२०६९,माघ १५, सोमबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले प्रधानमन्त्रीको गाडीमाथि कैलालीमा ढुंगामुढा भएको, महान्यायाधीवक्ताले सर्वोच्च पुगेर जवाफ दिएको, फिल्म बधशालालाई रक्षा मन्त्रालयले रोक्ने आदेश दिएको लगायतका खवरलाई प्राथमिकता दिएका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले सरकारले संचारगृहहरुलाई खुसी पार्ने योजनास्वरुप अनुदान दिन लागेको खवर छापेको छ भने कान्तिपुर दैनिकले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालय इतिहासकै जम्बो भएको खवर छापेको छ । नागरिक दैनिकले नेपाली पासपोर्टको किर्ते काममा भारतीय अगाडी रहेको र शिक्षण अस्पतालमा पुगेका बिरामीको दलाली गरि निजी शिक्षण अस्पतालमा पुर्याउने गरिएको खवर छापेको छ .