CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » शिक्षकबाट छात्रामाथि पटक पटक यौन शोषण

शिक्षकबाट छात्रामाथि पटक पटक यौन शोषण


मोरङ बेलबारी १ नसालबारीका एक शिक्षकले आफूले पढाएका विद्यार्थीलाई मायाजालमा पारेर यौनशोषण गर्दै आएको रहस्य खुलेको छ । नक्सालबारीका शिक्षक गणेश दुलालले कक्षा ९ पढ्दादेखि एक छात्रालाई यौन शोषण गर्ने गरेको तथ्य खुलेको हो ।
१३ बर्षको हुँदादेखि यौन शोषण गर्दै आएका शिक्षक दुलालले डेटिङ जाउँ भन्दै ती बालिकालाई यौनशोषण गर्दै आएका थिए
। पटक पटक यौन शोषण गर्ने गरेका दुलालले आफ्नो मोबाइलमा बालिकाका नग्न तस्बिरसमते गोप्य रुपमा खिचेर राखेका थिए । तर, गत ३ फागुनमा ‘भ्यालेन्टाइन डे’ का अवसरमा बालिकालाई डेटिङका लागि अफर गरेका दुलालले उनले नमानेपछि आफुले खिचेका नग्न तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
उनका तस्बिरबारे विदेशमा रहेका आफन्तले परिवारमा जानकारी गराएपछिमात्र शिक्षक दुलालले यौन शोषण गर्दै आएको खुलासा भएको बालिकाका आफन्त बिष्णु फुयाँललाई उदृत गर्दै राजधानी दैनिकले खबर छापेको छ ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis