सडक दुर्घटनाको ताजा प्रवृत्ति कस्तो देखिन्छ ?
प्रस्टै देखिने भनेको ३० वर्षभन्दा कम उमेरका युवा सवारी चालकले बढी दुर्घटना गराएको देखिन्छ । त्यसमा पनि चालक अनुमतिपत्र लिएको एक-दुई वर्षभित्रमा बढी दुर्घटना भएको
देखिन्छ ।
- उपेन्द्रकान्त अर्याल, प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा
त्यसको कारण के हो त ?
हामीकहाँ लाइसेन्स वितरण प्रणाली वैज्ञानिक र व्यवस्थित भइसकेको छैन । लाइसेन्स वितरणका लागि लिइने परीक्षा एकदमै प्रारम्भिक चरणको र अवैज्ञानिक छ । लिखित, ट्रायल र मेडिकल परीक्षा नै व्यवस्थित र वैज्ञानिक छैनन् । सडकको अवस्था जे छ, त्यसलाई प्रतिविम्बित हुने गरी 'ट्रायल' लिनुपर्छ । लाइसेन्स लिइसकेपछि सडकमा फेस गर्नुपर्ने अवस्थालाई प्रतिविम्बित हुने गरी परीक्षा लिनुपर्छ । या त सडकमै लगेर परीक्षा लिनुपर्यो, या सडकको अवस्था प्रतिविम्बित हुने संरचना तयार गर्नुपर्यो । किनभने, लाइसेन्स वितरण प्रणाली जस्तो छ, त्यसभन्दा भयावह सडकको अवस्था छ ।
दुर्घटना कम गर्न ट्राफिक प्रहरीचाहिँ के गर्दै छ नि ?
सडक आफैँमा असुरक्षित हुँदैन, प्रयोगकर्ताका कारण असुरक्षित हुने हो । मानवीय कारण घटाउन जनचेतनाको पाटो महत्त्वपूर्ण छ । त्यसैले ट्राफिकले जनचेतना अभिवृद्धिलाई बढी जोड दिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही, सादा पोसाकका प्रहरीको कारबाहीलगायत गतिविधि यसैका लागि हो । सादा पोसाकका प्रहरीको तैनाथी धेरै प्रभावकारी भएको छ ।
सवारी चालक र सहचालकहरूको आचरण सुधार्नु पर्दैन ?
सवारी चालक र सहचालकहरूलाई पनि आचरण, व्यवहारका बारेमा प्रशिक्षण दिने तयारीमा छौँ । एक हजारभन्दा बढी ट्राफिक प्रहरीलाई आचरण, व्यवहारसम्बन्धी तालिम दियौँ । यसै महिनाभित्र चालक, सहचालक र ट्राफिक प्रहरीहरूलाई संयुक्त तालिम पनि सञ्चालन गर्दै छौँ ।
दुर्घटना गराउने चालकलाई सख्त कारबाही हुँदैन भन्ने गुनासो पनि त छ ?
दुर्घटना दुई प्रकारले हुन्छ । एउटा काबुबाहिरको परिस्थिति तथा अर्को जानाजान र लापरबाही । साँच्चैको दुर्घटना भनेको काबुबाहिरको परिस्थिति हो । दुर्घटना हुन सक्छ भन्ने थाहा हुँदाहुँदै, लापरबाहीपूर्ण तरिकाले सवारी चलाएर कसैले दुर्घटना गर्छ भने त्यसलाई सख्त कारबाही हुनुपर्छ । यसमा केही कमीकमजोरी भएको हामीले पनि महसुस गरेका छौँ । - नेपाल