CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » डिप पर्पल काठमांडू आउने .. गज्जब हुने

डिप पर्पल काठमांडू आउने .. गज्जब हुने



काठमाडौ, फाल्गुन १७ - 
पाश्चात्य पप संगीतको इतिहासलाई फर्केर हेर्दा, हरेक दशकमा फरक-फरक घटना भएका छन् । सन् ६० र ७० को दशकमा हिप्पीको जगजगी थियो । सन् ८० मा ग्ल्याम मेटल, हेभी मेटल, हेयर मेटल र अन्य आए । सन् ९० मा ग्रन्ज र अल्टरनेटिभ थिए । यी सबै परिवर्तनलाई हेर्न भ्याउने थोरै भाग्यमानी ब्यान्डमा पर्छ, डिप पर्पल ।

यसपटक हामी कुरा गर्दैछौं, यस्तो ब्यान्डको जसले चार दशकको यात्रा पार गरिसकेको छ । सन् ६० को अन्त्यतिर अंग्रेजी भूमिमा यो जन्मिँदा विश्वभर ब्ल्याक एन्ड ह्वाइटको एकाधिकार थियो । अहिलेको डिजिटल युग गर्भमै थियो । विश्वभर रेडियोको सर्टवेभ र मिडियम वेभले सारा मानिसलाई एकसूत्र पारेको थियो । 

संगीत पारखी भाइनल प्लेयरसँग जोडिएका थिए । नेपालमा नारायणगोपालको लोकपि्रयता चुलिँदो थियो । त्यही बेलाको ब्यान्ड आजको १३ दिनपछि तन्नेरी भएर नेपाल पनि आउँदैछ । उसको विश्व यात्रा अझै रोकिएको छैन । यो ब्यान्ड जन्मिँदा प्रयोगमा आएका थुप्रै म्युजिकल इन्स्ट्रुमेन्ट यतिबेला संग्रहालयमा थन्किसकेका छन् । 

त्यसबेलाका डार्करुम डिजिटल रुममा परिवर्तन भइसकेको छ । तर डिप पर्पल बूढो भएको छैन । हजारौं दर्शकलाई काबुमा राख्दै झुमाउने ताकत योसँग अझै छ । हेभी मेटल र हार्ड रकको पर्यायवाची पनि भनिने डिप पर्पलको ताकत काठमाडौंको दशरथ रंगशालामा देखिनेछ । त्यसलाई नजिकबाट लाइभ सुन्न/हेर्न नेपाली पारखी यसबेला आतुर भइसकेका छन् । 

संगीतमा एक दशकलाई ठूलो मानिन्छ । त्यसमा रक र हेभी मेटलको इतिहास बुझ्नलाई डिप पर्पलको चार दशक -४० वर्ष) को यात्रा धेरै हुन सक्छ । सन् ६० को अन्त्यतिर अर्थात् स्थापनाकालमा डिप पर्पलका सदस्य थिए, गिटारमा रिची ब्ल्याकमुर, किबोर्ड -अग्र्यान) मा जोन लर्ड, ड्रम्समा इयन पेस, बेसगिटारमा निक सिम्पर र गायनमा रड इभन्स ।

ब्ल्याकमुर र लर्डमा पश्चिमा शास्त्रीय संगीतको प्रभाव थियो । यही प्रभाव डिप पर्पलका गीत 'परफेक्ट स्टे्रन्जर', 'बर्न', 'हाइवे स्टार' लगायत गीतमा पनि महसुस गर्न सकिन्छ । पछि आएका गायक इयन जिलनको स्त्रिmम -चर्को स्वरमा चिच्याउँदै गाउने शैली) ले डिप पर्पलको आवाजलाई थप ऊर्जा दियो । 'हाइवे स्टार' र 'चाइल्ड इन टाइम' जस्ता गीत यसका उदाहरण मानिन्छन् । 

ड्रमर पेस पनि कोहीभन्दा कम थिएनन् । 

देबे्र हातले ड्रम्स बजाउने पेसको दु्रत गतिको तालले डिप पर्पलको आवाजलाई पूर्ण बनाइदिएको छ । यिनै कारणले डिप पर्पल हस्ती नै हस्ती भएको ब्यान्ड मानिएको छ । 

'गिटार गड' का रूपमा चिनिने स्टिभ मोर्स नयाँ गिटारिस्टका रूपमा सन् १९९४ मा ब्यान्डमा छिरे । उनको प्रवेशले ब्यान्डमा एउटा सन्तुलन र आयम थपिदियो ।  अनलाइनहरूका अनुसार यो ब्यान्ड सुरुमा सेसन ब्यान्डको अवधारणामा स्थापना भएको थियो । त्यसको दीर्घकालीन उद्देश्य थिएन । 

कलाकारहरूको आउजाउ गराउने उद्देश्यअनुसार यो स्थापनाकालमा सेसन ब्यान्डका रूपमा उदायो । ब्यान्डको चार दशक लामो जीवनलाई नियाल्दा यो आठ वटा 'लाइनअप' बाट गुजि्रएको छ । सुरुको लाइनअपमा गिटारमा रिची ब्ल्याकमुर, किबोर्डमा जोन लर्ड, ड्रम्समा इयन पेस, बेसगिटारमा निक सिम्पर र गायनमा रड इभन्स थिए । 

यो जुगलबन्दीलाई फ्यानहरूले मार्क वान लाइनअपका रूपमा पनि चिन्दछन् । यो लाइनअपबाट ब्यान्डले डेब्यु गर्दा संसारभर हिप्पी कल्चर उग्र थियो । ड्रम्सका इयन भने ब्यान्डका सबै एल्बममा रहँदै आएका छन् । चैत २ गते पेसको ड्रम्सको चर्को आवाजले दशरथ रंगशाला गुन्जिनेछ । 

अब कुरा गरौं दोस्रो लाइनअपको । यो थियो, डिप पर्पलको सर्वाधिक चर्चित र व्यावसायिक रूपमा सफल लाइन अप 'मार्क टु' । यसमा बेसगिटारका निक र गायनमा रड हटाइए । गिटारवादक रिचीले मार्क टुमा रोजर गोल्भरलाई  बेसमा र इएन जिलनलाई गायनमा निम्त्याए । 

उनीहरूको डेब्यु एल्बम थियो, 'सेड्स अफ डिप पर्पल' । 'स्पिड किङ', 'चायल्ड इन टाइम' र 'ब्ल्याक नाइट' यो एल्बमका अति चर्चित गीत थिए । दुई वर्षको अवधिमा निकालेका तीन वटा एल्बमले ब्यान्डलाई आकार दियो । त्यसबेला यिनीहरूको ख्याति बेलायतबाट होइन अमेरिकाबाट सुरु भयो । 

गीत आफैं लेख्न थालेको मार्क टु लाइनअपको दोस्रो एल्बम 'फायर बल' उस्तै चर्चित भयो । मार्क टुको तेस्रो एल्बम मसिन हेड ब्यापक हिट भयो । हेभी मेटलको विकासमा यो एल्बमको ठूलो योगदान मानिन्छ । यो एल्बमले श्रोताहरूलाई बिर्सनै नसकिने गीतहरू दियो । १९७२ मा निकालिएको एल्बमले ब्यान्डलाई व्यावसायिक रूपमा स्थापना गर्नुका साथै चुचुरोमै पुर्‍यायो ।

यसमा हिट गीतहरू 'स्मोक अन द वाटर', 'लेजी,' 'हाइवे स्टार,' 'स्पेस ट्रकिङ' आदि छन् । यी गीतहरू पछि रक एन्थमका रूपमा नै विश्वमा  स्थापित भए । रक म्युजिक सुन्ने श्रोताहरूले 'स्मोक अन द वाटर' नसुनेको विरलै पाइन्छ । धेरैले यिनै गीतबाट गिटारको यात्रा थाल्दछन् ।

सन् १९७२ मा उनीहरू जापान पुगे र एसियाले पनि डिप पर्पललाई सुन्यो । त्यहाँबाट फर्केपछि सन् १९७३ मा एल्बम निकाले 'हु डु उई थिङ्क वी आर' । त्यसको 'वमन र्फम टोकियो' ज्यादै चर्चित भयो । त्यसबेला यो ब्यान्ड सफलताको स्वादमा डुबिरहेको थियो । 'हु डु उई थिङ्क वी आर' यस लाइनअपको चौथो तथा अन्तिम एल्बम थियो । 

तेस्रो लाइनअपमा आए भोकलमा डेभिड कर्भडेल र बेसमा ग्लेन हिउग्स । ग्लेन हिउग्स बेसिस्ट मात्र थिएनन्, उनी राम्रा गायक पनि थिए । यी दुईको आगमनले नयाँ युग ल्यायो । म्युजिकमा पनि परिवर्तन भयो । त्यही बेला ब्यान्डले 'सोल' र 'फङ्क' तत्त्व मिसाएर 'बर्न' एल्बम सार्वजनिक गर्‍यो । 

त्यसबाट 'बर्न' र 'मिसटि्रटेड' हिट भए । फास्ट बिटमा रहेको 'बर्न' ले स्पिड मेटल भन्ने विधा जन्मायो । त्यो गीतले ब्यान्डको कलाको क्षमता देखायो । स्पिड मेटल प्रयोग भएको बर्नलाई पछि मेटालिका र मोटर हेडजस्ता कान्छो पुस्ताका ब्यान्डले थप प्रचलित बनाइदिए । ब्यान्डका सदस्यहरूको खटपट बढेपछि सन् १९७६ देखि १९८४ सम्म यो ब्यान्ड गुमनाम बस्यो । 

तर १९८४ पछि डिप पर्पल फेरि उदायो । मार्क टु लाइनअपका पुराना पाँच सदस्य सोलो करियरबाट फेरि एकजुट भए । यसले 'परफेक्ट स्टे्रन्जर' र 'द हाउस अफ ब्लु लाइट' निकाल्यो । सन् १९९३ मा ब्यान्डले स्थापनाको २५ वर्ष मनायो । उक्त अवसरमा पुरानो गायक इयन फेरि फर्के तर ब्याक मुरले छाडे र नयाँ गिटारिस्ट स्टिभ मोर्स आए । २००२ मा जन लर्डले छाडे र आए ब्यान्डका पुराना साथी डन एयरी । यिनै सदस्यका साथ बनेको मार्क आठलाई यसपटक दरबारमार्गको ओडीसी इन्टरटेनमेन्ट र जेपीआर इन्टरटेनमेन्टले उतार्दै छ काठमाडौंको दशरथ रंगशालामा ।  

एकदमै धेरै रेकर्डिङ र यात्रा गर्ने सूचीमा रहेको यो ब्यान्ड विश्वकै चर्को अंग्रेजी रक ब्यान्ड पनि हो । सन् १९७१ मा लन्डनस्थित रेन्बो थिएटरमा गरिएको प्रस्तुतिका आधारमा गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई 'सबैभन्दा चर्को ब्यान्ड' को सूचीमा राखेको थियो । 

'सो लेट्स रक काठमाडौं !' 

सुरज कुँवर, अपूर्व सिंहहेलो शुक्रबार
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis