

topless kate
लन्डन, भाद्र २९ - बेलायती राजपरिवार फेरि एकपटक विवादमा आएको छ ।
राजकुमार हृयारीको नांगो तस्बिर सार्वजनिक भएको केही समयपछि नै युवराज्ञी केट मिडलटनको 'टपलेस' तस्बिर सार्वजनिक भएको हो । फ्रेन्च म्यागेजिन 'क्लोजर'ले शुक्रबार केटको 'टपलेस' तस्बिर छापेपछि पूरै बेलायतमा हंगामा मच्चिएको छ ।
एजेन्सीहरुले जनाएअनुसार उक्त तस्बिर बेलायती महारानीका भतिजा लर्ड लिनलेको फ्रान्सस्थित महलमा छुट्टी मनाउनेक्रममा खिचिएको हो । म्यागेजिनमा राजकुमार विलियम र केटको तस्बिर चार पेजमा समेटिएको छ । कुनै तस्बिरम केट पूरै टपलेस छिन् ।
विलियम र केट अहिले एसिया भ्रमणकाक्रममा सिंगापुर हुँदै मलेसिया आएका छन् । बेलायती राजपरिवारले विलियम र केटको निजी जीवनको तस्बिर छापेको भन्दै असन्तुष्टि पोखेको स्रोतलाई उद्धृत गर्दै द सनले जनाएको छ । औपचारिक प्रतिक्रिया भने राजपरिवारले सार्वजनिक गरेको छैन ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis