चपली गर्ल विनीता बरालले आफूलाई 'सुपरहिट' बनाउन कुनै कसर बाँकी राखेकी छैनन्। चपली हाइटले चिनाए पनि त्यसपछि ओरालो लाग्दै गएको चर्चा र करिअर जोगाउन उनलाई
एउटा 'सुपरहिट' फिल्म चाहिएको छ। फिल्म पनि बनिसकेको छ, सुपरहिट। यस्तो लाग्छ, विनीता यो फिल्मलाई जसरी भए पनि सुपरहिट बनाउन चाहन्छिन्। त्यसैले त कहिले घाँटीमा त कहिले हातमा सुपरहिट लेखाइरहेकी छन्। यस्तो आइडियाले फिल्म साँच्चै सुपरहिट होला त ?