पत्याउन गाह्रो छ, तर यो तस्बिर पूर्वयुवराज पारसकै हो । अहिले त उनी अस्पतालमा छन्, बेडबाट उठ्न पनि सकेका छैनन् । तर, हटअट्याक हुनुअघि नै उनी यति कमजोर भइसकेका थिए, तस्बिर देख्दा आश्चर्य लाग्छ ।
२० भदौ ०६४ मा हर्टअट्याक भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भएको थियो, ६ दिनमै 'डिस्चार्ज' भए पनि डाक्टरले उनलाई जिन्दगीभर औषधि खान
भनेका थिए । तर, मुटुको औषधि खानुपर्ने पारस लागुऔषधले गलेर यति कमजोर भइसकेका थिए ।
परिवारबाट सम्पर्कविहीन भएर थाइल्यान्डको बैंककमा बस्दै आएका पारसलाई 'डिप्रेसन'ले सताउन थालेको थियो । साथीभाइले परिवारलाई खबर पनि गरेका थिए । तर, कसैले पनि उनलाई सम्पर्क गरेका थिएनन् ।
उनको तौल कुनै वेला ९० किलोसम्म थियो, तर बैंककमा उनी घटेर ६० किलोसम्म झरेका थिए । त्यही वेला उनका साथी तथा एनआरएन थाइल्यान्डका महासचिव सुनील खड्काले मोबाइलबाट खिचेको तस्बिर हो यो । गाँजासहित पक्राउ परेर प्रहरीमा तारेख धाउनुपर्ने भएपछि उनी झन् दुब्लाएका थिए ।
थाइल्यान्डमा सामुदि्रक वस्तुको व्यवसाय सुरु गर्ने योजनामा थिए पारस । तर गाँजा खाएको आरोपमा थुनामा परेपछि उनको योजना चौपट भयो, यसले उनी झन् बिरक्तिएका थिए ।
बैंककमा हिरासतमा परेपछि परिवारले उनीप्रति सामान्य सद्भावसमेत देखाएन । स्रोतका अनुसार धीरेन्द्रका तीन छोरी पूजा, सिताष्मा र दिलासाले भने पारसलाई फोन गरेर भए पनि सान्त्वना दिँदै आएका थिए । उनीहरूमार्फत नै आमा कोमलले छोराबारे जानकारी लिँदै आएकी थिइन् ।
पारस एनआरएन थाइल्यान्डका महासचिव खड्काकै निवासमा बस्दै आएका थिए । खड्काले पारसको कमजोर अवस्थाबारे पूर्वराजपरिवारलाई जानकारी गराउने कोसिस गरेका थिए । तर, पूर्वराजा ज्ञानेन्द्रले भेट नदिएपछि उनी निराश भएर फर्किएका थिए ।
११ भदौ ०६८ मा पारस बैंकक गएका थिए । सुरुमा उनले छोरा र एउटी छोरीलाई पनि लगेका थिए । तर, पारसको बानी-व्यवहारले छोराछोरीले दुःख पाएको भन्दै पूर्वयुवराज्ञी हिमानी आफैँ बैंकक गई छोराछोरी काठमाडौं ल्याएकी थिइन् ।
श्रीमान्लाई हटअट्याक भएपछि पूर्वयुुवराज्ञी हिमानी परिवारसहित बैंककमा छिन् । तर, त्यसअघि उनी निराश भएर निर्मलनिवासभित्र सीमित थिइन् । पारस काठमाडौंमा हुँदा हिमानी ट्रस्टले चर्चा पाउन थालेको थियो, तर हिमानी पछिल्लो समयमा आफैँ निष्त्रिmय भएकी थिइन् ।
एकताका हिमानी ट्रस्टको कार्यालयमा हिमानी सोमबार, बुधबार र बिहीबार नियमित जान्थिन् । यसैगरी, उनी ट्रस्टकै कार्यक्रममा दोलखाका गाउँ-गाउँ हिँडेरै पुग्थिन् । तर अहिले ट्रस्टको कार्यालयमा पनि प्रायः ताला लगाइएको हुन्छ ।
७ माघ ०५६ मा बिहे गरेका पारस र हिमानीको दाम्पत्य जीवन लगभग सधैँजसो तनावमै छ । मदिरा पिएर एभरेस्टको ग्यालेक्सी डिस्कोमा झगडा गरिरहेका पतिलाई सम्हाल्न गएको वेला पारसले हिमानीमाथि बन्दुक ताकेका थिए ।
खासगरी पारसको मदिरा पिउने विषयमा उनीहरूबीच वेला-वेला खटपट हुने गथ्र्यो । एकपटक हिमानीले पारसलाई काभे्रको पलाञ्चोक भगवती मन्दिरमा लगेर 'अबदेखि मदिरा पिउँदिनँ’ भनेर कसम खान पनि लगाएकी थिइन् । तर, वाचा भुलेर पारसले मदिराको मात्रा बढाएपछि तनाव पनि बढेको थियो । त्यही तनावले दुवैको जीवन दुःखी भएको छ ।
-साभार नयाँ पत्रिका