क्वालालम्पुर (मलेसिया), फाल्गुन ११ - पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको छ । उपचारका क्रममा थाइल्याण्डको बैंककस्थित अस्पतालमा शुक्रबार बिहान बिहीबारको तुलनामा अत्यन्तै नाजुक रहेको
अस्पताल स्रोतलाई उदृत गर्दै त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ ।
गत मंगलबार राती अचानक हृदयघात भएपछि बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत शाहको स्थिती शुक्रबार बिहान देखि निकै चिन्ताजनक रहेको
त्यहाँस्थित कार्यबहाक राजदुत दोर्णनाथ अर्यालले जानकारी दिए ।
“भर्खरै मलाई अस्पताल स्रोतले दिएको जानकारी अनुसार उहाँको स्वास्थ्य स्तिथी निकै ‘क्रिटिकल’ छ । त्यसबाहेक बाहिर समाचारमा आयोजस्तो कुनै खबर
पाएको छैन” अर्यालले भर्खरै ईकान्तिपुरसित टेलिफोनमा भने ।
करिब दुईबर्षअघि देखि बैंककमा बस्दै आएका ४२ बर्षीय पूर्वयुवराजको स्वास्थ्यअवस्थालाई लिएर सामाजिक संजाल लगायत संचारमाध्यम विभिन्न खबरहरु
प्रवाह भइरहेका छन् । दोस्रोपटक हृदयघातबाट ग्रस्त पारसलाई आइसियुबाट सिसियु कक्षमा सारिसकीएको पनि स्रोतले बतायो ।
हेर्नुस फेसबुक मा भाको हल्लाको को एक अंश
M?$%^ R@#$% (नाम गोप्य )