CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जाली नोट र ठगीमा पूर्व सभासद्

जाली नोट र ठगीमा पूर्व सभासद्

  
काठमाडौं। राजनीतिक खोल आढेर एकपछि अर्को अपराध गर्दै मधेशमा आतंक मच्चाउँदै आइरहेका पूर्व राज्यमन्त्री तथा पूर्व सभासद सञ्जय शाह (टक्ला)को अर्को वितण्डाको खुलासा भएको प्रहरीले श्रोतले जानकारी दिएको छ। हत्या, अपहरण, लुटपाट  गायतका अपराधमा संलग्न शाहले अहिले प्रहरीलाई ठगेर फरार भएका छन्। 
कवाडी सामानको ठेक्कापट्टा गर्दै आफ्नो ठेक्काको कामलाई फैलाएका शाहले नेपाल प्रहरीको राशनको ठेक्का गत वर्ष आफ्नो पोल्टामा पारेका थिए। राजनैतिक र धम्कीकै आडमा सो ठेक्का हात पारेका शाह अहिले ठेक्का पूरा नगरी एकाएक फरार भएपछि
नेपाल प्रहरीमा खैलाबैला मच्चिएको छ। तीन महिनाको रासन उपलब्ध नगराई ठेकेदार भागेपछि नेपाल प्रहरी समस्यामा परेको छ। ठेकेदारले बेईमानी गरेको भन्दै नेपाल प्रहरीले ठेकेदार सञ्जय शाहको बैंक धरौटीबाट रकम धरौटी गरेर प्रहरीलाई रासन बाँडिरहेको छ।   
राजनीतिक आडमा सञ्जय शाहले विगतमा पनि यस्ता ठगी नगरेका भने होइनन्। भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुँदा उनको झूठो सम्पत्ति विवरण बुझाएकोले सम्पत्ति सद्धिकरण आयोगले उनकेा सम्पत्तिको खोजविन गर्ने क्रममा छ। त्यसैगरी यस्ता विविध अपराधिक घटनाको र राज्यमन्त्री हँुदा कमाएको अकुत सम्पत्तिको नालीबेली जनकपुरकै एक व्यक्तिले अख्यिारमा उजुरी दिएपछि उनको यो अकुत सम्पत्ति लगायतमा छानविन हुने भएको छ। हत्या, अपहरण, ठगी, धम्की लगायतका अपराधिक क्रियाकलापबाट अकुत सम्पक्ति कुम्ल्याएका सञ्जय शाह सरकारी कार्यालयका कर्मचारीलाई धम्की र त्रासमा पारी ठेक्कापट्टा लिने र कामै नगरी रकम समेत भुक्तानी लिने गरेका छन्। प्रहरीको रासन ठेक्कामा पनि शाहले धम्कीकै आडमा रकम भुक्तानी गर्ने प्लान फेल भएपछि उनी अहिले फरार छन्।   
विभिन्न अपराधिक घटनामा प्रत्यक्ष संलग्न सञ्जय शाह रातो पासपोर्ट दुरुपयोग काण्डमा समेत परेका पूर्व सभासद् हुन्। तर पनि राजनैतिक आडमा उनी उम्किदै आएका छन्। नक्कली भारतीय नोट ओासरपसार समेतमा समेत उनी संलग्न रहेको श्रोतले बतायो। प्रहरीका सोतका अनुसार निज सञ्जय शाहले पुसदेखि रासन ठेक्का नबुझाएका कारण निजको धरौटी रकमबाट कटौती गरेर रासन ठेक्का दिनु परेका कारण निकै अप्ठ्यारो परेको प्रहरीको उच्च श्रोतले जानकारी गरायो। त्यसैगरी भारतीय नक्कली नोटको ओसारपसारमा लागेको आरोप लागेपछि प्रहरीबाट टाढिएको श्रोतले बतायो। 
 
फागुन १० , रोड मेप 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis