(एजेन्सी)– एक्लै भएको महसुस गरिरहनुभएको छ र डेटमा जान समय छैन ? चिन्ता नगर्नुहोस्, अनलाइन डेटिङ्ग तपाईंको समस्याको समाधान हुनसक्छ । तर, अनलाइन डेटिङ्गको संसारमा घुलमिल हुनुपूर्व यसको चुनौती र समस्याको बारेमा पनि थाहा पाउनु जरुरी छ । यहाँ यस्ता ८
टिप्स दिइएका छन् जसले तपाईंलाई हजारौँ झुटा मानिसहरुमध्ये आफ्ना लागि ठिक मानिस भेट्टाउनु हुनेछ ।
१. फ्रि सर्भिसलाई छोड्दिनुस्ः
अनलाइन डेटिङ्गको संसारमा जाँदै हुनुहुन्छ भने फ्रि सर्भिसेजको अलावा पैसा तिरिएको सर्भिसहरु नै प्रयोग गर्दा राम्रो हुन्छ । यस्तो गर्नुको मुख्य कारण भने, जो मानिसहरु पैसा तिरिएको सर्भिसेजमा लग इन गर्छन् तब तिनिहरु आफ्नो लागि पार्टनर खोज्नको लागि साँच्चिकै सिरियस हुन्छन् । धेरैजसो फ्रि डेटिङ्ग साइटहरुमा टिनएजर्स र विवाहित मानिसहरुले रमाइलो र टाइम पास गर्नको लागि लग इन गरिरहेका हुन्छन् ।
२. वैकल्पिक इमेल आइडिको प्रयोगः
सबै अनलाइन डेटिङ्ग सर्भिसले इमेल आइडि सोध्ने गर्छन् तर तपाईंले यसको लागि छुट्टै इमेल आइडि बनाउँदा नै राम्रो हुन्छ । यसो गर्नाले तपाईंलाई आफ्नो अफिसियल इमेल आइडि, जसमा तपाईं साथीहरु, आफन्त परिवारसँग कुरा गर्नको लागि प्रयोग गर्नुहुन्छ, मा अनलाइन डेटिङ्गका लागि अनगिन्ति अनुरोधहरु आउँदैन र तपाईंको आफ्नो आइडिमा नचाहिने मेलहरुबाट बचाउन सक्नुहुनेछ ।
३. इमान्दार बन्नुहोस्ः
इमान्दारीताको जहिले पनि कदर हुन्छ र यसको कदर अनलाइन डेटिङ्गमा पनि हुन्छ । याद राख्नुहोस्, कुनै पनि सम्बन्धको मुख्य जड भनेको विश्वास नै हो । त्यसकारण, जहिले पनि आफ्नो उचाई, तौल, छालाको रङ्ग, आनी बानी, मनपर्ने र नपर्ने कुराहरुको सहि जानकारी दिनुहोस् ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको भर्खरै खिचिएको आफ्नो तस्बिरलाई प्रोफाइल पिक्चर बनाउनुहोस् । प्रोफाइल पिक्चर नै पहिलो कुरा हो जसलाई मानिसहरुले सबभन्दा पहिले याद राख्ने । यदि कोही मानिसले भेट्न आउँदा फोटोमा देखिएको मानिस नभई अर्कै मानिस हुन आएमा त्यो मानिसलाई उनको बाँकी कुरा पत्याउने कि नपत्याउने भन्ने कुरा सोच्न गाह्रो हुन्छ ।
४. विवाह भइसकेको मानिसहरुसँग सावधान रहनुहोस्ः
यो अनलाइन डेटिङ्गको सबभन्दा अप्ठेरो कुरा हो । आफूलाई मनपरेको महिला वा पुरुष विवाह भइसकेको हो कि होइन भनेर थाहा पाउनु निकै गाह्रो हुन्छ । बिहे भइसकेका महिला वा पुरुषले आफूले विवाह गरेपछि के गुमाइयो त भन्ने कुराको जानकारी लिनको लागि भएपनि अनलाइन डेटिङ्गमा लग इन गर्ने गर्दछन् । गाह्रो भइकन पनि अलिकति टेक्निक लगाइयो भने विवाह गरिसकेका मानिसहरु चिन्न सजिलै छ । विवाह भइसकेका महिला वा पुरुष यस्तो साइटमा बिरलै लग इन गर्ने गर्दछन् । कहिलाकाँही उनीहरु हप्तौँ पछि अनलाइन देखिने गर्दछन् भने कहिलेकाँही रातभरी च्याट गर्ने गर्दछन् । उनीहरु आफ्नो फोन नम्बर दिन हिच्किचाउँछन् किनभने आफ्नो पार्टनरले फोन उठाउँछन् कि भन्ने उनीहरुलाई डर हुन्छ ।
५. आफूलाई व्याख्या गर्ने तस्बिरहरुको प्रयोग गर्नुहोस्ः
अनलाइन डेटिङ्गमा मानिसहरुले आफ्नो सबभन्दा राम्रो तस्बिरहरु राख्ने गर्दछन् । तर, सबभन्दा महत्वपूर्ण भनेको आफूलाई के कुरा मनपर्छ त्यस्तो तस्बिर राख्नु हो । आफूले हाइकिङ्ग गरेको र कुनै रमणीय ठाउँमा घुम्न गएको तस्बिरहरुले तपाईंको के कुरामा मन छ त्यो पुष्टि गरिदिन्छ र जसले तपाईंले अपडेट गर्नुभएको आफ्नो जानकारीहरुलाई पुष्टि गर्छ ।