CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अश्लील चित्र,चलचित्र हेर्ने बानी छुटाउने मनोबैज्ञानिक उपाय

अश्लील चित्र,चलचित्र हेर्ने बानी छुटाउने मनोबैज्ञानिक उपाय

म २५ वषर्ीय अविवाहित युवक हुँ। गलत युवाहरूको संगतले म सानैदेखि अश्लील चलचित्र हेर्ने कुलतमा फसेको छु। मेरो साथीको घरमा  हामी तीन जना दिनमा दुईवटा अश्लील चलचित्र हेथ्यौर्ं। पहिले यो रमाइलोका लागि थियो, अहिले लत बनेको छ। त्यस्तो चलचित्र हेर्नु र त्यही  बेला पटक-पटक हस्तमैथुन गर्ने बानी नै बसिसक्यो।
इन्टरनेटमा पैसा तिरेर भए पनि म दैनिक दुई-तीनवटा अश्लील चलचित्र डाउनलोड  गरेर हेर्न बाध्य हुन्छु। यसबाट मेरो शरीरमा गम्भीर असर पनि देखिन थालेको छ।

यसबाट आजित भएर एकपटक यौन विशेषज्ञलाई भेट्न पनि गएँ। उहाँले अश्लील चलचित्र हेर्न छाड्ने सल्लाह र केही औषधि दिनुभयो। औ षधि खाए पनि त्यस्ता चलचित्र हेर्ने बानी छुटेन। उहाँले मेरो यो समस्यालाई असाध्यै सामान्य समस्या मानिदिनुभयो। कृपया मेरो समस्यालाई  गम्भीरतापूर्वक लिएर यो दुष्चक्रबाट बच्ने उपाय बताइदिनुहुन्छ भन्ने आशा राखेको छु। 

एस., जोरपाटी



जब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता यौन दृश्य एवं चलचित्र साइटहरूको विस्तार तीव्र गतिमा  भएको देखिन्छ। यसको अर्थ त्यस्ता साइट नहुँदा यस विषयमा चासो थिएन भन्ने होइन। इन्टरनेटको विकासले समाजमा हुने यौन  क्रियाकलापका तरिकाहरू अर्को समाजमा छिटो विस्तार भएका छन्। संसारको एउटा कुनामा भएका यौनजन्य क्रियाकलाप अर्को कुनामा द्रुत  गतिमा विस्तार हुनु र यसप्रति चासो राख्नेलाई ज्ञान लिन सजिलो भएको छ। यसलाई स्वाभाविक मान्न सकिन्छ। सेक्स साइटमा जाने र  आफूलाई मन पर्ने दृश्यहरू डाउनलोड गरेर हेर्नेमा तपाईं एक्लो हुनुहुन्न। संसारका वेबसाइटहरूमा सेक्स बारम्बार सफिर्ङ गरिने साइटहरूमा  पर्छ। अध्ययनहरूले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्ने ५ करोड ७० लाख अमेरिकीमध्ये १५ प्रतिशतले यस्ता साइट सर्च गर्ने गरे का छन्। धेरैजसोमा यस्ता साइटको खोजी र हेर्ने प्रवृत्तिले खासै असर गरेको देखिएको छैन। यस्ता साइटले मानिसलाई उत्तेजित गराउँछ।  यसप्रति बढी चासो जान्छ। सामान्य अवस्थामा यो ठूलो कुरा होइन। तपाईंले यसअघि भेट्नुभएका विशेषज्ञहरूले तपाईंलाई सामान्य अवस्था  भएकैले यो सामान्य भन्नु भएको हो। 

तपाईंको कुरा केही गम्भीर छ। तपाईंले यसलाई लत -एडिक्सन) कै रूपमा प्रयोग गरिरहेको बताउनुभएको छ। लत नै पछि गएर कुलतमा  परिणत हुन्छ। यद्यपि लत कुलत हो कि होइन भन्ने कुरा जाँच्ने केही सूत्र छन्। यस्ता क्रियाकलापले तपाईंको दैनिक जीवनमा हानि-नोक्सानी  पुर्‍याएको छ कि छैन त्यसमा ध्यान दिनुपर्छ। यदि पुर्‍याएको छैन भने यसले त्यति नराम्रो गर्दैन। यसले दैनिक कामकाज वा सिर्जनशीलतामा  हानि-नोक्सानी पुर्‍याउन थाल्यो भने यसलाई नराम्रो मान्नुपर्ने हुन्छ। दिनहुँ लामो समयसम्म यस्ता साइटमा जाने र सफिर्ङ गरिरहने, त्यसपछि  हस्तमैथुन गर्ने वा पछि गएर वरिपरि जे पाइन्छ, त्यसमाथि जाइलाग्दा समाजमा विकृति फैलन थाल्छ। यस्ता साइट हेरेर आक्रामक भएका  कतिपयले बलात्कारजस्ता जघन्य अपराध समेत गर्ने गरेका छन्। पछिल्लो समयका अध्ययन-अनुसन्धानहरूअनुसार एकहप्तामा कसैले ११  घण्टा वा त्यसभन्दा बढी समयसम्म इन्टरनेटका सेक्स साइटहरूमा बिताउने गरेका छन् भने तिनलाई मनोवैज्ञानिक समस्या भएको मान्न  सकिन्छ। किनभने लामो समयसम्म सेक्स साइटहरूमा बसिरहँदा त्यसको सीधा असर उसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ।  समाजसँगको सम्बन्ध टुट्न थालिसकेको हुन्छ। कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने  समस्या पैदा भैसकेको हुन्छ। कामको दबाब महसुस हुन थालिसकेको हुन्छ। त्यसबाट गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ। दैनिक  उठबस, हिँडडुल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न भैसकेको हुन्छ। यसका धेरै मनोवैज्ञानिक असर पनि हुन्छन्। बढी  मात्रामा इन्टरनेटका सेक्स साइटहरूमा निर्भर हुदै जाँदा साइबर सेक्सको जोखिमतर्फ मोडिन थाल्छ। केही विज्ञहरूले त आफ्नो सम्बन्ध भन्दा  बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन्। घरमा आफ्नो यौनसाथी छँदा-छँदै इन्टरनेट सेक्स साइटमा  निर्भर हुन थाले त्यसले सम्बन्धमा समस्या पैदा गर्ने बताएका छन। यदि तपाईं दैनिक एक घन्टाभन्दा बढी वा सातामा ११ घन्टाभन्दा बढी  यस्ता साइटमा जानुहुन्छ भने त्योचाहिँ समस्या नै हो। यसका लागि मनोविज्ञसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ। 

यद्यपि मनोविज्ञसँग भेट गर्नुअघि तपाईंले आफ्नो बानी परिवर्तन गर्न सकिन्छ कि भनी केही प्रयास गर्नु उपयुक्त हुन्छ। यसका लागि से क्सबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जनक गतिविधिहरूमा सहभागी हुने बानी बसाल्नु उपयुक्त हुन्छ। जस्तो  युटुब वा गुगलमा आफूलाई मनपर्ने सामग्री हेर्ने वा घरबाहिर साथीहरूसँग निस्कने बानीको विकास गर्नुपर्छ। लामो समय विवाह नगरी बस्ने भन्दा विवाह गरी स्थायी रूपमा यौनसाथीको संगतमा रहँदा पनि यस्ता बानीमा कटौती हुन्छ। यति हुँदाहुँदै पनि तपाईं त्यो लतबाट छुट्न  सक्नुभएन भने एकपटक मनोविज्ञसँग अवश्य सम्पर्क गर्नुहोला।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis