१२ चैत, सुनसरी । दुईदेशले आतंककारी घोषित गर्दै ‘मोस्ट वान्टेड’ को सूचीमा राखेका व्यक्तिलाई कारबाहीबाट जोगाउन नेपालमा चलखेल भएको पाइएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार चलखेलमा राजनीतिक दल, प्रहरी र गृह प्रशासनको संलग्नतासमेत खुलेको छ ।
ब्ंगलादेश र भारतले आतंकवादी गतिविधिमा लागेको भन्दै इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गरेका बंगलादेशका नागरिक सुब्रतो बायनको नाम उक्त सूचीबाट हटाउन चलखेल भएको हालै तयार अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । गत
कात्तिक २७ गते सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ खनेर १२ कैदी भागेपछि यो रहस्य खुलेको हो ।
कैदी भागेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बायनलाई इन्टरपोलको मोस्ट वान्टेड सूचीबाट हटाउन माओवादी नेता कृष्णबहादुर महरा गृहमन्त्री हुँदादेखि चलखेल थालेको पाइएको छ । बायन नागरिकताको मुद्दामा छुट्ने वित्तिकै नेपाल प्रहरीले पुनः पक्राउ गर्न सक्ने भएकाले पक्राउ पर्नबाट जोगिन चलखेल भएको स्रोतको दाबी छ ।
कैदीहरु काराथारबाट भागेपछि बायनकी श्रीमतीसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेका काठमाण्डौं बुद्धनगरका व्यापारी नन्दकिशोर साहलाई डेढ महिनाअघि पक्राउ गरिएको थियो । साहले बायनसँग आफ्नो सम्बन्ध रहेको र बायनले नै आफुलाई व्यापारमा स्थापित गरेको बताएका छन् । उनका अनुसार बायनले आतंककारी सूचीबाट आफ्नो नाम हटाउन निक्कै मिहेनत गरेको खबर कान्तिपुर दैनिकमा खबर छ ।
एमाओवादीको स्वरोजगार मजदुर युनियनका केन्द्रीय अध्यक्षसमेत रहेका साहले पनि आफुले सुचीबाट हटाउन मद्दत गरेको बताए । ‘उसले अप्ठ्यारो परेका बेला मद्दत गरेकाले मैले पनि एमाओवादीको सानोतिनो नेता भएकाले सहयोग गरेको हो ,’ कारागारमा भएका उनले भने ‘प्रहरीको इन्टरपोल वेबसाइटबाट नाम हटाउन बायनको श्रीमतीलाई नेता र सभासद भेटाएको छु ।’
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !