प्रतिभावान् गायक कुल पोखरेलको असामयिक मृत्युको कारण लागूऔषधको अधिक सेवन थियो। कुल समकालीन पुस्तामा संगीतका राम्रा ज्ञातामध्येका एक थिए। उनले छोटो समयमै संगीतमा केही प्रयोग पनि गरेका थिए। 'बोलाउँदा खेरि बोल्दिनौ' जस्ता केही चर्चित गीत दिइसकेका कुल किशोरवयमै दुव्र्यसनको फन्दामा परेका थिए।
नेपाली चलचित्र र संगीत क्षेत्रमा हाल कार्यरत एउटा ठूलै समूह लागूऔषधको दुव्र्यसनमा संलग्न रहेको लागूऔषध नियन्त्रण ब्युरोको अनुसन्धानबाट पत्ता लागेको छ। स्रोतका अनुसार केही नायक-नायिका, गायक-गायिका तथा मोडलहरू कुलतमा फसिसकेको पाइएको छ। पयार् प्त प्रमाणका आधारमा उनीहरूमाथि पनि कानुनी कारबाही गर्ने तयारी भैरहेको बताइन्छ।
केही महिनाअघि एक चलचित्रको छायांकनका क्रममा निर्देशकसहित कलाकारहरूको डफ्फाले गाँजा, खैरो हेरोइन लिने गरेको थाहा पाइयो। कुनै पनि काम गर्नुपूर्व मुड बनाउन तान्नैपर्ने बाध्यता उनीहरूको थियो। यसले युनिटमै कुलतले डेरा जमाएको प्रस्ट हुन्छ। अचम्म त के भने नसाको समयमा गरेको काम राम्रो नभएपछि त्यसलाई फेरि दोहोर्याउनुपरेको थियो।
नेपाली सिने तथा गायन क्षेत्रका स्कान्डल एक्कासि बज्रपातझैं संचारमाध्यममा प्रकाशन प्रसारण हुने गरेका छन्। चलचित्रक्षेत्रकै एक विज्ञका अनुसार नेपाली नायिकाहरू चुरोट सेवन गर्न पुरुषहरूलाई माथ दिन थालेका छन्। त्यतिमात्र होइन, यसअघि नै एउटा अर्को विवादमा परिसकेकी एक नायिका त लागूऔषधको प्रयोगमा पनि उत्तिकै अभ्यस्त छिन्। जानकारहरूका अनुसार उनको समाचार सार्वजनिक भए समाज फेरि तरंगित हुनेछ।
स्टारडमको खोजीमा स्टार सेलिब्रेटीहरू किन एडिक्सनको बाटो रोज्छन् ? यी घटना विवरणहरूले ग्लामर इन्डस्ट्रीको यो कालो पक्षलाई देखाउँछन्। सेलिब्रेटी आवरणमा जति राम्र्रा र आकर्षक लाग्छन्, उनीहरूको भित्री पक्ष बिलकुल फरक हुनसक्छ भन्ने कुरा सुगम प्रकरणले प्रस्ट पारिदिएको छ। यहाँ सुगम वा अन्य सेलिब्रेटी खराब हुन्छन् भन्न खोजिएको पक्कै होइन, उनीहरूका धेरै कुरा राम्रा छन्, उनीहरूको प्रतिभाको कदर जनताले गरिसकेका छन् तर पनि किन उनीहरू नराम्रो भन्ने जान्दाजान्दै कुलतलाई घप्लक्क अँगाल्न उद्यत् हुन्छन् भन्ने मात्र हो। कुलतलाई केही समय वा वर्ष लुकाउन सकिएला, तर सधैं त्यो सम्भव छैन, एक दिन परिणति नकारात्मक बन्ने निश्चित छ।
सुगम पोखरेल युवा पुस्ताका निम्ति आइकन थिए। सुगम समातिएकै दिन उक्त समाचारका विषयमा साप्ताहिकसँग कुराकानी गर्दै डा. भोला रिजाल भन्दै थिए- 'समाचार सुनेर म आश्चर्यचकित भएँ, सुगमको यो पक्षका बारेमा म अनभिज्ञ थिएँ, तर उनलाई त्यो बाटोबाट फर्काउन यो समाचार आउनु आवश्यक थियो। आशा छ, उनी चाँडै नै कुलतबाट मुक्त हुनेछन्।' सुगम प्रकरणमा उनीसँग निकट रहेका गीतकार भूपेन्द्र खड्कादेखि अन्य कलाकर्मी तथा सञ्चारकर्मीहरू समेत स्तब्ध भएको टिप्पणी फेसबुक वालमा देखियो र सबैले कामना गरे- उनी ड्रग एडिक्सनको बाटो छोडेर नेपाली संगीतका राम्रा सर्जकका रूपमा र्फकनेछन्।
कलाकारहरू किन ड्रग्सको कुलतमा जान्छन् त ? विज्ञहरूका अनुसार यसका पछाडि मुख्य तीनवटा कारण छन्। पहिलो पश्चिमी समाजको प्रभाव, लागूऔषध दुव्र्यसनमा फसेका बब मार्लीदेखि माइकल ज्याक्सनसम्मका विश्वविख्यात सेलिब्रेटी कलाकारबाट प्रभावित भएर त्यही जीवनशैली अँगाल्ने प्रयास, दोस्रो तथाकथित फ्रस्टेसन, एक समय चर्चित एवं व्यस्त कलाकर्ममा रहेको, आर्थिक उपार्जन पनि राम्रो भएको, केही समयपछि आफू नचलेको अनुभूति गरेर निराश हुने र तेस्रो संगत, साथीभाइहरूको जमघटका क्रममा तिनै साथीभाइको लहलहैमा चुरोट, गाँजा हुँदै खैरो हेरोइनसम्म प्रयोग गर्ने। खल्तीमा पैसा भएपछि अझ उत्साहित भएर कुलतमा फस्दै जाने। नेपाली परिवेशमा देखिएका ड्रग्स युजर कलाकारहरूमाथि अनुसन्धान गरिरहेको निकायले निकालेको प्रारम्भिक प्रतिवेदन हो यो।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको प्रारम्भिक अनुसन्धानमा प्रति १ सय दुव्र्यसनीमध्ये १ जना कलाकार छन्। पूर्ण अनुसन्धानपछि यो संख्या अझ बढ्न सक्छ। संगीत, चलचित्र, फेसन तथा मोडलिङ क्षेत्रमा कार्यरतहरूले समूहगत रूपमै लागूऔषध दुव्र्यसनलाई अँगालेको बताइन्छ। काठमाडौंका विशेष अखडाहरूमा उनीहरूको जमघट हुने गरेको छ। 'प्रारम्भ चुरोटबाटै हुन्छ' अहिले चलचित्रमा व्यस्त रहेकी एक चुलबुले नायिकाले केही समयअघि अनौपचारिक कुराकानीका क्रममा भनेकी थिइन्- 'अहिले गाँजासम्म पुगिएको छ, खोइ छोड्न सक्दिन होला जस्तो पो लाग्न थाल्यौं।'
नेपाली समाजमा पेसागत रूपमा अनेकन क्षेत्रका व्यक्ति लागूपदार्थको दुव्र्यसनमा रहेको लागूऔषध नियन्त्रण ब्युरोका डिआइजी केदार साउदले बताए। सामान्यतः लागूपदार्थ प्रयोग गर्ने युवा-विद्यार्थी मात्र हुन्छन् भन्ने मान्यताविपरीत यसमा पेसागत क्षेत्रका मानिसहरूको संख्या बढ्दो छ। डिआइजी साउदका अनुसार सुरक्षाकर्मी, इन्जिनियर, व्यवसायी, कलाकार, पत्रकार तथा ब्युरोक्राट्सहरू पनि लागूऔषध दुव्र्यसनी भएको पाइएको छ। ब्युरोले समाजका विभिन्न क्षेत्र, कारबाहीमा परेका दुव्र्यसनी, कारागारमा रहेका दुव्र्यसनी तथा पुनस्र्थापना केन्द्रहरूमा अनुसन्धान गरेको छ। ब्युरोक्रेट्स, व्यापारी, कृषक, मजदुरका सन्तान क्रमशः लागूपदार्थको दुव्र्यसनमा बढी फसेका पाइन्छन्।
लागूपदार्थ दुव्र्यसनको प्रयोगमा सांगीतिक ब्यान्डका कलाकारहरू पनि उत्तिकै फसेका छन्। कतिपयले सांगीतिक ब्यान्डको जन्मसँगै कुलतको पनि प्रारम्भ गरेका छन्, एक चर्चित रेडियोकर्मीका अनुसार पछि कतिपयले त्यो बाटो गलत भएको बुझेर छोड्छन्। कुनै बेला विराटनगरबाट सांगीतिक करियर सुरु गरेको एउटा समूहका संगीतकर्मी गाँजा, भाङ धतुरोको सबैको लत छोडेर अहिले असल कलाकारका रूपमा स्थापित छन् भने धरानको एउटा समूह स्थापित भैसकेपछि कुलतको सिकार बनेको छ। गायक राजेश पायल राई कुलतबाट टाढिएका कलाकारका राम्रा उदाहरण हुन्। राई आफ्नै प्रयासमा अहिले त्यो क्षेत्रबाट धेरै टाढा पुगिसकेका छन्।
नेपाली कलाकारहरूको बाँच्ने आधार भनेको कलाकारिता नै हो। स्थापित भैसकेका केही कलाकारको राम्रो कमाइ भए पनि अधिकांश मध्यमस्तरको जीवनशैलीमा छन्। डिआइजी साउदका अनुसार एक डोज हेरोइनको मूल्य ५ सय देखि १ हजारसम्म पर्छ। लागूऔषधको लत बसे महिनामा कम्तीमा ३० हजार रुपैयाँ खर्च हुन्छ। उक्त आर्थिक व्ययभार खेप्न कुनै दिन कलाकारले पनि अन्य दुव्र्यसनीझैं थप अपराध गर्ने समाचार सुन्नु नपरे हुन्थ्यो।
कलाकार सर्जक हुन्, लागूपदार्थको लत बसेको खण्डमा उनीहरूले राम्रो काम गर्न सक्दैनन्, अथवा दुव्र्यसनी भैसकेपछि उनीहरूको सिजर् नात्मक क्षमतामै ह्रास आउँछ। नेपाली कलाक्षेत्रलाई राम्रोसँग बुझेका ती रेडियोकर्मीका अनुसार नेपालका तीन दर्जनजति कलाकार दुव्र्यसनको गलत बाटोमा छन्। उनीहरूलाई बेलैमा त्यो मार्गबाट नफर्काए अझ भयावह समाचार सुन्नुपर्ने निश्चित छ।
कलाकार समाजका आदर्श मानिन्छन्, उनीहरू रोल मोडल पनि हुन्। उनीहरूलाई सेलिब्रेटी मानेर चासो दिने समाजले गलत बाटोमा लागेको थाहा पाउँदा उत्तिकै छिटो बहिष्कार पनि गर्छ। सुगमका निकटस्थहरू पनि अहिले उनको फ्यान फलोइङमा कमी आउँछ कि भनेर चिन्तित छन्। जतिसक्दो चाँडो सुगम र यसको कुलतमा फसेका अन्य कलाकारहरूले सार्वजनिक माफी मागेर लागूपदार्थ विरुद्धको अभियान सक्रिय हुनु राम्रो देखिन्छ। कुलतका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर पनि उत्तिकै छ। उनीहरू असमयमै देहत्याग गर्न बाध्य हुन्छन्। अन्तराष्ट्रिय रूपमै चर्चित तर कुलतमा फसेका सेलिब्रेटीहरूले अल्पायुमै मृत्युवरण गरेका उदाहरण प्रशस्तै छन्।
टार्गेटमा सेलिब्रेटी
ड्रग एडिक्सनको लहर फैलाउन सेलिब्रेटीलाई टार्गेट गरिन्छ। सेलिब्रेटी लागूपदार्थ दुव्र्यसनी भएको अवस्थामा उनीहरूलाई रोल मोडल मान्ने जनतालाई पनि फसाउन सकिन्छ भन्ने बुझेरै ड्रग्स माफियाहरूले सेलिब्रेटीहरूलाई प्रयोग गर्ने गरेका हुन्। माइकल ज्याक्सन, बब मार्ली, जोन लेलन, जिम मोरिसिन, जिमी हेनरिकलाई डग्स विश्वव्यापी रूपमै फैलाउन प्रयोग गरिएको विज्ञहरूको भनाइ छ। 'सेलिब्रेटी र विद्यार्थीमार्फत ड्रग्स फैलाउने रणनीति हो,' पुनस्र्थापना केन्द्र नार्कोनन नेपालका राष्ट्रिय प्रमुख वसन्त कुँवर भन्छन्- 'युरोप-अमेरिकाका गायकहरूले ड्रग्सको प्रवर्द्धनका लागि गीत गाउनु, उनीहरू त्यसको प्रयोगकर्ता हुनुले पनि धेरै कुरा प्रस्ट पारेको छ।'
माफियाहरूले रणनीतिबमोजिम खासगरी गायन क्षेत्रका कलाकारलाई प्रयोग गरे पनि त्यसको दुःखद् परिणाम भने सेलिब्रेटीले नै भोग्दै आएका छन्। माइकल ज्याक्सनसँग नाम थियो, दाम थियो र उनी विश्वकै नम्बर वान सेलिब्रेटी थिए, उनलाई प्रेम गर्नेहरू अर्बौंको संख्यामा थिए, तर माइकल पनि यस्तो कुलतमा फसिसकेका थिए, जसले उनलाई मृत्युवरण नै गरायो। सबै कुरा हुँदाहुँदै पनि उनलाई कसैले बचाउन सकेन। ७० को दशकमा हिप्पीहरूले गाँजा खाने अखडाका रूपमा काठमाडौंलाई प्रयोग गरेको बेला देवआनन्दको चलचित्र हरेराम हरेकृष्ण छायांकन भएको थियो, जसको गीत दम मारो दममा लागूऔषध खान उस्काइएको दृश्य राखिएको थियो। हाम्रो देशमा पनि सिने क्षेत्रका भन्दा गायन क्षेत्रका धेरै सेलिब्रेटी लागूऔषध दुव्र्यसनमा फसेका छन्। उनीहरू वास्तवमा टार्गेटेड थिए र अहिले पनि प्रयोग भैरहेका छन्।
सुरुमा ख्वाउने, तीन साता नियमित ख्वाउन सिकाएपछि उसलाई मूल्य तोकेर किन्न लगाउने, ऊसँग पैसा सकिएपछि अन्य तीन जनालाई सिकाउन प्रयोग गर्ने रणनीतिलाई ड्रग्स माफियाहरूले प्रयोग गर्छन्। आर्थिक रूपमा नेपाली कलाकारहरूले राम्रैसँग ड्रग्सको मूल्य तिरेका छन्। चल्तीका गायक सुगम आदिले ड्रग्स खान थुप्रै रकम सिध्याएको प्रहरीको भनाइ छ। 'उनीहरूलाई अब अरु तीन-तीन जनालाई सिकाउन प्रयोग गर्न थालिएको थियो,' नार्कोननका प्रमुख कुँवरले भने- 'हामीले कलाकारहरूलाई बचाउने हो भने सुगमलाई झैं अरूलाई पनि सार्वजनिक गरेर पुर्नस्थापना केन्द्र पुर्याउने व्यवस्था मिलाउनुपर्छ।'
कलाकारहरू भावनात्मक अझ भनौं सेन्टिमेन्टल स्वभावका हुने भएकाले पनि उनीहरू सहजै कुलतको सिकार बन्ने विज्ञहरूको तर्क छ। नसालु पदार्थ लिए डिप कन्सन्ट्रेसन बढ्छ, काम गर्न मज्जा हुन्छ, अझ राम्रो परिणाम हासिल गर्न सकिन्छ भनेर भ्रम सिर्जना गरिने भएकाले पनि कुलततर्फ जान उत्प्रेरणा मिल्छ। सिनेमा, संगीत वा अन्य कुनै क्षेत्रको विशेशज्ञ भए पनि उनीहरू ड्रग्सका बारेमा जानकार नहुनु नै फस्ने कारण बन्ने कुँवरको भनाइ छ। यदि ड्रग्स एडिक्सनका बारेमा जानकार छ भने उसले त्यो बाटो रोज्नै सक्दैन। कुँवर भन्छन्-'सेलिब्रेटीलाई ड्रग्स एजुकेसन दिन आवश्यक भैसकेको छ, संगीत र कलासम्बन्धी काम गर्ने संस्थाहरूले कार्यक्रम आयोजना गरे हामी निःशुल्क परामर्श दिन तयार छौं।'
एउटा महत्वपूर्ण कुरा के भने सेलिब्रेटीले जति छिटो नाम कमाएर चर्चा बटुलेका हुन्छन्, त्यति नै उनीहरूलाई बदनामीले पनि पछ्याइरहेको हुन्छ।
दरबार हत्याकाण्ड ड्रग्सको कारण
केही समयअघि पूर्वयुवराज पारस शाह ड्रग्स सेवन र कारोबारमा संलग्न रहेको भन्दै थाइल्यान्डमा पक्राउ परे। पारस अहिले पनि उक्त मुद्दा खेपिरहेका छन्। गम्भीर प्रकृतिको मुद्दा भएकाले उनलाई थाइल्यान्ड बाहिर निस्कन दिइएको छैन। नेपालको राजदरबारमा हुर्किएको पछिल्लो पुस्ता पनि ड्रग्सको कुलतमा फसेको थियो। सेनाको गुल्म र प्रहरीको टुकडीले सुरक्षा घेराभित्र राखेको नेपालको राजदरबार सखाप पार्न ड्रग्सलाई नै अख्तियार गरिएको कुँवरको भनाइ छ। 'कालो पदार्थ' को चर्चा त सबैले सुनेकै पनि हो। युवराज दीपेन्द्र पनि लागूपदार्थ सेवनकर्ता थिए भन्ने धेरै कुराले पुष्टि गरेको पनि हो। अन्य राजनैतिक कारण भए पनि कुलतको सनकका भरमा सम्पूर्ण परिवारको जघन्य हत्या भएको थियो।
टुन्न कलाकार
धेरैलाई थाहा छ, अभिनेता भुवन केसी 'चेन स्मोकर' हुन्। अभिनेतामा उनी जति पुराना हुन्, एउटा हातमा मोबाइल र अर्को हातमा चुरोटको बट्टा बोक्ने उनको 'स्टाइल' पनि त्यत्तिकै पुरानो हो। उनी कसैसँग चुरोट सल्काउन लाइटर वा सलाई पनि माग्दैनन्। उनको खल्तीमा जहिले पनि एउटा राम्रो ब्रान्डको लाइटर हुन्छ। दैनिक एक बट्टा चुरोट (२० खिल्ली) सल्काएर सर्को तानिरहनुलाई नायक केसीले आफ्नो स्टाइल मान्लान्। धूम्रपानको नराम्रो कुलतमा परिरहेको जानकारी पनि उनलाई छ, तर बट्टाबाट चुरोटको खिल्ली झिकेर सल्काउने आफ्नो 'कुलत स्टाइल' उनी सम्भवतः छाड्दैनन। अभिनेता केसी मात्र होइन, खलपात्र भएर पर्दामा आइरहने 'राते काइँला' अर्थात सुनिल थापाको कथा पनि उस्तै छ। सुनिल थापालाई मुम्बईमा रहदाँ नै धूम्रपान गर्ने लत लागेको हो। रक्सीको लत नलागे पनि साँझ परेपछि दुई पेग चढाउन उनी प्रायः छाड्दैनन्। रक्सी र चुरोटको सेवन गर्नु कुलत हुन् भन्ने उनलाई जानकारी छ, तर लतले कुलतको रूप लिएपछि उनी छाड्न नसक्ने अवस्थामा छन्।
चलचित्र तथा संगीत कलाकारहरूमा अधिकांश चुरोट तथा रक्सी सेवन गर्छन्। पुरुष कलाकारहरू खुलेआम रक्सी तथा चुरोटको नसामा भे टिन्छन् भने महिला कलाकारहरूमा भने केही चुरोट तथा रक्सीका अम्मली भैसकेका छन्। उनीहरू खुलास्थानमा पिउँदैनन्, लुकेर साथीभाइको जमघटमा
मात्र पिउँछन्।
संगीत समूहमा पनि विशेषगरी रक ब्यान्डहरूमा लागूऔषध सेवन गर्ने कलाकारहरू भएको एक अध्ययनले जनाएको छ। यहाँसम्म कि नाम कहलिएका केही ब्यान्डका कलाकारहरू गाँजा वा रक्सीको सेवन नगरी मञ्चमा गीत प्रस्तुत गर्न उनी उक्लिदैनन्। 'मुखबाट ह्वास्स गन्ध आउने गरी मञ्चमा पुग्छन् र ओर्लिएपछि फेरि टुन्न हुन खोज्छन्,' -एक इभेन्ट म्यानेजरले भने।
एउटी नाम कहलिएकी गायिका पारिवारिक कलहका कारण मन हल्का पार्न हरेक साँझ रक्सीले मातेको अवस्थामा भेटिन्थिन्। विदेशमा होस् वा स्वदेशमा उनका हरेक साँझ मात्तिने गरेका थिए। त्यसो त एक चर्चित आधुनिक गीतकी गायिकाले पनि निकै मदिरा पिउने गरेको बताइन्छ। त्यो कुरा हल्ला मात्र हो कि सत्यता त्यसको पुष्टि भएको छैन।
चलचित्र कलाकारहरूमा पनि लागूऔषधले जरो गाढ्दैछ। कलाकारहरू आफ्नो स्टारडमका कारण सार्वजनिक स्थानहरू जस्तो कि रेस्टुराँ, हो टल वा पार्टी, समारोहरूमा कम पिउँछन् वा पिउँदै पिउँदैनन्, तर घर वा निकटम साथीभाइहरूसँगको ग्यादरिङमा भने उनीहरू टिल्ल भएको पाइन्छ। एक जना म्युजिक भिडियोका छायाँकार त्यतिबेला छक्क परे जब एउटी उदीयमान नायिकाले काठमाडौंबाहिर भएको म्युजिक भिडियोको छायांकनपछिको जमघटमा पिउने गरेको छैन भनिन्। छायाँकारले उनी पियक्कड भएको सुन्दै आएका रहेछन्। त्यो जमघटमा उनले नपिएपछि हेर्याहेर्यै भएका ती छायाँकारले भोलिपल्ट थाहा पाए कि ती नायिकाले राती आफू सुतेको कोठामा वेटरसँग २ सय ५० एमएलको बोतल मगाएकी थिइन्।
कलाकारहरूको जमघटमा रक्सी र चुरोट नभै नहुने जिनिस भएको छ। त्यसमा पनि पत्रकार सम्मेलनमा पत्रकारहरूलाई ख्वाउने बहानामा आफैं टिल्ल पर्ने कलाकारहरू पनि नदेखिएका होइनन्। 'मापसे जाँचले गर्दा भने अहिले पिउने-पिलाउने वातावरणमा कमी आएको छ। नत्र फिल्मलाइनका ट्याङ्करहरूलाई कसले सक्थ्यो र ?'-एक चलचित्रकर्मीले भने। गत वर्षको जाडोको बिहानै चलचित्र क्षेत्रका एक निर्माण नियन्त्रक दरबार मार्गमा मृत अवस्थामा लडिरहेका भेटिए। अनुसन्धानपछि थाहा भयो- अत्याधिक मदिरा सेवनका कारण लडेको ठाउँबाट उठन नसकेका उनको रातभरिको चिसोमा कठयांगि्रएर मृत्यु भएको रहेछ। कलाकारहरूमा केहीलाई अत्यधिक मदिरा तथा चुरोटको सेवनका कारण हुने पेटको अल्सर र मुटु, उच्चरक्तचाप तथा कलेजोको समस्या छ। शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन डा. विकास दलीका अनुसार विगतमा अत्यधिक मद्यपान, धूम्रपानजस्ता कुलतमा रहेकाहरूमा कुलतबाट मुक्ति पाइसकेपछिको समयमा पनि पेटको अल्सर र मुटु, उच्चरक्तचाप तथा कलेजोको समस्या देखिन्छ।
जो कुलतमा छैनन्
केही समयअघि राजेश हमाल एउटा फिल्मी पार्टीमा देखिए। उनको हातमा भरिएको बियरको मग थियो। आ-आफ्नो हातमा भएको पेयपदार्थ लिएर महानायक हमालसँग चियर्स गर्न आउनेहरू निकै थिए। उनी पनि आफ्नो स्टाइलबाट 'चियर्स' गरिदिन्थे, तर आफूले चुस्कीचाहिँ लगाएनन्। पछि कारण सोधियो। उनले सँगैको मेचमुनि रहेका अरू चारवटा बियरका भरी मग देखाउँदै भने- साथीभाइले सोध्दै नसोधी ल्याइदिनुहुन्छ, म सहर्ष लिन्छु, तर पिउदिनँ। अबचाहिँ यो मग लिइरहन्छु, आउनुहुनेसँग गीलास ठोक्याएर चियर्स पनि गरिदिन्छु। अहिले म फकर् ने बेलामा यो मग पनि त्यहीँ मेचमुनि राख्छु र जान्छु।' हमाल यदाकदा पिउँछन्, त्यो पनि वाइन मात्र। चुरोट वा खैनीको बानी उनले बसाले का छैनन्। धूम्रपान गर्नुलाई उनी राम्रो मान्दैनन् र यस विषयमा १० मिनेटसम्म लेक्चर पनि दिन सक्छन्।
र्याप गायक निर्णय श्रेष्ठ अर्थात् निर्णय डा. एनएसकेका प्रशंसकहरूमध्ये केही लागूपदार्थको कुलतमा फसेका पनि छन्। उनी कुलतमा लाग्नु भनेको जीवन बर्बाद पार्नु हो भन्ने मान्यता राख्छन्। वास्तवमा उनले अहिलेसम्म रक्सी र चुरोट चाखेका पनि छैनन्। निर्णय भन्छन्- 'त्यो चीज खराब हो भन्ने थाहा पाउँदा-पाउँदै त्यसको सेवन गर्नुलाई म मुर्खता मान्छु।' अर्का र्याप गायक तथा सञ्चारकर्मी सुदिन पोखरेल अर्थात् डीए -६९ ले पनि कहिल्यै रक्सी चुरोटको सेवन गरेनन्। हाल अस्ट्रेलियामा रहेका विराटनगरका सुदिन सुगम पोखरेलका बालसखा पनि हुन्। यस्ता कलाकार अरू पनि धेरै छन्।
समाजमा कुनै क्षेत्र छैन, जसलाई लागूऔषधले नछोएको होस्
केदार साउद, डिआइजी, लागूऔषध नियन्त्रण ब्युरो
लागूऔषधको कुलतमा फसेका कलाकारहरू खोज्नुभएको रहेछ नि ?
लागूऔषध नियन्त्रण ब्युरो लागूऔषधसम्बन्धी कानुन पालना गराउने, कानुनअन्तर्गत लागूऔषध सेवन र कारोबार गर्ने अपराधीहरूलाई कारबाही गर्ने निकाय भएकाले कलाकार मात्र होइन, लागूऔषधमा संलग्न सबै पेसा र क्षेत्रका व्यक्तिहरूका बारेमा अनुसन्धान गरिरहेका छौं। ब्युरोको प्रारम्भिक अनुसन्धानमा १ प्रतिशत कलाकारको संलग्नता रहेको पाइएको छ। हालै मात्र गायक सुगम पोखरेललाई कानुनबमोजिम कारबाही चलाएका थियौं, यदि अरू कुनै कलाकार पनि संलग्न छन् भने कारबाहीको दायरामा तानिनेछन्, जसका लागि गम्भीर अनुसन्धान सुरु भैसकेको छ।
ब्युरोको अनुसन्धानले लागूऔषध/लागूपदार्थ सेवन गर्नेहरूको कस्तो विवरण प्राप्त भएको छ ?
अचम्मको विवरण पाएका छौं, मर्यादित पेसामा रहनुपर्ने कलाकार, शिक्षक, सुरक्षाकर्मी, इन्जिनियर, खेलाडी आदि धेरै क्षेत्रमा दुव्र्यसनीहरू पाइएका छन्। समाजको यस्तो कुनै क्षेत्र छैन, जसलाई लागूऔषधले नछोएको होस्।
अनुसन्धान प्रक्रिया कसरी सञ्चालन गर्नुभएको थियो ?
लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेका, कारागारमा रहेका लागूऔषधसम्बधी अपराधी, लागूऔषध मुक्त गराउने पुनस्र्थापना केन्द्र, यससम्बन्धी काम गरिरहेका संघ-संस्थाहरू, कलेजका शिक्षक-शिक्षिका, अभिभावक, नागरिक समाजसँगको प्रत्यक्ष अन्तरक्रिया र अनुसन्धानमा यो विवरण प्राप्त भएको हो। प्रतिशत तल माथि छ, तर लागूपदार्थको जालोले सबैलाई जकडेको छ। प्राप्त विवरणका आधारमा हामी कारबाही चलाउँदैछौं, धेरै व्यक्ति तानिनेवाला छन्।
लागूऔषधमा कलाकारहरूको संलग्नताका बारेमा के भन्नुहुन्छ ?
कलाकारहरू आवश्यकभन्दा बढी नै सेन्टिमेन्टल हुने भएर हो कि दुव्र्यसनमा फसेको ? तर यसो भन्दैमा सेन्टिमेन्टल जति सबै संलग्न हुनुपर्छ वा छन् भनेर इनकरेज गर्न खोजेको होइन, उनीहरू अतिरिक्त शक्तिको खोजीमा नबुझी लागूपदार्थको सेवनमा हुन्छन् तर यसले उनीहरूमा भएको सिर्जनात्मक क्षमता पनि समाप्त पारिदिन्छ। अरूलाई आनन्द गराउने मनोरन्जन गराउने, अरूको पीडा बिर्साउने, समाजलाई प्रफुल्लित बनाउने काम कलाकारको हो, त्यसका निम्ति उनीहरूले पनि सक्दो मेहनत गर्नुपर्ने हुन्छ, तर सानोतिनो समस्या देखाएर पीडा बिर्सने नाममा दुव्र्यसनमा लाग्नु पक्कै राम्रो होइन।
कलाकार कुलतमा लाग्दाको परिणाम त निकै नराम्रो हुन्छ नि, होइन ?
तपाईं कलाकारमा फोकस हुनुहुन्छ, तर दुव्र्यसनमा फसेका सबैका निम्ति परिणाम खराब हुन्छ। यसले शरिरमा पार्ने खराब असर, कमजोर स्वास्थ्य, परिवारमा आर्थिक समस्या, समाजमा बेइज्जतजस्ता कुरा लागूपदार्थ दुव्र्यसनी हुनेबित्तिकै जोडिएर आउने कुरा हुन्। कलाकारको सन्दर्भमा उनीहरूलाई सबैले मर्यादित ढंगले हेर्छन्। कलाकार गलत बाटोमा जाँदा नराम्रो म्यासेज जान्छ। उनीहरू त लागूऔषध नियन्त्रणविरुद्ध जनचेतना फैलाउने क्रियाकलापमा संलग्न हुनुपर्छ। ख उनीहरू विदेश जान वञ्चित हुन्छन्। अझ विदेशमा पक्राउ परेको अवस्थामा मुलुककै बेइज्जत हुन्छ, अन्य कलाकारका निम्ति पनि त्यो घातक हुन्छ।
कारबाहीमा कलाकारहरूलाई छुट हुन्छ कि ?
लागूऔषध सेवन र कारोबार जघन्य अपराध हो। कानुनले कलाकार भन्दैन, जघन्य अपराध गर्नेलाई छुट हुनै सक्दैन। विदेशका कतिपय राष्ट्रमा मृत्युदण्डको सजाय छ। हाम्रोमा लागूपदार्थ सेवनमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ भने लागूपदार्थको कारोबारमा संलग्न हुनेलाई २० वर्ष सम्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ। लागूऔषधमा संलग्न भएकाहरूलाई बचाउने हो भने उनीहरूलाई कानुनी कारबाही गर्नैपर्छ।
दुव्र्यसनबाट बचौं र बचाऔं
ड्रग्स भन्नाले हरेक किसिमका लठ्याउने वस्तु बुझिन्छ, जसको प्रयोगबाट व्यक्ति वास्तविक अवस्थाभन्दा फरक देखिन्छ र व्यवहारमा पनि परिवर्तन आउन थाल्छ। हाल संसारमा झन्डै १७ करोड व्यक्ति ड्रग्सको दुव्र्यसनी भैसकेका छन् र उक्त संख्या गुणात्मक ढंगले बढ्दै गैरहेको छ। नेपालमा पनि करिब २ लाख व्यक्ति यो समस्यामा परिसकेका छन् र तीमध्ये ८० प्रतिशतले कक्षा ७ देखि १०+२ (अर्थात् १३-१९ वर्ष उमेर) भित्रै ड्रग्सको सेवन प्रारम्भ गरेको पाइन्छ। करिब ४० हजार महिला पनि यसको सिकार भैसकेका छन्।
शंका गर्नुपर्ने अवस्थाहरू
बेलुका अबेरसम्म नसुत्ने, बिहान अबेरसम्म नउठ्ने।
पढाइ/जागिरमा गयल हुने वा असफल हुने।
एक्लै बस्न रुचाउने/परिवारसँग घुलमिल नगर्ने।
तौल घट्ने/दुब्लाउने, पैसाको माग बढी गर्ने, नपाए तोडफोड गर्न बेर नलगाउने।
मौलिक व्यवहार/चरित्रमा परिवर्तन आउने वा कुनै किसिमको जिम्मेवारी लिन नचाहने।
माथि उल्लेखित गतिविधिहरू देखिएमा पिसाब परीक्षण गराई यकिन गर्न सकिन्छ।
सुव्रत आचार्य, विदुर खतिवडा, ईकान्तिपुर