CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कलिउडलाई खिल्ली उडाउने ?

कलिउडलाई खिल्ली उडाउने ?

काठमाडौं। केही समययता नेपाली चलचित्र क्षेत्रमा चलचित्र निर्माण र निर्देशन गर्नेभन्दा पनि अरुले कस्ता चलचित्र बनाए, त्यसमा के कमजोरी रह्यो भन्दै चलचित्र बनाउनेहरूको खिल्ली उडाउने परम्परा सुरु भएको छ। यसकै मारमा दुई साताअघि रिलिज भएको एउटा चलचित्र पनि  
परेको छ। कुरा हो चलचित्र कलिउडको। चलचित्रको प्रिमियर भएदेखि नै सो चलचित्रबारे आलोचना सुरु भएको छ। चलचित्रका निर्देशक नवराज आचार्य हुन्। जो केही समयअघिसम्म कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाउँथे। उनले कान्तिपुर टेलिभिजनबाट
प्रसारण हुने टेलिफिल्म घरबेटी बाको निर्देशन पनि गरेका थिए। अमेरिकी डिभी परेपछि कान्तिपुर टेलिभिजनबाट राजीनामा दिएका नवराजले ठूलै हल्लाखल्ला गरेर कलिउड चलचित्र बनाए। सो चलचित्रमा एनआरएन विष्णु कार्कीको पनि लगानी रहेको छ। कार्की चलचित्रका मुख्य पात्र पनि हुन्। 
तर कलिउड सिनेमा हलमा लाग्न नपाउँदै निर्देशक नवराजको यसरी खिल्ली उडाइयो कि उनले अब फेरि नेपाली चलचित्रको निर्देशन गर्छन् कि गर्दैनन् भन्नेमै प्रश्न उठेको छ। चलचित्रकर्मीहरूले विकास बोर्ड परिसरमा गरिरहेको अनशनमा कलिउडको खिल्ली उडाइएको हो। यसरी खिल्ली उडाउनेमा निर्देशक नरेश पौड्याल, विमल पौडेल, एमएस अग्रज, नवल खड्कालगायत रहेको स्रोतले बतायो। 'भाइले निकै मह140वाकांक्षी शीर्षक चयन गरेछ। नेपाली चलचित्र उद्योगमा के कस्ता प्रवृत्ति छन् भन्ने कुरा भाइलाई थाहै रहनेछ, पहिलोपटक चलचित्र निर्देशन गर्नेले यस्तो विषयमा हात हाल्नै हुन्नथ्यो,' निर्देशक नरेश पौड्यालले भनेका थिए। उनले नवराज आचार्यसँग चलचित्रको शीर्षक छनोट र कलाकारलाई सोअनुरूप खेलाउन नसकेको भन्दै तीव्र आलोचना गरेका थिए। 
कलिउडमा नेपाली चलचित्र क्षेत्रमा भइरहेका विकृति, विसंगति र खासगरी नायिकाहरूमाथि हुने यौनशोषण र श्रमशोषणलाई मुख्य कथावस्तु बनाइएको छ। नायिकाहरूले सुरुमा चलचित्र क्षेत्रमा आउन कस्तो संघर्ष गर्नुपर्छ र निर्मातासँग नसुतेसम्म नायिका बन्नै नपाउने दृश्य कलिउडमा राखिएपछि त्यसलाई लिएर पनि निर्देशक नवराजलाई हाँसोको पात्र बनाइएको थियो। 'त्यसो भए चलचित्रकी नायिका प्रियंका कार्कीले पनि कलिउडका निर्मातासँग यौनशोषण भोग्नुपर्‍यो होला हैन' भन्दै नवराजलाई मजाकको पात्र बनाइएको थियो।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis