CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अमेरिकी दूतावासको गोप्य दस्तावेजमा गृहमन्त्री घिमिरे

अमेरिकी दूतावासको गोप्य दस्तावेजमा गृहमन्त्री घिमिरे


विकिलिक्समा सार्वजनिक भएका काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली नेताहरुका बारेमा गरेका टिप्पणीहरु पढ्न रोचक हुन्छ। बदलिँदो परिस्थितिमा नेता हैन कर्मचारी सत्तामा आएका छन्। उनीहरुबारे पनि दूतावासले आफ्ना गोप्य दस्तावेजमा उल्लेख गर्ने गरेका रहेछन्। हालका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबारे दूतावासले गरेको टिप्पणी त तपाईँले यो अघिको
ब्लगमा पढ्नु भयो नै होला। नपढेको भए यहाँ छ। विकिलिक्स दस्तावेज खोतल्दै जाँदा एउटा केबलमा वर्तमान गृहमन्त्री तथा परराष्ट्र मन्त्री माधव घिमिरेको नाम पनि उल्लेख रहेछ। के रहेछ त त्यो केबलमा ? पढ्नुस्-

अमेरिकाको काठमाडौँस्थित दूतावासले वासिङटनस्थित विदेश मन्त्रालयमा पठाएको यो केबल पठाउँदा ताका हालका गृहमन्त्री घिमिरे मुख्य सचिव थिए। प्रधानमन्त्री थिए एमाले नेता माधवकुमार नेपाल। परिस्थिति थियो जनरल तोरण जंग बहादुर सिंहको बढुवा विवाद। भैरवनाथ गणको ब्यारेकका कमान्डर थिए तोरण। नेपाल सरकारले उनको बढुवा गर्न लागेका बेला मानवअधिकार हननको आरोप लागेकालाई गर्न हुन्न भन्दै विरोध भइरहेको थियो। यसै मेसोमा आफैले भेट्ने अनुरोध गरी नेपाल सरकारका मुख्य सचिव अमेरिकी दूतावासका चार्ज डे अफेयर्स र्‍यान्डी बेरीलाई भेट्न गएका रहेछन्। भेटेर उनले प्रधानमन्त्रीले उनलाई बढुवा गर्ने अन्तिम निर्णय गरिनसकेको भनेका रहेछन्। तर पछि तोरणको बढुवा भयो।
नेपाल सरकारका मुख्य सचिव जस्तो व्यक्तिले भेट मागी मागी अमेरिकी दूतावासका कर्मचारीलाई भेटेर विवादित जनरलको डिफेन्स गरेको यो गोप्य दस्तावेजले खुलाएको छ। घिमिरेले तोरणविरुद्ध कुनै अपराध र कुनै मानव अधिकार हननको सीधै आरोप पुष्टि हुने प्रमाण नभेटिएको दावी गरेका थिए। उनीविरुद्ध अदालतमा कुनै केस फाइल नभएको पनि उनले बताएका थिए। भैरवनाथ गणमा मानव अधिकार हनन् गर्ने आदेश सीधै दरबारबाट वा प्रधान सेनापतिबाटै आएको हुनसक्ने उनले अमेरिकी दूतावासका कर्मचारीलाई बताएका रहेछन्। चार्ज डे अफेयर्सले पनि मानवअधिकार हनन् गर्नेलाई बढुवा नगर्न अमेरिकी सरकारका तर्फबाट दबाब दिएका रहेछन्।
उतिबेला मुख्य सचिव हुँदा यस्तो गरे पनि अहिले भने उनी आफै यस्तो ठाउँमा पुगेका छन्, उनले अब सचिवहरुलाई विदेशीले आयोजना गरेको भोज र विदेशीलाई भेट्न दिने कि नदिने भनी अनुमति दिनुपर्नेछ।
गृह मन्त्रालयका अधिकारी मातहतका सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु विदेशीको भोजमा जाने प्रवृत्ति बढ्दै गएको र त्यसले एकातिर सुरक्षाका काममा असर परेको र अर्कातिर भोजका नाममा कतिपयको विदेशीसित नाजायज सम्बन्धसमेत हुने गरेको भन्दै गत वर्षबाट त्यस्तो भोजमा जान प्रतिबन्ध लगाइएको छ।
नेपालस्थित कुटनीतिक नियोग र दातृ निकायमा रहेका विदेशीहरु र विदेशबाट केही दिन/समयका लागि नेपाल आएका विदेशीहरुसँग मन्त्रालय र अन्तर्गतका निकायका पदाधिकारीले भेट गर्ने प्रक्रियालाई व्यवस्थित एवं स्पष्ट गर्न वाञ्छनीय भएको भन्दै गृह मन्त्रालयले ‘विदेशीहरुसंग भेट गर्दा पालना गर्नुपर्ने निर्देशिका २०६८’ बनाई लागू गरेको हो। ‘नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका कर्मचारी वैदेशिक नियोग वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वा दातृ संस्थाद्वारा आयोजित कुनै पनि भोजमा वा अन्य कार्यक्रममा सहभागी हुने छैनन्’ निर्देशिकाको दफा ४ छ। गृह सचिव त्यस्ता भोजमा जानुपरेमा वा विदेशी नागरिकलाई भेट्नु परेमा गृह मन्त्रीको अनिवार्य स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था निर्देशिकामा गरिएको छ। तीनवटै सुरक्षा निकायका प्रमुख, कर्मचारी र गृहका अधिकारीहरुलाई आफूभन्दा माथिल्लो निकायको पूर्व स्वीकृतिबिना विदेशी नागरिकसित भेट्नसमेत प्रतिबन्ध लगाइएको छ। थप जानकारी
हेरौँ, केबलमा के छ ?
C O N F I D E N T I A L KATHMANDU 001078
SIPDIS
E.O. 12958: DECL: 01/23/2019
TAGS: PGOV [Internal Governmental Affairs], PHUM [Human Rights], MARR [Military and Defense Arrangements], NP [Nepal]
SUBJECT: NEPAL: PM STILL MULLING PROMOTION OF CONTROVERSIAL
GENERAL
REF: A. KATHMANDU 906
B. KATHMANDU 929
C. KATHMANDU 982
Classified By: Charge d’Affaires, a.i., Randy W. Berry. Reasons 1.4 (b/
d).
¶1. (C) During a November 24 meeting at his request, Chief
Secretary Madhav Ghimire told Charge that Prime Minister
Nepal had not made a final decision to promote General Toran
Jung Bahadur Singh to Lieutenant General, despite press
reports to the contrary. Post had previously expressed
concern about the promotion of Singh (refs A-C), who is
commanded the 10th Brigade at a time when one of its
battalions allegedly committed serious human rights abuses,
including torture of detained Maoists in the Maharajgunj
Barracks and the alleged execution of 49 of the detainees in
the Shiva Puri forest north of Kathmandu.
Investigation Done; No Evidence Against Singh
———————————————
¶2. (C) Ghimire claimed that a committee consisting of the
Secretaries from the Ministry of Home Affairs, the Ministry
of Defense, and the Prime Minister’s office had reviewed
Singh’s case and not found any evidence directly implicating
Singh in any crime or human rights abuse. No court cases had
been filed against Singh. Ghimire suggested that perhaps the
order to commit human rights abuses at Maharajgunj Barracks
came “from the palace” or even the then-Chief of the Army
Staff, “bypasing Singh,” adding that sometimes commanders
“simply have to follow orders.” In this situation, it would
be unfair to deny Singh the promotion. Should evidence later
emerge implicating Singh, then he could be prosecuted.
Charge Outlines U.S. Concerns
—————————–
¶3. (C) Charge said that any credible investigation of the
abuses committed at Maharajgunj Barracks must be complete and
assign proper responsibility. Charge noted that the
promotion of Singh would have a negative impact on the
current government’s image and on the ability of the U.S. to
cooperate with the Nepal Army. The United States assigns
great importance to ending impunity for human rights abuses,
be they attributed to the Nepal Army or Maoists. Any
decision to promote Singh puts the interests of one
individual career over that of the institution.
¶4. (C) Ghimire thanked Charge for his honest assessment. The
Prime Minister values U.S. support and does not want to
“surprise” the United States. As the Prime Minister’s
Foreign Policy Advisor, Rajan Bhattarai, suggested in late
October (ref C), Ghimire said the GON was preparing “four or
five” criminal cases against the perpetrators of the most
egregious human rights abuses, including the Maina Sunuwar
case. Charge said progress on those cases would be welcome,
but that the concerns about General Singh’s promotion would
nonetheless continue.
Comment
——-
¶5. (C) The Prime Minister is clearly under intense pressure
to promote Singh, including perhaps from New Delhi.
Carefully-planned military careers, including the ascension
of Major General Gaurav S.J.B. Rana (reportedly a close ally
of India) to Chief of the Army Staff, turn on the Singh
promotion. Post will continue to stress the negative
implications of the Singh promotion on U.S.-Nepali military
cooperation and press for an independent, credible
investigation of the Maharajgunj incident.
BERRY
ओरिजिनल विकिलिक्स लिङ्कका लागि
By Salokya, on mysansar on  March 15th, 2013 , photo : nepaliblogger
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis