CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » न्यायको पक्षमा उभिँदा अन्यायमा परेका पुलिस -

न्यायको पक्षमा उभिँदा अन्यायमा परेका पुलिस -


binod sharmaदैलेख, फाल्गुन १८ - पत्रकार डेकेन्द्र थापाका हत्यारामाथि अनुसन्धान गरेर चर्चामा आएका दैलेखका प्रहरी निरीक्षक विनोद शर्माले आफू अन्यायमा परेको बताएका छन् । प्रहरी मुख्यालयले आइतबार गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवामा उनलाई सामेल गरेको छैन ।
मुख्यालयको सिफारिसमा गृह मन्त्रालयले आइतबार चार प्राविधिकसहित ५८
निरीक्षकलाई डिएसपीमा पदोन्नती गरेको थियो । भर्ना हुँदा आठौं नम्बरमा रहेका शर्माले पत्रकार थापाको हत्या अनुसन्धान गरेर स्याबासी पाएका थिए । तर उक्त अनुसन्धान रोक्न प्रधानमन्त्री बाबुराम भट्टराई नै लागेका थिए भने प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले पनि मौखिक आदेश दिएका थिए । आईजीपी रानाले प्रधानमन्त्रीको दबाबमा संकलित प्रमाण नष्ट गर्नसमेत दबाब दिएको जिल्ला प्रहरी स्रोतको भनाइ छ ।
'पिडीतका पक्षमा काम गर्दा म अन्यायमा परें,' शर्माले भने, 'प्रहरी ऐन र नियमविपरित काम गरेको भए उचित कारण देखाएर कारबाही गर्नुपथ्र्यो ।' शर्माले कानुनबमोजिम काम गर्दा आफ्नो बढुवा रोकिने कल्पनासमेत नगरेको बताए । बढुवा प्रक्रियाप्रति रुष्ट शर्माले न्यायका लागि आफू अदालत जाने तयारीमा रहेको जानकारी दिए ।
यसअघि पत्रकार थापा हत्याको अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा दैलेख प्रहरी प्रमुख डीएसपी शारदाप्रसाद चौधरीलाई पनि प्रधानमन्त्रीको भ्रमण कार्यक्रममा सुरक्षा प्रदान गर्न नसकेको बहानामा त्यहाँबाट हटाइएको थियो ।
काठमाडौंस्थित प्रहरी प्रवक्ता पुस्कर कार्कीले भने निरीक्षक शर्माले पटकपटक नसिहत पाएको पृष्ठभूमि रहेकाले बढुवा हुन नसकेको प्रतिक्रिया दिए । उनका अनुसार दैलेख खटिनुअघि शर्मालाई बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवाबाट पैसा लिएको र नेपालगन्जको वडा प्रहरी कार्यालयमा तस्करसँग मिलेमतो गरेको आरोपमा नसिहत दिइएको थियो । त्यसअघि शर्माले विराटनगरमा जनआन्दोलनकारीमाथि दमन गरेको भन्दै रायमाझी आयोगले कारबाहीको सिफारिस गरेपछि सचेत गराइएको थियो ।
तर शर्मा जस्तै नसिहत पाएका अन्य निरीक्षकको भने बढुवा भएको छ । नसिहत पाएर पनि बढुवा भएकाहरूमा विदुर गौतम, दयानिधि ज्ञवाली, राजेन्द्र श्रेष्ठ र महेन्द्रसिंह थापामध्ये ज्ञवालीले पुनरावेदन गरेर सफाइ पाइसकेका छन् भने अन्यले नसिहत पाएको तीन वर्ष भइसकेको छ । बढुवा समितिले पछिल्ला तीन वर्षको काम कारबाही हेरेको प्रहरी प्रवक्ता कार्कीले बताए ।
प्रकाश अधिकारी , प्रतिमा बाँस्कोटा , ईकान्तिपुर 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis