भनिन्छ, बाह्र वर्षपछि खोला पनि फर्कन्छ। तर विपना बस्नेतको जीवन भने चार दशकपछि फर्किएको छ। सिनेमा क्षेत्रमा उनको यात्रा लामै भइसकेको छ। मेकअप म्यान र हेयर डे्रसरको विधामा सक्रिय विपनाले थुपै्रलाई पर्दामा सुन्दर बनाइन्। यसरी राम्री भइन्छ, उसरी भइन्छ भनेर 'आइडिया' पनि दिइन्। उनले मिलाइदिएको कपाल र उनले नै गरिदिएको मेकअपले नायक–नायिका
सुन्दर पनि भए, तर पर्दापछाडिकी विपना जहिले पनि पर्दापछाडि नै।
अब भने चार दशकपछि उनको पनि वाहवाही पाउने समय आएको छ। तीन महिनाअघि मात्र उनको वास्तविक क्षमता र प्रतिभा प्रस्फुटन भएको छ टेलिभिजनमार्फत। उनले कर्म त ठूलो पर्दाको चलचित्रमा गरेकी हुन् तर यतिबेला आएर विपनाले 'वाहवाही' सानो पर्दाबाट हात पारेकी छिन्। हेयरडे्रसरका रूपमा ठूलो पर्दामा काम गर्दै आएकी विपना बस्नेतलाई यतिबेला दीपकराज गिरीले चर्चित हास्यशृङ्खला 'तीतो सत्य'मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी धर्मपत्नी हिसिला यमीको रूपमा प्रस्तुत भएपछि रातारात विपना चर्चामा आइन्, यसकारणले पनि अहिले आफ्नो पुरानो विधामा सक्रिय हुन उनलाई समय नै छैन। विपना भन्छिन्, 'दीपकजीले तीतो सत्यमा खेल्नुपर्योो भन्दा म तिनछक परेँ। कुनै सानोतिनो भूमिका होला भन्ठानेकी थिएँ। तर, आज उहाँले यत्रो चर्चामा पुर्यामइदिनुभयो,' निकै दंग छिन् विपना।
सुरुमा हिसिला यमीको चरित्र निभाउनुपर्योप भन्दा विपनालाई अप्ठ्यारो लागेछ। कसैले केही भन्ने हो कि भन्ने डर पनि उनमा थियो। 'पछि अभिनय हो, अभिनयमा नराम्रो हुँदैन भनेर ढाँडस मिलेपछि यो भूमिका निभाएकी हुँ। पछि आफूलाई हिसिला यमीजस्तै देखेपछि आफैं तिनछक परेँ,' उनले भनिन्।
तीतो सत्यमा आफू हिसिला यमी बनेको दृश्य प्रसारण भएपछि चिन्नेजान्नेहरूले रातभरि फोन गरेको कुरा उनी कहिले पनि बिर्सन्नन्। विपनाले थपिन्, 'मलाई हिसिला दिदीले एकपटक भेट्नका लागि बोलाउनुभएको खबर पनि पाएकी छु। उहाँलाई एकपटक भेट्न जान्छु।'
मेरी बास्सैमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई बनेका ज्योति काफ्ले पनि यतिबेला तीतो सत्यमा आएका छन् र यो जोडीलाई केही भागदेखि तीतो सत्यले प्रस्तुत गर्दै आइरहेको छ। सिनेमामा काम गर्दा स्वदेश मात्र घुमेकी विपनालाई अहिले भने विदेशको कार्यक्रमबाट पनि अफर आउन थालेको छ। 'ज्योति भाइलाई प्रधानमन्त्री र मलाई हिसिलाको रूपमा अफर आइरहेको छ। यो कमेडी प्रस्तुति देखाउन हामी अब केही देशहरू एकसाथ जाँदै छौँ,' उनले जानकारी गराइन्।
स्वदेशमा हुने सांस्कृतिक कार्यक्रममा भने विपनालाई भ्याइनभ्याई छ। पुराना कलाकार दीपक क्षेत्रीकी धर्मपत्नी विपनाकी एक मात्र छोरी पनि यतिबेला सिनेमा क्षेत्रमा देखापरेकी छिन्। उनी होस्टेल नामक सिनेमामा नायिकाको रूपमा प्रवेश गरेकी छिन्। नक्कली हिसिला यमी विपना बस्नेतको परिवार नै हाल अभिनयमा होमिएको छ। 'बाटोमा नक्कली हिसिला यमी भनेर जिस्क्याउँदा मलाई खुसी नै लाग्छ। ठूलो मान्छेको नक्कल गरेर पर्दामा उभिन पाउनु पनि कम गर्वको कुरा होइन। म खुसी छु,' उनले भनिन्। सौ: -- घटना र विचार फागुन ३०