CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाली खेलाडीहरू कालोसूचीमा

नेपाली खेलाडीहरू कालोसूचीमा


नेपाल ओलम्पिक कमिटीको नक्कली लेटरप्याड र महासचिव जीवनराम श्रेष्ठको किर्ते हस्ताक्षर गर्ने कराते खेलाडी र अन्य पदाधिकारी कालोसूचीमा परेका छन्। उनीहरूलाई एनओसीका अध्यक्ष धु्रवबहादुर प्रधानको अनुरोधमा बेलायती राजदूतावासले कालोसूचीमा राखेको हो। प्रवेशाज्ञाका लागि राजदूतावासमा आवेदन परेपछि सो टोलीबारे एनओसीसँग राजदूतावासले सम्पर्क गर्दा
किर्ते गरेको प्रमाणित भएको थियो। यसपछि अध्यक्ष प्रधानले सो टोलीबारे अनभिज्ञता प्रकट गर्दै किर्ते कार्यमा संलग्न सबै खेलाडी र पदाधिकारीलाई कारबाही गर्न सुझाएका थिए।
एनओसीले आफूले उक्त टोलीलाई सिफारिस नगरेको र किर्ते भएको दाबी प्रस्तुत गरेपछि अहिले राजदूतावासले प्रवेशाज्ञाका लागि निवेदन दिएका सबैलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेहरूमा कुशल श्रेष्ठ, तारा गुरुङ, सुनिल लामा, लालकुमार लामा र रामकृष्ण श्रेष्ठ रहेका छन्। यो घटना तीन साता पहिले भए पनि एनओसीले गुपचुप नै राखेको थियो। एनओसीले त्यति नै बेला किर्ते गर्नेहरूको पर्दाफास किन गरेन त्यो अहिले रहस्यको विषय बनेको छ। तर, घटना र विचार साप्ताहिकले किर्ते गर्नेहरूको पर्दाफास गरेपछि एनओसीका पदाधिकारीहरूले यसमा लालमोहर लगाएका थिए। 
किर्ते गर्नेहरूको कुकृत्य सार्वजनिक भएपछि अहिले खेलकुदमा सनसनी फैलिएको छ। उनीहरू आफ्नो बचाउका लागि वरिष्ठ राजनीतिक नेतादेखि  
खेलकुद पदाधिकारीहरूको घरदैलो धाउन थालेका छन्। आफूले गरेको कुकृत्यको ढाकछोप गर्न सञ्चारगृहदेखि सञ्चारकर्मीलाई गुहार्न थालेका छन्। तर, वास्तविकतालाई निकै नजिकबाट नियाल्दै आएको राष्ट्रिय खेलकुद परिषद्ले अब यो घटनालाई कसरी आत्मसात् गर्छ र कारबाही अगाडि बढाउँछ त्यो प्रतीक्षाको विषय बनेको छ। सदस्यसचिव युवराज लामाले आफू परिषद्मा आएपछि सबै गैरकानुनी कार्यहरू निर्मूल भएको ठोकुवा गरेको अवस्थामा उहाँ नै संरक्षक रहेको नेपाल कराते महासङ्घलाई बद्नाम गर्दै करातेकै केही खेलाडीले गरेको किर्ते कार्यलाई अब कस्तो नसिहत दिनुहुन्छ– त्यो जिज्ञाशाको विषय बनेको छ। 
त्यस्तै सोही घटनामा मुछिएका चर्चित कराते खेलाडी सुनिल लामाले आफू यो घटनाबारे अनभिज्ञ रहेको बताएका छन्। उनले 'म यो कार्यमा संलग्न छैन, मैले पासपोर्ट पनि बुझाएको छैन, एम्बेसी पनि गएको छैन र म निर्दोष छु' भनेका छन्। उनले कसले के आसयका साथ मेरो भविष्यमाथि खेलवाड गर्न खोजेको हो त्यो आफूले नबुझेको बताए। लामाले आफू निर्दोष भएको निवेदन चाँडै एनओसी र राखेपलाई बुझाउने बताए। यसैगरी आवेदनमा टिम म्यानेजरको रूपमा उल्लेखित रामकृष्ण श्रेष्ठले यो घटनामा आफ्नो संलग्नता नरहेको प्रस्ट पारेका छन्। यो किर्ते कार्यको प्रमुख निशाना रहेको कुशल श्रेष्ठ र उनीकी पत्नी तारा गुरुङले भने आफ्नो कुनै सफाइ पेस गरेका छैनन्। उल्टै आफ्नो कुकृृत्यलाई किनारा लगाउन विभिन्न टीका टिप्पणी गरेर खेलकुद पदाधिकारीहरूको दिमाग चाट्ने कार्य गर्दै आएको स्रोतले बताएको छ। घटना र विचार फागुन ३० 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis