२३ फागुन, कास्की । कास्कीको एक विद्यालयमा शिक्षक शिक्षिकाबाटै शारीरिक र मानसिक यातना पाएपछि विद्यार्थीहरु न्यायनको गुहार माग्दै सडकमा उत्रिएका छन् ।
कास्कीको लुम्लेस्थित बालमन्दिर माध्यमिक विद्यालयमा आवासीय रुपमा अध्ययनरत विद्यार्थीहरु शिक्षक शिक्षिकाको
मानसिक र शारीरिक यातना अति भएपछि सोमबार मध्यरातमा पोखराको नदीपुरस्थित नगरप्रशिक्षण केन्द्रमा रुँदैं गुहार माग्न पुगको नेपाल समाचारपत्रसहितका पत्रपत्रिकामा खबर छ । विद्यार्थीहरु तीन महिनादेखि विभिन्न यातना सहँदै आएको थिए ।
प्रशिक्षण केन्द्रमा विद्यार्थीको रुवाबासीले वातावरण निकै तनावपूर्ण बनेको थियो । आक्रोशित विद्यार्थीले शिक्षकमाथि समेत हातपातको प्रयास गरेका थिए ।