CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » छिर्के हान्ने खेल

छिर्के हान्ने खेल


एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष बाबुराम भट्टराईबीचको सम्बन्ध पेचिलो भइसकेछ (प्रचण्डको नाकमा दम, १४ माघ)। उनीहरू त राजनीतिक रूपमा पार्टीभित्र एकअर्कालाई छिर्के हान्ने र 'डाउन साइजिङ्' गर्ने खेलमा रहेछन्। त्यसो त कुनै पनि कम्युनिस्ट पार्टीभित्र व्यक्तित्वको टकराव स्वाभाविक मानिन्छ। तर, बदलाको भाव नै लिएर आफ्ना तानाबाना बुन्ने काम हुनु स्वयं दल र राजनीतिका लागि घातक कुरा हो। 

बाबुरामलाई प्रधानमन्त्री पदले बलियो र शक्तिशाली बनाएको देखियो। खासगरी राजनीतिक अन्योल र संवैधानिक रत्तिmताका कारण उनी आफूलाई प्रचण्डको चाहनाविपरीत पनि शक्ति र सत्तामा राख्न सफल भए। उनलाई विदेशी शक्तिले पनि साथ दिइरहे। त्यसैले बलिया बाबुरामले प्रचण्डलाई छेउ पार्न सके। यसको मतलब पार्टीभित्र बाबुराम समूह प्रभावशाली छ भन्ने होइन। कुनै दिन यस्तो पनि आउनेछ, प्रचण्डले पनि पार्टीभित्रैबाट बाबुरामको सेखी झार्नेछन्। 

- हिक्मत केसी 

दोहा, कतार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis