CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कन्डम र पानपरागले शौचालय जाम

कन्डम र पानपरागले शौचालय जाम

घोराही। दाङको नयाँ बसपार्कस्थित सार्वजनिकतर्फको महिला शौचालय कण्डमले जाम भएको छ भने पुरुषतर्फको शौचालय पानपराग खाएर फालेको प्लास्टिकले जाम भएको छ। यो समाचारले जिल्लामा निकै चर्चा पाएको छ। शौचालय प्रयोगमा आएको
छोटो समयमै जाम हुनुको कारण खोज्दा यस्तो अवस्था देखिएको हो। कण्डम र पानपरागले छोपेको जाम सामान्य सफाइले मात्र नपुग्ने भएपछि गत सातादेखि मर्मत सुरु भएको निर्माण समितिले जनाएको छ। 
केही दिनभित्र पुनः सञ्चालन गर्न लागिएको सार्वजनिक शौचालय सेवार खोला नयाँ बसपार्क उपभोक्ता समिति अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए। उनका अनुशार घोराही नगरपालिकाको सहयोगमा आठ टि्रप फोहोर शौचालयबाट उठाइएको थियो।  
नगर विकास समितिले बनाएको शौचालयमा ठेकेदारले लापरबाही गरेको टोलवासीको गुनासो छ। ठेकेदारसँग पटक–पटक सम्पर्क गर्दा उनले वास्ता नगरेकाले आफैं मर्मतमा जुटेको टोल विकासका भानुभक्त पाण्डेले जानकारी दिए। 'मर्मतपछि टोलको जिम्मा हामी नै लिन्छौं,' उनले भने, 'हाम्रो बस्तीमा प्रत्यक्ष असर गरेकाले अव्यवस्थित हुन दिन्नौं।' चाँडै खुला गरिने शौचालयमा चुरोट, गुट्का,  चाबी, कलमलगायतका वस्तुभित्र लान नमिल्ने नियम बनाइने भएको छ। भित्तामा अश्लील कुरा लेखेर फोहोर गरेकाले कडा नियम बनाउन लागेको उनले बताए।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis