“राजेश हमाल जोक्स” नाम गरेको फेसबुक समुहमा पोस्ट गरिएका रमाइला कुराहरु :
- राजेश हमालले मात्र कम्प्युटर इन्टरफेसको ‘रिसाइकल बिन’ ‘डिलिट’ गर्न सक्छन्।
- अरूलाई रुवाउने प्याजलाई राजेश हमालले मात्र रुवाउन सक्छन्।
- ‘नील आर्मस्ट्रङ चन्द्रमामा पुग्ने पहिलो व्यक्ति हुन भने राजेश हमाल सूर्यमा पुग्ने पहिलो व्यक्ति हुन्|
- जतिबेला राजेश हमाल सडक पार गर्दै हुन्छन्, त्यतिबेला सडकमा कुद्ने कारहरू आफैं साइड लाग्छन्।
- स्टिभ जब्सको विश्वविख्यात आईटी कम्पनी ‘एप्पल’ को प्रतीकमा राखिएको टोकिएको स्याउको सानो पार्ट राजेश हमालले नै खाएका हुन्।
- राजेश हमालको क्यालेन्डरअनुसार मार्च ३१ पछि डाइरेक्ट अपि्रल २ आउछ। त्यसैले कसैले पनि उनलाई मुर्ख बनाउन सक्दैनन्।
- पत्रकार: तपाईंले अहिले सम्म किन बिहे नगर्नु भाको ? राजेश बाजे: बजारमा छ्यप्छ्यप्ती पोका को दुध हुँदा हुँदा किन घरमा भैसी पलेर दुख गर्ने रे!
- फेसबुकका जन्मदाता मार्क जुकरबर्ग गम्भिर घाइते भए किन थाहा छ? … किनकी राजेश हमालले उनलाई पोक गरेका थिए क्या। (Facebook poke)
- एक पटक राजेश हमाले आफ्नो कपालमा आइरन लागाए रे …. तेही दिन देखि नेपालमा लोड सेडिंग शुरु भएको हो रे |
- एक पटक राजेश स्विजरल्याण्ड गएका थिए | त्यहाँको एउटा घरमा उनले आफ्नो पर्स बिर्सेर हिडेछन – आजको स्विस ब्यांक तेही घर हो रे |
- एक दिन BBC को लाईभ प्रोग्राममा राजेश हमालजीलाई एक प्रश्न गरिएछ “तपाइ बिहे कहिले गर्ने ?” उहाले उत्तर दिनु भएछ “म त तयार छु तर केटीहरु हुनुपर्यो नि ।” यती सुन्नसाथ आधा विश्वका युवतिहरु BBC स्टुडियो अगाडि आइ पुगेछन । फेरी बहुबिवाहको मुद्दा लग्ला कि भन्ने डरले उहाले बिहे नै नगर्ने अठोट गर्नु भएछ ।
- एक पटक राजेश दाई र सुपरम्यान को बीचमा घमासान फाइट परेछ | सर्त चै – हार्नेले पाइन्ट को बाहिर कट्टु लागाउनु पर्ने रहेछ |
- राजेश हमाले रोड रोलर किनेछन | … किन होला भनेर बुझ्न गएको त कपडामा स्त्री लागाउन पो रहेछ |