(एजेन्सी)–कोही पुरुषहरु चिच्याउनमा माहिर हुन्छन् । यस्तै चिच्याउनमा माहिर पुरुषहरुको समूहबाट केही संगीतमय सुन्न पाइन्छ भनेर आशा गर्नु गाह्रै हुन्छ । तर, नर्दन फिनल्यान्डको ओउलु यस्तै कुराको लागि प्रख्यात छ
। पुरुषहरु चिच्याउँछन् र त्यो नै संगीत बन्छ ।
आफ्नो प्रतिभा देखाउनका लागि ३० जना पुरुषहरु कालो सुटमा सजिन्छन् । मिका रोनकेइनेन, एक स्थानीय फिल्मनिर्माताले यहि चिच्याउने समूहको ‘माएसक्वुरो हुताजात’ नामक वृत्तचित्र बनाएका छन् । यो फिल्म फिनल्यान्डको सनडान्स फेस्टिबलले आत्मसाथ गरेको पहिलो चलचित्र हो र विश्वव्यापी रुपमा बाँडिएको पनि पहिलो चलचित्र हो ।
उनीहरुको कार्य निकै आश्चर्यजनक छ । यदि कालो पहिरनका मानिस समूह बनाएर निराशाजनक मुखाकृत बनाएर उभिइरहेका छन् भने तपाईंले केहि संगीतमय वातावरणको अपेक्षा पक्कै पनि गर्नुहुन्न होला । तर, उनीहरुले ठूलो आवाज झन्डै कुकुरको भुकाईजस्तो आवाज निकाल्नको लागि मुख खोल्छन् । यस्तो हुन्छ भन्ने पूर्वानूमानकासाथ आएपनि यस्तो आवाजले तपाईंलाई केहि झट्का दिनेछ । यी चिच्याउने पुरुषका समूहले वर्षमा ५ देखि ८ पटक टुरमा जाने मौका पाउँछन् र उनीहरुको ह्वाई हाउसमा गएर आफ्नो संगीत सुनाउने धोको छ । यो समूह बिगत २० वर्षदेखि अस्तित्वमा रहेको छ । समूहका कोही सदस्य व्यवसायिक संगीतकार हुन् भने कोही चिच्याउने रहर भएका मानिसहरु पनि संलग्न छन् । उनीहरुले राष्ट्र गानदेखि नर्सरीको राइमसमेत गाउने गर्दछन् । -- एजेन्सी