CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हरेक उमेरमा आकर्षक कसरी बन्ने

हरेक उमेरमा आकर्षक कसरी बन्ने

मानव सभ्यता अघि बढ्दै गएपछि उसको बौद्धिक विकास हुन थाल्यो । जंगली अवस्थाबाट आजको आधुनिक युगसम्म आइपुग्दा मानिसले आफूलाई कसरी आकर्षण बनाउने भन्ने कुरामा प्रशस्त अभ्यास गरेको छ । बौद्धिक आकर्षण अलिक समय लाग्ने कुरा हो भने शारीरिक आकर्षण भने तुरुन्त
प्रभाव पर्ने कुरा हो अर्थात् आँखाले देखिने कुरा रूप तथा शारीरिक सौन्दर्य हो । राम्रो देखिने रहर सबैलाई हुन्छ यद्यपि यो रहर महिलाहरूमा बढी पाइन्छ । हरेक उमेरमा आकर्षक देखिन चाहने महिलाहरूलाई तीन भागमा विभाजन गर्न सकिन्छ । 

१) किशोरावस्था २) युवावस्था ३) प्रौढावस्था  । यहाँ वृद्धावस्थाको चर्चा गरिएको छैन ।



 किशोरावस्था 

नारीको रूप र सौन्दर्यको विकास हुने अवस्था यही हो । १६ वर्षदेखि २० वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । यो अवस्थामा प्रकृतिले नै रूपलाई पोषण गररिहने हुँदा त्यसको स्याहार मात्र गरे हुन्छ । यसबेला डन्डिफोर तथा अन्य प्रकारको शारीरकि परविर्तन हुन्छ, मासिक धर्मका कारणले यस्त्ाो हुन्छ । प्राकृतिक रूपले विकसित यौवनावस्थामा पुग्ने अर्थात् स्तन बढ्ने, चाल परविर्तन हुने, विभिन्न स्थानमा रौं उम्रने, कम्मरमा परविर्तन हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ र यसका लागि केही गर्नुपर्दैन तर अनुहारमा डन्डिफोर आउनु, केश झर्नु, छालामा दुबी आदि आउनुले भने रूप-रंगलाई प्रभावित पार्छ र यसको समयमै उपचार गर्नुपर्छ । डन्डिफोर धेरैजसो युवावस्थामा आउँछ । यसलाई समयमै रोकथाम गर्नुपर्छ । यसका लागि धेरै तारेको तथा मसलायुक्त खानेकुरा खानुहुँदैन । पूरा आराम गर्नुका साथै आयुर्वेदिक औषधि, हरयिो सागपात तथा फलफूल खानुपर्छ । डन्डिफोर आए गन्धयुक्त साबुन वा औषधियुक्त साबुन प्रयोग गर्नुपर्छ । साथै विभिन्न प्रकारका फलफूल र तरकारीको फेसप्याक लगाउनुपर्छ । यसका साथै किशोरावस्थामा सन्तुलित आहार, पूर्ण आराम एवं सफाइको आवश्यकता पर्छ । 

किशोरावस्थामा ब्लिचिङ फेसियल कम गर्नुपर्छ । यसबाहेक आफ्नो छालाअनुसार क्रिम वा लोसन लगाउनुपर्छ तर बढी मेकअप गर्नुहुँदैन । किशोरावस्थामा युवतीहरू प्राकृतिक रूपमै आकर्षक देखिने हुँदा विशेष मेकअप गररिहनुपर्दैन । 

युवावस्था

किशोरावस्थापछि युवावस्था आउँछ । यो अवस्था २१ वर्षदेखि ४० वर्षसम्मका महिलालाई लिन सकिन्छ । यो अवस्थामा प्रायः महिलाले विवाह हुने, बच्चा जन्माउने तथा गृहकार्य गर्ने हुँदा सौन्दर्य रक्षा अत्यन्त आवश्यक हुन्छ । गर्भावस्थामा शारीरकि परविर्तन हुनुका साथै प्रजनन्पछि पेटमा परविर्तन हुन्छ । यो अवस्थालाई दुई भागमा विभाजन गर्न सकिन्छ । -क) गर्भावस्था र -ख) प्रजनन्पछिको अवस्था । गर्भावस्थामा पूर्णरूपले आराम गर्नुपर्छ । यसका साथै सन्तुलित आहार, भिटामिन चक्कीको प्रयोग र समय-समयमा चिकित्सकसँग जाँच गराइरहनुपर्छ । यसबेला हल्का काम तथा हिँडडुल गर्नुपर्छ । गर्भावस्थामा महिलाहरूको अनुहारमा पोतो आउन सक्छ । पोतो भिटामिनको कमीले हुने हुँदा प्रशस्त मात्रामा भिटामिन खानुपर्छ । समय-समयमा फेसियल गरे अनुहारको कान्ति कायम रहन्छ । यो अवस्थामा गर्ने विशेष व्यायाम पनि हुन्छ जुन चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ । सुत्ने बेलामा छालाअनुसार क्रिम लगाउनुपर्छ । हिँजोआज बजारमा एन्टिरंिकल क्रिम पनि पाइन्छ जसले चाँडै चाउरी पर्नबाट बचाउँछ । घाममा निस्कनुपरे सनस्किन क्रिम लगाउनुपर्छ । गर्भावस्थामा पेटको तल्लो भाग चिलाउन सक्छ । यस्तो बेलामा नङले कन्याउँदा छालामा दाग बस्छ र नराम्रो देखिन्छ । हिजोआज चिलाउन कम गर्ने विशेष क्रिम पाइन्छ । यसका साथै प्रजनन्पछि भएको पेटको दाग मेटाउने क्रिम पनि पाइन्छ । गर्भावस्थामा प्रशस्त पानी पिउनुका साथै पूरा निद्रा सुत्नुपर्छ । 

युवावस्थामा महिलाहरूले आफ्नो सौन्दर्य प्रदर्शन गर्ने हुनाले मेकअप तथा सौन्दर्य सम्भार आवश्यक हुन्छ । त्यसैले २५ देखि ३० वर्षका महिलाले १० हप्तामा १ पटक र ३० देखि ४० वर्षका महिलाले एक महिनामा एकपटक फेसियल गराउनु राम्रो हुन्छ । फेसियल आफै घरमै पनि गर्न सकिन्छ तर ब्युटिपार्लरमा गराउँदा अझ राम्रो हुन्छ ।प्रजनन्पछि प्रायः महिलाको केश र्झछ । यो भिटामिनको कमी वा नयाँ परविर्तनका कारणले हुन्छ । त्यसैले भिटामिन तथा तेल प्रयोग गर्नुपर्छ । समय-समयमा आफूलाई सुहाउने स्याम्पुले केश धुनुपर्छ । यदि केश लामो भए छोटो पारे स्याहार गर्न सजिलो हुन्छ ।

यो अवस्थामा अर्थात् ३० वर्ष नाघेपछि धेरै महिलाको केश फुल्न सक्छ । केश फुले रंगाउनुपर्छ । केशलाई मेहन्दीले रंगाउनु राम्रो हुन्छ । हिँजोआज केश रंगाउने विभिन्न रंग, क्रिम वा तरल पदार्थ पनि पाइन्छ जसलाई एकपटक लगाए महिनौं टिक्छ र यो धेरै रंगमा पाइन्छ ।

यस बेला अनुहारका रौं बढ्नसक्छन् । यसका लागि समय-समयमा ब्लिचिङ गर्नुपर्छ । हातखुट्टामा भएका रौंलाई हेयर रमिुवरले हटाउनुपर्छ साथै हातखुट्टालाई नरम राख्न राति क्रिम लगाउनुका साथै समय-समयमा मेनिक्योर-पेडिक्योर गराउनुपर्छ । यो घर वा ब्युटिपार्लर दुवै स्थानमा गर्न सकिन्छ । 

यस बेला महिलाहरूले मेकअप बढी गर्ने हुनाले राति मेकअप सफा गरेर सुत्नुपर्छ । यसका साथै सन्तुलित आहार, व्यायाम एवं 

आरामलाई बिर्सनुहुँदैन ।

 प्रौढावस्था

महिलाहरूको यो अवस्थालाई रटिायर्ड अवस्था भने हुन्छ । यो ४० वर्ष नाघेपछि आउने अवस्था हो । यो अवस्थामा महिलाहरूको महिनावारी एवं प्रजनन् क्षमता बन्द हुने तथा शरीरका ग्रन्थिहरू हराउँदै 

जाने हुन्छन् । 

यति बेला प्रायः महिलाको पिठ्युँ दुख्न थाल्छ भने धेरै प्रकारका शारीरकि समस्या देखा पर्नसक्छन् । यस बेला निद्रा कम लाग्छ तथा शारीरकि सौन्दर्य र अनुहारको कान्ति क्षय हुन्छ । 

यो उमेरमा छिटो-छिटो फेसियल गर्नु, समय-समयमा केश रंगाउनु, राम्रोसँग मेकअप गर्नु उपयुक्त हुन्छ । बिहान-बिहान टहल्नुपर्छ भने फलफूल-सागपात बढी सेवन गर्नुका साथै नुन-मसला कम गर्नुपर्छ । यति बेला एन्टिरंिकल क्रिम बढी प्रयोग गर्नुपर्छ जसले चाउरी पर्न कम गर्छ । फेसियलले अनुहारमा चमक दिन्छ ।

१६ वर्षदेखि २५ वर्षसम्मका युवतीले आफ्नो छालाअनुरूप फेसवासले अनुहार धोएर स्किन टोनर लगाउनु राम्रो हुन्छ, यसले गर्दा छालामा इन्फेक्सन हुन पाउँदैन अनि अनुहारको छाला लामो समयसम्म सुरक्षित हुन्छ । छालाअनुरूप फेसवास गर्ने र टोनरले चारैतिर अनुहारमा लगाए रौंका प्वालहरूलाई कम गरेर इन्फेक्सन हुन दिँदैन । यो युवायुवती दुवैका लागि आवश्यक छ ।

-- राधा शर्मा , नारी 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis