पछिल्ला केही महिनामा यौनपिपासुका हर्कत, हामी जे सुनिरहेका छौं र देखिरहेका छौं, त्यसको निन्दाका लागि कुनै शब्द पर्याप्त छैन। कति विज्ञप्ति निकाल्नु, कति नारा-जुलुस लगाउनु, कति बैठक र वार्ता गर्नु, कति रुनु-कराउनु र चिच्याउनु, निरीह
भएर कति जम्लाहात गर्नु! घटना प्रतिस्पर्धात्मक शैलीमा सार्वजनिक भइरहेका छन्। हिंसा र विभेदमुक्त सभ्य समाजका लागि लाखौं मानिस अहोरात्र खटिएका छन्। राज्य नपुगेका ठाउ"मा अभियन्ताहरू उपस्थित भएर भनिरहेछन् 'होस् गर्नुस्, पुरुष नामका कतिपय कलंकले बाटो छेक्लान्, फकाउलान्, लछारपछार पार्लान्, बेइज्जत गर्लान्, अस्मिता लुट्लान् त्यतिले नपुगे कुट्लान्, काट्लान् र मार्लान्।'
भएर कति जम्लाहात गर्नु! घटना प्रतिस्पर्धात्मक शैलीमा सार्वजनिक भइरहेका छन्। हिंसा र विभेदमुक्त सभ्य समाजका लागि लाखौं मानिस अहोरात्र खटिएका छन्। राज्य नपुगेका ठाउ"मा अभियन्ताहरू उपस्थित भएर भनिरहेछन् 'होस् गर्नुस्, पुरुष नामका कतिपय कलंकले बाटो छेक्लान्, फकाउलान्, लछारपछार पार्लान्, बेइज्जत गर्लान्, अस्मिता लुट्लान् त्यतिले नपुगे कुट्लान्, काट्लान् र मार्लान्।'
सधैं एउटै बसमा यात्रा नगरी नहुने, एउ टै मन्दिर, एउटै पाठशाला, एउटै बाटो, एउटै चौतारो, एउटै धारा, एउटै जंगल, एउटै हाटबजार, एउटै गाउ"बस्ती, एउटै घर, एउटै बिस्तारा प्रयोग गर्नुपर्ने। अनि कतिखेर, कसरी र कोबाट मात्र बच्ने हो? जीवनपर्यन्त त्राहीमम्, हरे यसरी कति दिन बा"च्ने?
'महिला हिंसा अन्त्य गरौं' यो परम्परागत नारा कति लगाउने। नाराजुलुस विसर्जन गरेर घर पुगिने ठेगान छैन। अरूका छोरीचेलीको इज्जत-आब्रुक पनि आफ्नैै दिदीबहिनी, भान्जी-भतिजी जस्तै हो। एक मिनेटको जबर्जस्तीले उनको पूरै जीवन बर्बाद हुन्छ भनेर कुन पुरुषले बु‰न बा"की होला! त्यो अमूल्य, पवित्र र कोमल, फूल जस्तै देहमाथि बाघले मृगका पाठा आक्रमण गरे जसरी जाइलाग्दा हुने भौतिक र मानसिक क्षतिको परिपूर्ति कहिल्यै हुन सक्दैन भनी कति सम्झाउनु। परिणाम भालुलाई पुराण सुनाए जस्तै भइरहेको छ।
दैनिक पत्रपत्रिकामा प्रकाशित खबर तथा महिला अधिकारवादी संघसंस्थाका प्रतिवेदन हेर्ने हो भने स्थिति थप भयावह र संवेदनशील बन्दै गइरहेको प्रस्ट हुन्छ। तैपनि केही नगरी नहुने छ। उसो भए अब के गर्ने त?
राजनीतिक, सामाजिक, आर्थिक क्षेत्र र पारस्परिक भाइचारा नै तहसनहस हुने गरी राष्ट्र र समाजमा जब पुरुषहरूको थिचोमिचो चल्छ, त्यसलाई ठीक ठाउ"मा ल्याउन महिलाले केही चुनौती, अप्ठ्यारा र निर्णायक कदम चालेका घटना इतिहासमा भेटिन्छ। ग्रिसको एउटा प्राचीन नाटक 'लिसिस्ट्राटा' मा एथेन्स दुई पक्षबीच लामो समय लडाइ" भएको प्रसंग उल्लेख छ। त्यसक्रममा हजारौंले ज्यान गुमाउ"छन्। प्रतिष्ठा र अस्तित्व रक्षाका लागि चलेको यो लडाइ" अन्तहीन हु"दै गएपछि दुबै पक्षका महिलाहरू अगाडि सर्न बाध्य हुन्छन्। अनेक प्रयास गर्दा पनि मर्ने-मार्ने यो खेल रोक्न लोग्नेमान्छेहरू तयार नभएपछि उनीहरूले 'सेक्स स्ट्राइक' गर्ने निधो गर्छन्। जबसम्म युद्ध समाप्त हु"दैन, तब 'क्रस लेग'। अन्त्यमा, हिंसामा नथाकेका ती पुरुष, महिलाको यो अहिंसात्मक आन्दोलनस"ग झुक्दै लडाइ" रोक्न बाध्य हुन्छन्।
अफ्रिकी मुलुक केन्यामा लगभग तीन वर्षअघि र टोगोमा गएको अगस्ट महिनामा गरिएको एक साता लामो 'सेक्स स्ट्राइक' पनि परिणाममुखी र सार्थक भएको समाचार संस्थाहरूले उल्लेख गरेका छन्। केन्यामा राजनीतिक डेडलक चुलिएपछि दस महिला अधिकारवादी गैरसरकारी संस्थाको संयुक्त आह्वानमा एक साता लामो 'सेक्स हड्ताल' गरिएको थियो। यसक्रममा विवाहितले श्रीमान् र अन्यले आफ्ना सेक्स पार्टनरस"ग यौन सम्पर्क नगर्ने प्रण गरेका थिए। हड्तालमा स्वयं बहालवाला राष्ट्रपति र प्रधानमन्त्री पत्नीले पनि खुलेर ऐक्यबद्धता जनाएका थिए। आन्दोलन अवधिभर यौनकर्मीलाई आफ्नो पेसा नचलाउन बरू आवश्यक परे आर्थिक सहयोग माग्न आह्वान गरिएको थियो। महिलाको यो अभियानले लामो समयदेखि केन्यामा अवरुद्ध राजनीतिक अन्योल किनारा लागेको थियो। यता प्रजातान्त्रिक पद्धतिबाट चलेको टोगो प्रकारान्तरमा जहाँनिया शासनमा परिणत भयो। प्रजातन्त्र पुनःर्स्थापनाका लागि भएका प्रयास निस्तेज बन्दै गएपछि आन्दोलनकारीको मातृ संगठनले आह्वान गरेको 'सेक्स हड्ताल' ले प्रदर्शनमा उर्जा थप्यो। र, प्रजातन्त्र पुनःर्स्थापना गराएरै छाड्यो।
खोज्दै जाने हो भने यस्ता धेरै उदाहरण फेला पर्छन्। क्रस लेग अभियानको प्रभावकारिता र औचित्यबारे 'द मियामी हेराल्ड' की स्तम्भकार फ्रिदा गिटिजको भनाइ छ- 'यौन लोग्ने मान्छेको ठूलो कमजोरी हो र यसमा उनीहरू कहिल्यै जित्दैनन् भन्ने बुझेका महिलाले यो अस्त्र प्रयोग गरेका छन्। त्यो सफल भएको छ। यसले पक्कै पनि समाजमा यौनिकता र मानवताबीच फरकबारे बहस प्रारम्भ गर्छ।' तर, माथि उल्लेख गरिएअनुसार राजनीतिक समस्या हल गर्न भएको विरोध शैली यौनहिंसा रोक्नचाहि" कति व्यावहारिक र प्रभावकारी होला? त्यो प्रयोग पछि मात्र थाहा हुन्छ।
यौनबारे खुला छलफल हुन नसकिरहेको हाम्रो समाजमा यो अभियान त्यति सजिलो नहोला। तर, महिलामाथि हुने यौनजन्य हिंसाका दोषी पुरुष नै हुन्। पुरुष आफूलाई नसुधारेसम्म यस्ता हिंसा रोकिनेवाला छैनन् भन्ने सन्देश पुर्यापउन सक्छ। सहवासको पनि ५० प्रतिशत हिस्सा महिलास"गै छ। त्यो कसैको कृपाबाट प्राप्त नभएर नितान्त व्यक्तिगत हो। यसमाथि एकलौटी अधिकार हुन्छ भन्ने तर्कका साथ महिलाहरू स्वतःस्फुर्त जागरुक हुन सक्छन्। जसरी आफ्नो धन सम्पत्ति जोगाउन मानिस परिस्थिति हेरी आफैं अनेकथरि तरिका अपनाउ"छ, त्यसरी महिलालाई अस्मिता रक्षाका लागि सोच्न यसबाट प्रेरणा मिल्न सक्छ।
हाम्रो विरोधको शैली अलिक घुमाउरो, परम्परागत र 'कस्मेटिक' छ। जसको प्रभाव आंशिक मात्र रहेको घटनाक्रमले पुष्टि गरिरहेकै छ। तर, 'क्रस लेग' ले हाकाहाकी भन्छ- 'नो रेप फर द सेक अफ सेक्स'। 'मेरो अंग दुरुपयोगका लागि होइन' भन्न अब किन आइतबार कुर्ने? यो एउटै मात्र उद्देश्य आम महिलालाई संगठित बनाउने निर्विकल्प माध्यम हो। यौन हिंसा अन्त्यका लागि महिलाको दरिलो एकता र संगठन आवश्यक छ। एउटालाई छिसिक्क केही हु"दा गाउ" नै जुरुक्क उठोस् र अपराधीलाई आधा मुढेर घर-घर घुमाओस् र भनोस्- 'हिम्मत भए, कसैलाई छोएर हेर त!' अनि यो साहस जगाउन सिंगो देश नै उचालिने गरी एकपटक महिलाहरू आन्दोलित हुनुपर्छ। त्यसका लागि नाराजुलुस, धर्ना केही गर्नुपर्दैन। मात्र 'क्रस लेग' अर्थात 'सेक्स स्ट्राइक' गरे पुग्छ।
पुण्य भण्डारी -नागरिक न्युज