CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बन्दले जनजीवन निक्कै प्रभावित

बन्दले जनजीवन निक्कै प्रभावित

Click on the slide!वैद्य माओवादीको अगुवाइमा बुधबार आह्वान गरिएको नेपाल बन्दका क्रममा बल्खु चोकमा सर्वसाधारणलाई सवारी नचलाउन चेतावनी दिँदै बन्दकर्ता। बन्दकर्ताले मोटरसाइकल तोडफोड गर्ने प्रयास गर्दा प्रहरीले जोगाएको थियो। तस्विरः कृष्ण ढुंगाना

काठमाडौ, फाल्गुन २३ - नेकपा-माओवादी नेतृत्वको संघीय जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दले राजधानी लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ
। प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनको तयारी असंवैधानिक
भएको भन्दै बन्द गरिएको हो ।
बन्दका कारण राजधानीका सडकमा सवारी साधन चलेको छैन । एम्बुलेन्स, अस्पताल, प्रेस, सुरक्षा निकाय र पर्यटक बोकेकेा सवारी साधन मात्र सडकमा देखिएको छ । चोक चोकमा बन्दकर्ताहरु उभिएका छन् । सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ । कार्यालय, एयरपोर्ट तथा अत्यावश्यक कामले निस्केकाहरु गन्तव्यमा पुग्न पैदल हिडेको देखिन्छ ।
चार दलले विदेशी हस्तक्षेप निम्त्याउने काम गरेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय सरकार गठनको निम्ति मोर्चाले बन्द आह्वान गरेको जनाएको छ । बिहानदेखि सुरु बन्द साँझ ५ बजे सकिने बन्दकर्ताले जनाएको छ ।
सुर्खेतः यहाँ भइरहेको सुर्खेत महोत्वसलाई हेर्दै बिहान ९ बजेपछि आयोजकले बन्द फिर्ता लिएको छ । 
काभ्रेः बन्दकर्ताले बनेपामा बा.१८.प ९७९० नम्बरको मोटरसाईकल र गौतम मिठाई पसलमा तोडफोड गरेको छ । 
 -- ईकान्तिपुर प्रकाशित मिति: २०६९ फाल्गुन २३ ०८:५३ 


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis