पहिले पहिले नेपालकै पहाडका गाउँघरमा जिम्मुवाल, मुखिया, थरीलगायतका सामन्तहरूमा एउटा अनौठो चलन थियो। तामाको घडामा सिक्काहरू जम्मा गर्दै घरभित्र गाडिन्थ्यो। एक लाख रुपैयाँ बराबरका सिक्काहरू जम्मा भएपछि घरमुली धुरीमा गएर कुर्लन्थ्यो। 'ल म लखपति भएँ है' भन्दै कुर्लेको हेर्न गाउँलेहरू जम्मा हुन्थे। जो ऊ कुर्लेको हेर्न आउँदैन, ऊ सजायको भागीदार हुन्थ्यो। कुन सामन्त कतिपटक धुरीमा गएर कुर्ल्याे? त्यसैका आधारमा उसको प्रभाव बढ्थ्यो। 'फलानो जिम्मुवाल यति पटक धुरीमा चढेको
उपेन्द्र महतो, प्रभाकरणशमशेर राणा, रुक्मशमशेर राणालगायत नेपालका थुप्रै भूमिपुत्रहरूले आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरेका छन्। साँच्चै वैध सम्पत्तिकै लेखाजोखा गर्ने हो भने उनीहरूका अगाडि विनोद चौधरी फुच्चे सावित हुन सक्छन्। किनकि उनले नबिल बैंकमा गरेको लगानीको स्रोत आफ्ना नाबालक छोराहरूले कन्सलटेन्सी गरेर २० लाख डलर आम्दानी गरेको देखाउनुले नै सो स्रोत कति सही हो, आफैं प्रस्ट हुन्छ। नेपालको कानुनले सरकारी स्वीकृतिविना विदेशमा लगानी गर्न रोक लगाएको छ। व्यापारिक राजनीतिमा माहिर देखिएका चौधरीले ताज ग्रुपसँग सहकार्य गर्दा अपनाएको रणनीति, नेपालमा कर छली र कानुनलाई प्रभावमा पार्ने रणनीतिसँग फोर्ब्स पत्रिकाको घोषणा ढाल बन्न सक्ने उनको रणनीति कम्ती चलाखीपूर्ण छैन। चौधरीले आफ्नो सम्पत्ति ८८ अर्ब रुपैयाँ पुगेको घोषणा गरेका छन्। मुलुकलाई वार्षिक सात अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाइरहेको सूर्य नेपाल कम्पनीका मालिक प्रभाकरणशमशेर राणाले खिम्ती र भोटेकोसी जलविद्युत आयोजनाबाट मात्रै वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्छन्। नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने सिप्रदी ट्रेडिङ कम्पनी पनि प्रभाकरशमशेरकै हो। विनोद चौधरीको कूल सम्पत्ति बराबर रकम एक वर्षमै कमाइ गर्ने प्रभाकरशमशेर राणा 'मेरो सम्पत्ति यति छ' भन्दै कहिल्यै धुरी चढेर कुर्लेनन्। उनी बैंकको कालोसूचीमा परेको, विदेशी मुद्रा अपचलन गरेको, भ्याट छलेको जस्ता काण्डहरू एउटा पनि छैनन्।
यसैगरी, मुलुकको सामाजिक क्षेत्रमा सबैभन्दा ठूलो लगानी गर्ने सिरहा कर्जनहाका डा.उपेन्द्र महतो पनि कहिल्यै धुरी चढेर कुर्लेनन्। तपाईको सम्पत्ति कति छ? भनेर कसैले सोध्दा उनी खिस्स हाँस्दै जवाफ दिने गर्दछन्– राम्रै अवस्थामा छु, मनले म निक्कै धनी छु। एक अर्ब डलर कमाएँ भनेर धुरी चढेर कुर्लेका विनोद चौधरीको तुलनामा डा.उपेन्द्र महतोको सम्पत्ति कति होला? नेपालको दोस्रो ठूलो करदाता तथा सबैभन्दा बढी नाफा गर्ने एनसेल कम्पनीका २० प्रतिशत हिस्सेदार डा.महतो हुन्। जुन कम्पनीले ५० अर्ब रुपैयाँ लगानी गरेको छ। जसको कारोबार वार्षिक ४० अर्ब रुपैयाँको हाराहारीमा छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा हाइड्रोलगायतमा रहेको सम्पत्ति हेर्दा विनोद चौधरीको जति सम्पत्ति त डा.महतोको नेपालमै भएको देखिन्छ। यसबाहेक उनको विदेशमा थुप्रै सम्पत्ति रहेको देखिन्छ। वार्षिक २६ अर्ब डलरको कारोबार गर्ने बेलारुसको एम्काडोर कम्पनीमा उनको ६० प्रतिशत सेयर छ। जुन कम्पनीले वार्षिक पाँच अर्ब डलरभन्दा बढी नाफा गर्छ। यस हिसाबले डा.महतोले एम्काडोर कम्पनीबाटै वार्षिक तीन अर्ब डलर आम्दानी गर्ने गरेको देखिन्छ। उनले विदेशमा एम्काडोर जस्ता दर्जनौं कम्पनी स्थापना गरेका छन्।
विनोद चौधरीले जस्तो आफ्नो देशमा कर छलेको रकम विदेशमा लगेर डा.महतोले कम्पनी खोलेका होइनन्। रुसको सबैभन्दा ठूलो र पुरानो टेलिभिजन कम्पनी 'एमिटजेड' पनि महतोकै हो। युरोपको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी 'रुविन' मा पनि डा.महतोकै सबैभन्दा बढी सेयर छ। डा.महतो परिवारको स्वामित्वमा रहेको बेलारुसको अत्याधुनिक अस्पताल बु्रभिरा सात सय शैयाको छ। जसमा उनले तीन अर्ब डलर लगानी गरेका छन्। बेलारुसको सबैभन्दा ठूलो बंैक अल्फामा पनि उनको मेजर सेयर छ। यसैगरी, रुक्मशमशेर राणा पनि मेरो सम्पत्ति यति छ भनेर कहिल्यै कुर्लेका छैनन्। बहुराष्ट्रिय कम्पनी 'डावर' मा राणाको १८ प्रतिशत सेयर रहेको छ।
--- सजन यादव, सिरहा, तरुण
रे' भन्ने आधारमा ऊ कति धनी छ? भन्ने मूल्यांकन समाजले गर्थ्याे। सामाजिक चेतना र शिक्षाको विकाससँगै धुरी चढेर कुर्लने प्रचलन पहाडतिरका गाउँघरमा अब किंवदन्ती बनिसकेको छ। नयाँ पुस्ताका लागि कथा जस्तो बनेको छ। तर राजधानी काठमाडौंमा चाहिँ विनोद चौधरी नाम गरेका एकजना व्यापारीले यो प्रथाको पुनरोत्थान गर्ने प्रयास गरेका छन्।
हालै उनी 'ल मैले अर्ब डलरको सम्पत्ति कमाए है भनेर कुर्ले'। उनको कुर्लाइ समाचार बनाउन मिडियाहरूले तँछाड–मछाड गरे। गरिब मुलुकमा उदेकलाग्दो तमासा देखियो। जुन मुलुकमा एक तिहाइ जनसंस्ख्या आज खायो भोलि के खाउँको अवस्थामा छन्, शरीर ढाक्ने वस्त्र नहुँदा जाडोले कठांग्रिएर मरिरहेका छन्, त्यही देशको एउटा व्यापारी मैले ४० वर्षको अवधिमा एक अर्ब डलर सम्पत्ति जम्मा गरिसके हैं भनेर कुर्लनु भावी पुस्ताका लागि यति ठूलो आश्चर्य हुनेछ कि– दास प्रथा, सती प्रथाका विषयमा वर्तमान पुस्ता जति आश्चर्यमा छ। जसको बाजे एउटा रित्तो लोटा बोकेर भारतबाट नेपाल छिरेको थियो, जो भ्याट छली, नक्कली बिल, प्रतितपत्र घोटाला, बैंकको कालोसूचीलगायतका प्रकारणमा पटक–पटक तानिएको छ। नेपालमा कमाएको रकम कुन बाटोबाट विदेशमा पुर्याकयो? भन्ने कुरा पारदर्शी छैन, त्यस्तो व्यक्ति 'मैले अर्ब डलर कमाए है' भनेर धुरीबाट कुर्लंदा नेपालको राज्य संयन्त्र तमासे बनेको छ। कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने विषयमा आवाज उठाउनुपर्ने अधिकांश मिडियाको मुख बुझो लागेको छ। उल्टै कानुन उल्लंघनलाई प्रोत्साहन हुने किसिमले व्यावसायिक मिडियाहरूले समाचार प्रवाह गरेका छन्। निमुखको आवाज बोल्नुपर्ने मिडियाले विनोद चौधरीलाई बहादुर भन्दै समाचार तथा टिप्पणी प्रसारण गर्नु दुर्भाग्य हो कि होइन? उपेन्द्र महतो, प्रभाकरणशमशेर राणा, रुक्मशमशेर राणालगायत नेपालका थुप्रै भूमिपुत्रहरूले आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरेका छन्। साँच्चै वैध सम्पत्तिकै लेखाजोखा गर्ने हो भने उनीहरूका अगाडि विनोद चौधरी फुच्चे सावित हुन सक्छन्। किनकि उनले नबिल बैंकमा गरेको लगानीको स्रोत आफ्ना नाबालक छोराहरूले कन्सलटेन्सी गरेर २० लाख डलर आम्दानी गरेको देखाउनुले नै सो स्रोत कति सही हो, आफैं प्रस्ट हुन्छ। नेपालको कानुनले सरकारी स्वीकृतिविना विदेशमा लगानी गर्न रोक लगाएको छ। व्यापारिक राजनीतिमा माहिर देखिएका चौधरीले ताज ग्रुपसँग सहकार्य गर्दा अपनाएको रणनीति, नेपालमा कर छली र कानुनलाई प्रभावमा पार्ने रणनीतिसँग फोर्ब्स पत्रिकाको घोषणा ढाल बन्न सक्ने उनको रणनीति कम्ती चलाखीपूर्ण छैन। चौधरीले आफ्नो सम्पत्ति ८८ अर्ब रुपैयाँ पुगेको घोषणा गरेका छन्। मुलुकलाई वार्षिक सात अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाइरहेको सूर्य नेपाल कम्पनीका मालिक प्रभाकरणशमशेर राणाले खिम्ती र भोटेकोसी जलविद्युत आयोजनाबाट मात्रै वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्छन्। नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने सिप्रदी ट्रेडिङ कम्पनी पनि प्रभाकरशमशेरकै हो। विनोद चौधरीको कूल सम्पत्ति बराबर रकम एक वर्षमै कमाइ गर्ने प्रभाकरशमशेर राणा 'मेरो सम्पत्ति यति छ' भन्दै कहिल्यै धुरी चढेर कुर्लेनन्। उनी बैंकको कालोसूचीमा परेको, विदेशी मुद्रा अपचलन गरेको, भ्याट छलेको जस्ता काण्डहरू एउटा पनि छैनन्।