सामान्यतः सन्तान कि त छोरा जन्मिन्छ वा छोरी। देशअनुसार फरक हुने भए पनि यस्तै १ सय ६ छोरी जन्मदा १ सय जना छोरा जन्मन्छन्। छोरा वा छोरी कसरी जन्मिन्छन् भन्ने विषयमा केही कुरा जान्नु आवश्यक हुन्छ। मानिसमा वंशाणुगत गुणलाई एक पुस्तावाट अर्को पुस्तामा सार्न २३ जोडी -४६ वटा) क्रोमोजोम हुन्छन्। कुनै
पनि सन्तानले २३ वटा आमाबाट र अर्को २३ वटा पिताबाट प्राप्त गर्छ। जसमध्ये २२ वटा जोडी क्रोमोजोमले शरीरका अन्य गुण निर्धारण गर्छन् भने २३ औं जोडीले सन्तानको लिङ्ग। त्यसैले यसलाई सेक्स क्रामोजोम भनिन्छ। जीव वैज्ञानिक प्रक्रिया हेर्ने हो भने सन्तान छोरा वा छोरी के हुन्छ भन्ने कुरा हाम्रो वंशाणुमा हुने हृ वा थ् अजचomयकomभ मा भर पर्छ। महिलामा हृहृ अजचomयकomभ मात्र हुन्छन् भने पुरुषमा हृथ् अजचomयकomभ हुन्छन्। तपाईंलाई थाहै हुनुपर्छ- सन्तान जन्मन सर्वप्रथम गर्भधारण हुनुपछर् । गर्भधारणका लागि पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मिलन हुनुपर्छ। यसले गर्भधारणका बेला पिताबाट सन्तानले हृ वा थ् क्रोमोजो ममध्ये एक प्राप्त गर्न सक्छ भने आमाबाट हृ क्रोमोजोम। आमाबाट आएको हृ अजचomयकomभ र पिताबाट आएको थ् अजचomयकomभ को मिलन भए छोरा हुन्छ भने आमाबाट आएको हृ अजचomयकomभ र पिताबाट आएको हृ अजचomयकomभ को मिलन भए छोरी हुन्छ। सामान्य परिस्थितिमा जन्मने सन्तान छोरा हुन्छ कि छोरी भन्न सकिने स्थिति हुँदैन।
छोरी धेरै हुनुमा कसको कमजोरी ?
यो प्रश्नको जवाफ दिनुभन्दा पहिले वंशाणुमा भएका छोरा वा छोरी हुने प्रक्रियालाई राम्रोसँग मनन गरौं। पितामा हृ तथा थ् अजचomयकomभक हुने भएको कुरा तपाइर्ंकी श्रीमतीले बुझ्नुभएकाले तपाईंलाई त्यसो भन्नुभएको हुनुपर्छ।
तपाईंलाई पक्कै थाहा होला, केही वर्ष पहिलेसम्म छोरी-छोरी मात्र जन्मदा श्रीमतीलाई दोष दिइन्थ्यो। कतिपय स्थितिमा त छोरी-छोरी मात्र जन्माइस् भनेर अर्को विवाह गरेको पनि पाइन्थ्यो। त्यो एक किसिमले महिला हिंसा नै थियो। यसरी छोरी मात्र पाएको स्थितिमा महिलालाई मात्र दोष दिनु ठीक होइन भन्दै कसरी सन्तान छोरा वा छोरी जन्मन्छन् भनेर स्वास्थ्य शिक्षा प्रदान गरियो। यसो गर्ने क्रममा छोरी जन्मने स्थितिको जिम्मेवार महिला होइन, पुरुष हो भन्ने कुराले पनि व्यापकता पायो। मलाई लाग्छ, त्यसैले नै तपाईंकी श्रीमतीले तपाईंलाई दोष दिनुभएको हुन सक्छ।
तपाईंको प्रश्नको मूल कुरा दोष वा कमजोरी तपाईंको वा कसको भन्ने कुरा एक किसिमले गहन छ। यसरी महिला तथा पुरुष क्रोमोजोममा हुने फरकपनका कारण एकअर्कालाई दोष दिनुपर्ने कुनै आधार म देख्दिनँ। यसरी फरक-फरक क्रोमोजोम भए पनि यौनसम्पर्कपछि स्खलित वीर्यमा भएका करोडौं शुक्रकीटको माझबाट कुनचाहिँले डिम्बलाई निषेचित गर्छ, यकिनका साथ भन्न गार्है हुन्छ। मलाई लाग्दैन, यसमा कुनै व्यक्तिको नियन्त्रण हुन्छ अर्थात् उसले चाहेअनुसार कुनै बेला हृहृ अजचomयकomभ र अर्को बेला हृथ् अजचomयकomभ को मिलन गराउन सकोस्। न यहाँ कुनै पुरुषले हृथ् अजचomयकomभ मात्र मिलन गराउन सक्छ, न कुनै महिलाले हृहृ अजचomयकomभ मिलनलाई रोक्न सक्छिन्। जुन कुरामा व्यक्तिको नियन्त्रण हुँदैन त्यसमा यसरी कसैलाई दोष दिन उचित हुँदैन। त्यसैले सामान्य प्राकृतिक परिस्थितिमा सन्तान छोरी-छोरी मात्र हुने होस् वा छोरा-छोरा मात्र हुने स्थिति होस् कसैलाई दोष दिनु मनासिब होइन। यसलाई तपाईंको कमजोरी भन्न मिल्छ जस्तो लाग्दैन।
छोरा पाउन के गर्नुपर्ला ?
यस्तो प्रश्न धेरैको मनमा हुन्छ र धेरैले यसका लागि अनेक प्रयास पनि गर्छन्। छोरीको तुलनामा छोरालाई बढी महत्त्व दिने हाम्रो सामाजिक मूल्य-मान्यताका कारण हामीमा यस्तो सोच आएको हो, तर कुनै पनि समाज राम्रोसँग चल्न पुरुष तथा महिला दुवै चाहिन्छ। छोरा होस् वा छोरी, तपाईंको वंशाणु सन्तान-दरसन्तान सार्ने काम दुवैले गर्छन्। हामीकहाँ छोराले मात्र वंशलाई निरन्तरता दिन्छ भन्ने मानिन्छ। सांस्कृतिक रूपमा उक्त कुरा यो सही पनि हो, तर वैज्ञानिक आधार मान्ने हो भने छोरा तथा छोरी दुवैले वंशाणुलाई ओसार्ने कार्य गर्छन्।
अर्कातिर तपाईंले छोरालाई मात्र बुढेसकालको भरोसा मान्नुपर्ने आधार पूर्ण सत्य होइन। अहिले धेरै छोरा भएर पनि बुढेसकालमा हेर्ने कोही नभएर वृद्धाश्रम वा अन्य नातेदारको भरोसामा बाँच्नुपरेका उदाहरण धेरै छन् भने अर्कातिर छोरी भएर पनि राम्रोसँग घर-व्यवहार चलाएर जन्म दिने मातापितालाई राम्रोसँग हेरेका छन्। तपाईं नै एकपटक सोच्नुहोस् त, तपाईंका छोरीहरूले के सोच्दा हुन्, यदि उनीहरूले तपाईंहरू दुवैले नचाहेको अनुभव गरेको थाहा पाएको स्थितिमा। यस्तो स्थितिमा तपाइर्ंरूप्रति उनीहरूको सम्बन्ध सामान्य नहुन सक्छ बाहिर सतहमा सामान्य देखिए पनि।
त्यसैले छोरा कसरी पाउने भनेर अनावश्यक रूपमा धन र समय खर्च नगर्नुहोस्। कतिपय यस्ता दाबाले तपाइर्ंलाई भन्दा उनीहरूलाई नै फाइदा हुन्छ। अब तपाईंलाई थाहा भैसकेको हुनुपर्छ, यस्तै आधाजसो स्थितिमा छोरा हुन्छ र आधाजसोमा छोरी। छोरा चाहनेहरूले यही स्थितिलाई उपचारको कारण मान्छन्। त्यसो गर्नुभन्दा जन्मिसकेका छोरीहरूको लालनपालन कसरी गर्ने, कसरी राम्रो शिक्षादीक्षा दिने, कसरी सबल र सचेत नागरिकका रूपमा विकास गर्ने कुरामा ध्यान दिनु उचित हो। मलाई पक्का विश्वास छ, तपाइर्ंका छोरीहरूले तपाईंलाई भविष्यमा गौरवान्वित तुल्याउनेछन्।
साभार : इकान्तिपुर